ASEZ WAO द्वारा कोहलपुरमा ‘Green Earth’ अभियान सम्पन्न | Jana Aawaj News

ASEZ WAO द्वारा कोहलपुरमा ‘Green Earth’ अभियान सम्पन्न

पढ्न लाग्ने समयः 3 मिनेट
ASEZ WAO द्वारा कोहलपुरमा ‘Green Earth’ अभियान सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/बाके, बैशाख २० गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आज ‘Green Earth’ परियोजना अन्तर्गत वातावरण सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।

जागिरे युवा स्वयंसेवक समूह ASEZ WAO ले बाँके जिल्ला, कोहलपुर नगरपालिका -११ स्थित कोहलपुर पार्कभित्र र बाहिर गरी आदा किलोमिटर क्षेत्र सरसफाइ गरेको हो । कार्यक्रममा ASEZ WAO का सदस्यहरू, उनीहरूका सहकर्मीहरू , साथीभाइहरू , कोहलपुर नगरपालिका का नगर प्रहरी प्रमुख , नगर प्रहरीहरू र कोहलपुर पार्कका कार्यवाहक अध्यक्ष र उहाँहरूको साथिहरु गरी करिब १०० जनाको उत्साहजनक सहभागिता थियो। ‘Green Earth’ प्रदूषित सहरी सडक, पार्क र वन-जङ्गल सफा गरी स्वस्थ स्थलीय पारिस्थितिक प्रणाली निर्माण गर्ने एक विश्वव्यापी अभियान हो।

बिहान ७ बजेदेखि सुरु भई करिब २ घण्टासम्म चलेको उक्त गतिविधिमा स्वयंसेवकहरूले कोहलपुर नगरपालिकाको कोहलपुर पार्क भित्र र बाहिर गरि करिब आदा किलोमिटर क्षेत्र सफा गरेका थिए। युवाहरूको सक्रियता र सेवाभावले पार्क र सडकको वातावरणमा सकारात्मक परिवर्तन देखिएको थियो। उनीहरूले पार्क र सडकमा फ्याँकिएका प्लास्टिकका कप, झोला, चुरोटका ठुटा, गुट्खाका प्लास्टिकका खोल लगायतका सबै प्रकारका फोहोरहरू सङ्कलन गरेका थिए । सो क्रममा एक ट्याक्टर फोहोर संकलन गरिएको थियो।

ASEZ WAO का एक अधिकारीले भने, “आफ्नो प्रयासले स्थानीय वातावरण सफा राख्नु निकै सन्तोषजनक कार्य हो। युवाहरूको यो सानो प्रयासले छिमेकीहरूमा वातावरणीय चेतना जगाउन र स्वच्छ पृथ्वी तथा मानवजातिको सुखद भविष्य निर्माणमा ठोस आधार बनोस् भन्ने हाम्रो चाहना हो।”

ASEZ WAO र यसका विश्वव्यापी गतिविधिहरू

‘Save the Earth from A to Z’ (पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔँ) र ‘We Are One Family’ (हामी एउटै परिवार हौँ) भन्ने वाक्यांशको संयोजनबाट ASEZ WAO नामाकरण गरिएको हो। यसको अर्थ ‘हामी एउटै परिवार भएर सुरुदेखि अन्त्यसम्म पृथ्वीलाई बचाऔँ भन्ने हुन्छ।

वातावरण संरक्षणका लागि यस संस्थाले ‘Green

Earth’ सँगसँगै ‘Blue Ocean’ (नदी तथा समुद्र सरसफाइ) र ‘Mother’s Forest’ (वृक्षारोपण) जस्ता विभिन्न अभियानहरू विश्वभर सञ्चालन गरिरहेको छ। युवाहरूको यो परोपकारी कार्यको कदरस्वरूप अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरुको राष्ट्रिय सभाको प्रशंसा-पत्र, ग्रीन वर्ल्ड अवार्ड र ग्रीन एप्पल अवार्ड लगायत ६०० भन्दा बढी अन्तर्राष्ट्रिय सम्मानहरू प्राप्त भइसकेका छन्।

नेपालमा पनि ASEZ WAO ले काठमाडौँ, ललितपुर, उदयपुर र नेपालगञ्ज लगायतका विभिन्न स्थानमा निरन्तर सरसफाइ र ‘ग्रीन वर्कप्लेस’ जस्ता वातावरणीय सेमिनारहरू आयोजना गर्दै आएको छ।

परमेश्वरको मण्डलीको सेवा यात्रा

ASEZ WAO आबद्ध रहेको परमेश्वरको मण्डली विश्वका १७५ देशका ७,८०० भन्दा बढी स्थानमा फैलिएको छ। करिब ४० लाख विश्वासीहरू रहेको यस मण्डलीले बाइबलको शिक्षाअनुसार पिता परमेश्वर र माता परमेश्वरमा विश्वास गर्दै ‘छिमेकीलाई आफूलाई झैँ प्रेम गर्ने’ ख्रीष्टको शिक्षालाई व्यवहारमा उतारिरहेको छ।

नेपालमा मात्रै हालसम्म मण्डलीका ६९,५६८ जना सदस्यहरूले १,०६८ पटक विभिन्न स्वयंसेवाका गतिविधिहरू गरेका छन्। विश्वव्यापी रूपमा वातावरण संरक्षण, प्रकोप राहत, रक्तदान र सांस्कृतिक आदानप्रदान जस्ता गतिविधिहरू हालसम्म ४७,००० पटकभन्दा बढी सम्पन्न भएका छन्।

परमेश्वरको मण्डलीले नि:स्वार्थ सेवाको कदरस्वरूप विश्वभरबाट ५,८०० भन्दा बढी सम्मान प्राप्त गरेको छ। जसमा अमेरिकी राष्ट्रपतिको स्वयंसेवा अवार्ड (४ पटक), बेलायती महारानी स्वयंसेवा अवार्ड, र दक्षिण कोरियाको राष्ट्रपति अवार्ड (३ पटक) जस्ता प्रतिष्ठित पुरस्कारहरू सामेल छन्। साथै, ब्राजिलको विधायिकी योग्यता पदक, पेरुको सर्वोत्कृष्ट वातावरण अवार्ड र राष्ट्रिय सभाको सम्मान पदक सहित संस्थाले ग्रीन वर्ल्ड र ग्रीन एप्पल जस्ता अन्तर्राष्ट्रिय वातावरणीय अवार्डहरू समेत प्राप्त गरिसकेको छ।

 

+ posts