सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमाको विस्तारमा सरकार गम्भीर छ : मन्त्री थापा | Jana Aawaj News

सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमाको विस्तारमा सरकार गम्भीर छ : मन्त्री थापा

पढ्न लाग्ने समयः < 1 मिनेट
सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमाको विस्तारमा सरकार गम्भीर छ : मन्त्री थापा : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर, जेठ १६, गते । गैर सरकारी संस्था महासंघ (गैसस) नेपाल, जिल्ला शाखा भक्तपुरको २१ औं साधारणसभा शनिबार सम्पन्न भएको छ। सभामा सामाजिक सुरक्षा र स्वास्थ्य बीमासम्बन्धी ध्यानाकर्षण पत्र हस्तान्तरण, सुशासन स्मारिका विमोचन तथा नागरिक समाजको भूमिकाबारे गहन छलफल भएको छ ।

कार्यक्रमको सभापतित्व गैसस महासंघ भक्तपुरकी अध्यक्ष अनिता पाण्डेले गर्नुभएको थियो भने वागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय किरण थापा प्रमुख अतिथि वक्ताका रूपमा उपस्थित रहनुभएको थियो । कार्यक्रम सञ्चालन सचिव लक्ष्मी कार्की अधिकारीले गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष अनिता पाण्डेद्वारा मन्त्री थापालाई सामाजिक सुरक्षा र स्वास्थ्य बीमासम्बन्धी ध्यानाकर्षण पत्र हस्तान्तरण गर्नुभएको थियो । सो पत्रमा उठाइएका मागहरूको कार्यान्वयनमा मन्त्री थापाले ठोस प्रतिबद्धता व्यक्त गर्नुभयो, जसलाई उपस्थित प्रतिनिधिहरूले सकारात्मक रूपमा स्वागत गरेका थिए ।

कार्यक्रममा मन्त्री थापाले भन्नुभयो-गैरसरकारी संस्थाहरू राज्य र नागरिकबीचको महत्त्वपूर्ण सेतु हुन् । सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमाको विस्तारमा सरकार गम्भीर छ र उठाइएका सवालहरूलाई प्राथमिकतामा राखिने बताउनुभयो ।

यसैगरी भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोद खड्काले नागरिक समाजको भूमिकालाई सराहना गर्दै जिल्ला प्रशासन सँगको सहकार्यलाई थप प्रभावकारी बनाउन जोड दिनुभयो । उहाँले भन्नुभयो-गैसस महासंघले गैरसरकारी संस्थाहरूको समस्याहरू सरकार समक्ष पुर्‍याउने काम गर्दछ, यो अत्यन्त महत्त्वपूर्ण छ ।

गैसस महासंघ नेपालका केन्द्रीय अध्यक्ष अर्जुन भट्टाराईले भक्तपुर शाखाको ऐतिहासिक यात्रा र अगामी कार्यदिशाबारे मार्गदर्शन गर्नुभयो । उहाँले देशभरका गैरसरकारी संस्थाहरू पारदर्शिता र जवाफदेहितासहित काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा सुशासन स्मारिका विमोचन गरिएको थियो । प्रमुख अतिथि, विशिष्ट अतिथि तथा उपस्थित सम्पूर्ण महानुभावहरूको सामूहिक उपस्थितिमा स्मारिकाको विमोचन गरिएक थियो ।

सभापति अनिता पाण्डेले २१ वर्षको यात्रालाई स्मरण गर्दै संस्थाका उपलब्धिहरू प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो-गैरसरकारी क्षेत्र केवल सेवा गर्ने माध्यम मात्र होइन, यो परिवर्तनको आवाज हो । आगामी दिनमा सामाजिक सुरक्षा, स्वास्थ्य अधिकार र सुशासनका लागि संस्था थप सक्रिय रहनेछ ।

कार्यक्रममा गैसस महासंघ भक्तपुरका सदस्य संस्थाका प्रतिनिधिहरूको उल्लेख्य संख्यामा उपस्थित रहेको थियो ।

+ posts

 

 

ताजा
1 भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजबाट सुरु
2 इडेन गार्डेन स्कुलद्वारा एसईई ब्याच २०८२ का विद्यार्थीहरूलाई भव्य बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न
3 सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमाको विस्तारमा सरकार गम्भीर छ : मन्त्री थापा
4 सूर्यविनायक-८ मा घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रम हुँदै
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न