
भक्तपुर । भक्तपुरमा आयोजित जिल्लास्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबार भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा चार नगरपालिकाबीच कडा प्रतिस्पर्धा भएको थियो।
प्रतियोगितामा भक्तपुर नगरपालिकाले २७ स्वर्ण र १२ रजत गरि २४ पदकसहित प्रथम स्थान हासिल गर्दै सबैभन्दा बढी पदक जित्न सफल भएको छ। यसैगरी चाँगुनारायण नगरपालिका उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गर्न सफल भएको छ। चाँगुनारायण नगरपालिकाले १६ स्वर्ण, १६ रजत गरि १८ पदक प्राप्त गरेको हो।

त्यस्तै, मध्यपुर थिमी नगरपालिकाले १४ स्वर्ण र २२ रजत गरि १६ पदकसहित तेस्रो स्थान हासिल गरेको छ भने सूर्यविनायक नगरपालिकाले १४ स्वर्ण र १० रजत गरि २० पदकसहित चौथो स्थानमा रहेको छ। प्रतियोगिताअन्तर्गत भलिबलतर्फ छात्रा फाइनलमा चाँगुनारायण माध्यमिक विद्यालय र मध्यपुर थिमीस्थित आदर्श आजाद माध्यमिक विद्यालयबीच प्रतिस्पर्धा भएको थियो। उक्त फाइनल खेलमा चाँगुनारायण माविका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै विजय हासिल गरेका थिए ।
सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा नगर प्रमुख थापाले विजयी खेलाडी तथा विद्यार्थीहरूलाई शिल्ड वितरण गर्नुभयो। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा चाँगुनारायण नगर खेलकुद विकास समितिका प्रतिनिधिहरूको पनि सहभागीता रहेको थियो।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related















Total views : 346979












