
जन आवाज न्युज/काठमाडौं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको जागिरे युवा स्वयंसेवक समूह ASEZ WAO द्वारा Green Workplace १५ औं वातावरण गोष्ठी सम्पन्न भएको छ । हामी एउटै परिवार बनेर सुरुदेखि अन्त्यसम्म संसारलाई बचाऔं भन्ने मूल नाराका साथ परमेश्वरको मण्डलीको जागिरे युवा स्वयंसेवक समूह, जलवायु परिवर्तन प्रतिक्रियाका लागि आयोजित वातावरण गोष्टीमा विभिन्न तह तथा तप्काका व्यक्तिहरू गरी २५० जनाको सहभागीता रहेको थियो ।

जलवायु संकट दिनहुँ खतराको रूपमा नजिकिइरहेको हिजोआज, समस्या समाधान गर्नका लागि अग्रसर हुने युवाहरू छन् । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको जागिरे युवा स्वयंसेवक समूह ASEZ WAO द्वारा बुधबार काठमाडौं परमेश्वरको मण्डली’मा Green Workplace कार्यक्षेत्रमा वातावरण संरक्षण गर्ने गतिविधि’ १५औं वातावरण गोष्ठी आयोजना गरिएको हो । दिगो भविष्य निर्माणका लागि उपायहरू पत्ता लगाउने अर्थ बोकेको यस कार्यक्रममा ASEZ WAO का एक अधिकारीले भने, “वातारण संरक्षणचाहिँ सम्पूर्ण मानवजातिले तत्काल समाधान गर्नुपर्ने गृहकार्य हो । भावी पुस्ताका नायक नायिका युवाहरू पहिला सचेत भएर परिवर्तनको सुरुवात बिन्दु बन्न प्रोत्साहित गर्न यो कार्यक्रम तयार गरेका हौं ।” “विश्वभरिका मानिसहरू एकजुट हुने हो भने हामीले भावी पुस्तालाई उज्ज्वल भविष्य हस्तान्तरण गर्न सक्छौं ।”

कार्यक्रममा डा. सुमी मल्ल चिकित्सक, र विजय लक्ष्मी श्रेष्ठ सह-प्राध्यापक, र प्रेम कुमार राई प्रधानाध्यापक, श्याम कोइराला पूर्व प्रहरी वरिष्ट उपरीक्षक, डा. कविता ढकाल अस्पताल निर्देशक लगाएत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागीता रहेको थियो। गोष्ठीअघि वातावरणलाई प्रेम गर्नुको मूल्य बुझाउने अर्केष्ट्रा प्रस्तुति तथा गायन टोलीको गीत रहेको थियो । सङ्गीतद्वारा उनीहरूले वातावरणको महत्त्वलाई जगाएर सहभागीहरूलाई न्यानो प्रेरणा र सान्त्वना प्रदान गरेका थिए । सुन्दर धुनले निर्माण भएको आपसी समझदारीमा प्रस्तोताले जलवायु संकटको गम्भीरताबारे जानकारी दिँदै औपचारिक रूपमा गोष्ठी आरम्भ गएिको थियो । त्यसपछि ASEZ WAO ले विश्वभरि सञ्चालन गरेको ‘Green Workplace’ प्रोजेक्टबारे परिचय दिइयो । विशेष गरी “हामीले आफ्नो अधिकांश समय बिताउने कार्यक्षेत्रमा फर्जुल खर्च हुने बिजुली, पानी र कार्यालय सामान जस्ता कुराहरू प्रयोग गर्ने बानीलाई फर्केर हेर्नु नै परिवर्तनको सुरुवात हो” भन्ने कुरामा जोड दिइएकाे थियो ।

यसलाई कार्यान्वयन गर्ने विस्तृत उपायस्वरूप मनिटर अफ गर्ने, सीढीको प्रयोग गर्ने, दाँत माझ्ने कपको प्रयोग गर्ने, सार्वजनिक यातायात प्रयोग गर्ने जस्ता ११ वटा कार्यहरू प्रस्तुत गरियो । प्रस्तोताले “विश्वभरिका ३.४ अर्ब जागिरेहरूले आफ्नो कार्यक्षेत्रमा हरितगृह ग्याँस उत्सर्जन कम गर्न प्रयास गर्ने हो भने उनीहरूले विश्वव्यापी परिवर्तन हासिल गर्न सक्छन्” भन्दै प्रोत्साहन दिएका थिए ।

सहभागीहरूले ध्यानपूर्वक व्याख्यान सुने र ताली बजाउँदै प्रतिक्रिया दिएका थिए । “आजको कार्यक्रम एकदमै प्रभावकारी थियो” भन्नुहुने
प्रधानाध्यापक प्रेम कुमार राईलले “ग्लोबल वार्मिङ कम गर्न र पृथ्वीलाई बचाउन हामीले गर्नुपर्ने कार्यहरू थाहा दिने एकदमै सन्देशमूलक कार्यक्रम थियो । संसारले हरितगृह ग्याँस घटाउदै पृथ्वी संरक्षण गर्न सबै एकबद्ध भइ लाग्नुपर्छ भन्ने यहाँहरूको आवाज रहेको देख्दा अत्यन्तै खुशी लाग्यो” भन्दै आफ्नो प्रेरणा व्यक्त गर्नुभयो । सह-प्राध्यापक विजय लक्ष्मी श्रेष्ठले चाहिँ मुस्कुराउँदै “जागिरे युवाहरूद्वारा सञ्चालित ASEZ WAO Green Workplace अभियान जानकारीमूलक रहेको पाएँ । हामीले व्यक्तिगत रूपमा गर्न सकिने स-साना कामहरू गर्दा मात्र पनि पृथ्वीलाई बचाउन सकिने रहेछ । त्यसोगर्दा हामी आफै पनि स्वस्थ्य हुने र पृथ्वीलाई बचाएर जीवन गुणस्तरीय बनाउन सकिने सन्देश लिएर जाँदैछु । यो अवसर दिनुभएकोमा ASEZ WAO लाई एकदमै धन्यवाद” भन्नुभयो ।

ASEZ WAO भन्ने नाममा ‘हामी एउटै परिवार भएर पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔं (Save the Earth from A to Z, We
Are One Family) भन्ने अर्थ रहेको छ । यस सङ्गठनले विभिन्न देशका स्थलीय पारिस्थितिक प्रणालीको संरक्षण गर्न सडक तथा पार्कहरू सरसफाइ गर्ने ‘Green Earth’, समुद्री पारिस्थितिक प्रणालीको संरक्षण गर्न तट र खोलाहरू सरसफाइ गर्ने ‘Blue Ocean’, र वृक्षारोपण गरेर कार्बन न्यूनीकरणमा नेतृत्व गर्ने ‘Mother’s Forest’ जस्ता विभिन्न वातावरणीय गतिविधिहरू अनवरत रूपमा आयोजना गर्दैआएको छ । युवाहरूको परोपकारी कार्यको मान्यतास्वरूप सरकारी तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट ६०० वटाभन्दा बढी अवार्डहरू प्रदान गरिएको छ, जसमा अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरुको राष्ट्रिय सभाका अध्यक्षबाट प्रशंसा-पत्र, अन्तर्राष्ट्रिय वातावरण अवार्ड रहेको ग्रीन वर्ल्ड अवार्ड र ग्रीन एप्पल अवार्ड इत्यादि छन् ।

ASEZ WAO ले स्थानीय समुदायको हितको लागि पनि लगातार प्रयास गर्दैआएको छ । उनीहरूले काठमाडौँ, ललितपुर, उदयपुर र नेपालगुञ्ज लगायत देशका विभिन्न ठाउँमा सरसफाइ गतिविधि गरेका छन् । गत वर्षको अगस्ट महिनामा ASEZ WAO ले वातावरण संरक्षणको आवश्यकताबारे व्यापक रूपमा जोड दिन ललितपुरमा एक वातावरणीय कन्सर्ट आयोजना गऱ्यो ।

ASEZ WAO आबद्ध रहेको परमेश्वरको मण्डलीचाहिँ १७५ वटा देशहरूमा ७,८०० वटाभन्दा बढी ठाउँहरूमा भएको विश्वव्यापी मण्डली हो । मण्डलीका करीब ४० लाख विश्वासीहरूले बाइबलअनुसार पिता परमेश्वर र माता परमेश्वरमा विश्वास गर्छन् र “आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू” भन्ने ख्रीष्टको शिक्षालाई कार्यान्वयन गरिरहेका छन् । गत वर्षसम्म, नेपालमा पनि वातावरण सरसफाइ, रक्तदान अभियान, छिमेकीलाई सहयोग, आपत्कालीन राहत लगायत ९८९ वटा विभिन्न स्वयंसेवाका गतिविधिहरूमा ५९,७३२ जना सहभागी थिए । विश्वव्यापी रूपमा ४५,००० भन्दा बढी स्वयंसेवाका गतिविधिहरू गरिएका छन् । परमेश्वरको मण्डलीले संयुक्त राज्य अमेरिकाबाट चार वटा राष्ट्रपति स्वयंसेवा अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, कोरियाबाट तीन वटा राष्ट्रपति अवार्ड, ब्राजिलको विधायिकी योग्यता पदक, पेरुको सर्वोत्कृष्ट वातावरण अवार्ड, राष्ट्रिय सभाबाट सम्मान पदक जस्ता ५,४०० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ ।







-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news





Total views : 315682



