थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न | Jana Aawaj News

थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः 2 मिनेट
थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न : Jana Aawaj News

ललितपुर । थपाहिटी मिसा पुच: ललितपुर म.न.पा. ६ नं वडा समितिकाे आयाेजना, नेपाल हृदयराेग निवारण प्रतिष्ठान, महिला सशक्तिकरण उपसमिति भक्तपुरकाे सहआयाेजना र प्रतिष्ठानकाे ललितपुर शाखाकाे समन्वयमा ल.पु. म.न.पा. ६ नं वडा कार्यालयकाे सभाहलमा महिलाहरूमा लाग्ने मुटुराेग राताे संकट सूचक (Go Red For Women) सम्बन्धी अभिमुखिकरण कार्यक्रमसँगै BMI परीक्षण र रक्तचाप मापन कार्यक्रम शनिबार भव्यतापूर्वक सम्पन्न भएको छ ।

उक्त परीक्षणकाे प्रतिवेदन प्रस्तुत गर्नुहुँदै थपाहिटी महिला पुच:का सचिव एवं प्रतिष्ठानकाे महिला सशक्तिकरण उपसमिति, भक्तपुरका सहसंयाेजक अहिल्या मल्ल अमात्यले ५५ जनाकाे सहभागितामध्ये .४९ जनामा गरिएकाे परीक्षणमा कम ताैल – १ जना, सामान्य=१६ जना, बढी ताैल- २९ जना र माेटाेपना – ३ जनामा देखिएकाे तथा रक्तचाप मापनकाे नतिजा ४९ जनामध्ये कम रक्तचाप – ५ जना (१० %), सामान्य -३० जना (६१ %), उच्च रक्तचाप -१० जना (२१ %) र जाेखिमयुक्त उच्च रक्तचाप – ४ जना (८%) रहेकाे प्रतिवेदन प्रस्तुत गर्नुभयाे । थपाहिटीहिटी महिला पुच: का अध्यक्ष द्राैपदी महर्जनकाे सभाध्यक्षतामा आयाेजित उक्त कार्यक्रममा प्रमुख अतिथि कुशल प्रशिक्षक रामप्यारी बस्नेत बज्राचार्यले आफ्नाे स्वास्थ्यकाे हेरचाह गर्ने जिम्मा आफू स्वयमकाे रहने र जीवनशैलीमा परिवर्तन गर्नुपर्ने आवश्यकता रहेकाे चर्चा गर्नुहुँदै ” महिलाहरूमा लाग्ने मुटुराेग राताे संकट सूचक” (Go Red for Womem) सम्बन्धी सचेतनामूलक प्रस्तुतिकरण गर्नुभयाे ।

त्यसैगरी विशेष अतिथि ल.पु.म.न.पा.६ नं वडा समितिका अध्यक्ष रूपेन्द्र राज शाक्यले व्यानर वाचन गरी कार्यक्रमकाे उद्घाटन गर्नुहँदै मुटुराेग सम्बन्धी सचेतना जगाउने अभिमुखिकरण कार्यक्रम र BMI परीक्षणबाट पुच: का महिलाहरू लाभान्वित हुनेमा आफू विश्वस्त रहेकाे बताउनुभयाे । त्यसैगरी कार्यक्रमका विशेष अतिथि ल.पु. ६ नं वडा समितिकाे सदस्य , महिला समितिकाे अध्यक्ष ल.पु. म.न.पा. कार्यपालिका सदस्य उमा बज्राचार्यले ६ नं वडा समिति थपाहिटी मिसा पुच:ले हरेक गतिविधिमा आफूलाई अब्बल सावित गरेकाे चर्चा गर्नुहुँदै मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रमकाे आयाेजनाले महिलाहरूमा थप प्रेरणा जाग्ने बताउनुभयाे ।

मन्तव्यकै क्रममा विशेष अतिथि प्रतिष्ठानकाे भक्तपुर शाखाका सभापति राजुराम मुनंकर्मीले ललितपुर शाखाकाे समन्वयमा ललितपुरसम्म आई कार्यक्रम गर्न पाउँदा खुशि लागेकाे बताउनु हुँदै समष्टिमा याे कार्यक्रम नेपाल हृदयराेग निवारण प्रतिष्ठानकै रहेकाे चर्चा गर्नुभयाे ।

त्यस्तै विशेष अतिथि प्रतिष्ठानकाे ललितपुर शाखाका उपसभापति अशाेक श्रेष्ठले प्रतिष्ठानकाे ५ वटा राष्ट्रिय कार्यक्रम मध्ये Go Red For Women पनि एक भएकाे र ललितपुरकाे अन्य स्थानहरूमा पनि यस किसिमका कार्यक्रमहरूकाे आयाेजना भईरहेकाे चर्चा गर्नुहुँदै त्रिवेणीकाे रूपमा सञ्चालित याे कार्यक्रमकाे छुट्टै महत्व रहेकाे बताउनुभयाे ।

थपाहिटी मिसा पुच:का सदस्य विन्दिरा अमात्य श्रेष्ठले सञ्चालन गर्नुभएकाे उक्त कार्यक्रममा प्रतिष्ठानकाे भक्तपुर शाखाका प्राविधिकहरू क्रमश: पन्चलक्ष्मी मल्ल, पद्मा कायष्ठ, गङ्गा गुरूङ्ग, राधा उप्रेति, सावित्रा गाैतम, रक्षिता मुनंकर्मी, साेनिया किसि र डा. नेहा अमात्य थापाले BMI परीक्षण तथा रक्तचाप मापन कार्यक्रममा बिशेष सक्रियता देखाउनुका साथै महिला सशक्तिकरण उपसमितिका सदस्य सचिव चन्द्रशाेभा सालिके, सदस्यहरू कृष्णेश्वरी हाडा, गुहेश्वरी शाक्य र सूर्यलक्ष्मी भाेमी तथा ललितपुर शाखाका Go Red For Women का संयाेजक शर्मिला श्रेष्ठ लगाएतकाे सहभागिता रहेकाे थियाे ।

+ posts

 

 

ताजा
1 थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
2 भक्तपुर नगरका मल्लकालका बहाःहरूको पदयात्राको श्रव्य-दृष्य प्रदर्शन
3 भक्तपुर नगरपालिकाको आ.व. २०८३-८४ का लागि बजेट सर्वसम्मतिबाट पारित
4 नेसनल प्याब्सन भक्तपुरको शिक्षक अभिमुखीकरण सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न