
जन अवाज न्युज/झापा, चैत्र १ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आइतबार कोशि प्रदेशको झापा जिल्लामा अवस्थित बुधवारे परमेश्वरको मण्डलीमा ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
मण्डलीका अधिकारीले भने, “नयाँ करार निस्तार-चाडचाहिँ येशूज्यूले क्रूसको बलिदानद्वारा मानवजातिलाई अनन्त जीवनको प्रतिज्ञा गर्नुभएको चाड हो । ख्रीष्टले उदाहरण देखाउनुभएको ‘जीवन बचाउने प्रेम’को अनुकरण गर्नका लागि रगतदान कार्यक्रम आयोजना गरेका हौं ।” “यो कार्यक्रमले रोग तथा दुर्घटनाका कारण समस्यामा परेका बिरामीहरूलाई बचाउनका साथै रक्तदानको संस्कृति फैलाउनमा योगदान पुऱ्याउनेछ भन्ने आशा गर्दछु ।” ‘निस्तार-चाड (Passover)’ चाहिँ ‘विपत्ति पार’ भन्ने अर्थ रहेको बाइबलमा भएको परमेश्वरको चाड हो । निस्तार-चाडको दिनचाहिँ येशू ख्रीष्टले क्रूसमा बलिदान हुनुभन्दा अघिल्लो रातमा आफ्नो देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्यद्वारा नयाँ करार स्थापना गर्नुभएर पाप-क्षमा र अनन्त जीवनको प्रतिज्ञा गर्नुभएको दिन हो ।

नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला बुधबारे उप-शाखाले स्वास्थ्यकर्मीहरूका साथै रक्तदान उपकरण उपलब्ध गराउँदै कार्यक्रममा समर्थन जनायो । बुद्धशान्ती गाउँपालीका उपमेयर भवानी प्रसाद खतिवडाले “यस गाउँपालिकामा यस्तो अमुल्य र जिवन बचाउने असल कार्य गर्नुभएकोमा साच्चै खुसि र आभारी छु ” भन्दै आफ्नो कृतज्ञता व्यक्त गरेका थिए ।

रक्तदानमा सहभागी किरण शँकरले “यस कार्यक्रममा सहभागी भएर रगतदान गर्दै छिमेकिलाई प्रेम बाढ्न पाएमा अत्यन्तै कृतज्ञ छु ” भन्दै खुशी व्यक्त गरेका थिए । त्यसैगरी सहभागी तारा थिङ्ले “आगामी दिनहरूमा पनि लगातार यस्ता सामाजिक कार्यहरूमा सहभागी हुनेछु ” भन्दै छिमेकीहरूलाई सधैँ समर्थन गर्ने कुरा बताउनुभयो ।

‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम विश्वव्यापी रक्तदान कार्यक्रम’चाहिँ परमेश्वरको मण्डलीद्वारा विश्वव्यापी रूपमा आयोजना हुने जीवन बाँड्ने गतिविधि हो । मण्डलीले सन् २००५ कोरियाबाट सुरु गरेर गत २० वर्षदेखि ६७ वटा देशहरूमा रक्तदान कार्यक्रम सञ्चालन गरिरहेको छ । सो कार्यक्रममा लगभग ३,१०,००० जना सहभागी भएका छन् र १,३४,००० जनाले रक्तदान गरेका छन् (सन् २०२५ सम्म) । १ जनाको रक्तदानले ३ जनाको जीवन बचाउन सक्ने कुरालाई विचार गर्दा, योचाहिँ करिब ४,०२,००० जनाको अमूल्य जीवन बचाउन सफल उपलब्धि हो ।


विश्वका १७५ वटा देशका ७,८०० भन्दा बढी ठाउँहरूमा स्थापित परमेश्वरको मण्डलीले बाइबलले गवाही दिएको पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछ । “आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर” भन्ने ख्रीष्टको शिक्षालाई पछ्याउँदै परमेश्वरको मण्डलीले वातावरण संरक्षण, रक्तदान, प्रकोप राहत, शैक्षिक सहयोग, सांस्कृतिक आदानप्रदान कार्यक्रम जस्ता सामाजिक योगदानका गतिविधिहरू विश्वभरि ४४,००० भन्दा बढी आयोजना गरिसकेको छ । यस्तो समर्पित प्रयासका लागि, मण्डलीलाई तीन वटा अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, तीन वटा दक्षिण कोरियाली राष्ट्रपति अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, पेरुको राष्ट्रिय सभाबाट सम्मान पदक र देशकै सर्वोत्कृष्ट वातावरण अवार्ड र ब्राजिल विधायिकी योग्यता पदक गरी ५,६०० वटाभन्दा अवार्डद्वारा सम्मानित गरिएको छ ।











-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related













Total views : 357225












