राेपाईंकाे सुरूवातसँगै २१३ औं  भानु जयन्तीकाे पूर्वसन्ध्यामा ३५ जना स्रष्टाहरूले गरे शव्दराेपाई | Jana Aawaj News

ताजा


राेपाईंकाे सुरूवातसँगै २१३ औं  भानु जयन्तीकाे पूर्वसन्ध्यामा ३५ जना स्रष्टाहरूले गरे शव्दराेपाई

पढ्न लाग्ने समयः 2 मिनेट
राेपाईंकाे सुरूवातसँगै २१३ औं  भानु जयन्तीकाे पूर्वसन्ध्यामा ३५ जना स्रष्टाहरूले गरे शव्दराेपाई : Jana Aawaj News

भक्तपुर।  सुख्खा याम, आकाशे पानीकाे पर्खाईमा रहेका कृषकहरूमा भर्खरै शुरू भएकाे झम्झम् परेकाे पानीमा रमाउँदै राेपाईंकाे चटाराे चलिरहेकै बेला यता भक्तपुरकाे एभरेष्ट ईङ्गलिश स्कूलमा भने राेपाहारहरू शब्द राेपाईं गर्न तम्तयार भईरहेकाे अवस्था । उपत्यकामा २१३ औं  भानु जयन्तीकाे चापाचाप माहाैल । मानाे राेपी मुरी फलाउने महिना । स्कूलका शिक्षक शिक्षिकाहरू सफल व्यवस्थापनकाे लागि दाैडधुप भईरहेकाे अवस्था । सभाकक्षमा वरिष्ठ देखि कनिष्ठसम्मका स्रष्टा, सर्जकहरूकाे खचाखच जमघट । एभरेष्ट स्कूलका हाेनहार शिक्षक, विद्यार्थीहरू पनि शव्द राेपाईं गर्न तम्तयार भइरहेकाे अवस्था । एभरेष्ट स्कूलकाे साथ र सहयाेग पाईयाे अवसर जुटाएकाे हाे भक्तपुर साहित्यिक समाजले ।

शनिबार आदिकवि भानुभक्तलाई सभापति बनाई शव्दराेपाईं कार्यक्रम शुरू गर्नु अघि भसासका अध्यक्ष राजुराम मुनंकर्मीले दीप प्रज्वलन र एभरेष्ट इङ्गलिश स्कूलका प्रिन्सिपल भक्त राजभण्डारीले भानुकाे तसविरमा फूलमाला लगाएपछि कार्यक्रमकाे सुरूवात भएकाे थियाे । समाजका सदस्य पवित्रा दहालले “घाँसी” कविताका केही हरफहरू वाचन गरिसकेपछि सल्लाहकार काशिराम विरसले भानुका जिवनी र विविध पक्ष माथि प्रकाश पारे । अनि लामबद्ध भई शव्दराेपाईं गर्न तयार भए शव्दराेपाहारहरू । यसपटककाे माहाैल अलि फरक थियाे । शव्द राेपाईं गर्ने ३४ जना राेपाहारका कविता वाचन र वाचित कविताहरूकाे कवि कृष्ण बाउसेद्वारा समीक्षा र दही चिउरा संस्कृतिकाे आयामबारे युवा शिक्षक/ कवि धनेश राजाेपाध्यायकाे अभिव्यक्तिकाे व्यवस्थालाई सबैले रूचाए ।

समाजका बेथिति, माैलाईरहेकाे भ्रष्टाचार, अनुशासनहिनता, कानुनकाे उपहास, आदि माथि कडा व्यङ्ग्य प्रहार गर्दै कतिपयले खवरदारी समेत गरे त कतिपयले देश प्रेमकाे भावनालाई उजागर गरे भने कतिपय स्रष्टाले आफ्‌नो सुमधुर स्वरबाट भानुलाई सम्झँदै छन्द कविता वाचन गरे । शव्द राेपाई गर्ने ३५ जना राेपाहारहरूमा क्रमश: मानिक बाबु ग्वंग (“जिन्दगीभित्रका सपनाहरू ), सुशिला प्रधानाङ्ग ( आधुनिक भानुभक्त ), कृष्ण बाउसे ( म प्रकृति हुँ), काशिराम विरस (असार १५ र मेराे देश), पवित्रा दाहाल ( नेपाल साझा घर), मानन्धर अभागी (एउटा एउटा जिउँदाे नेपाली बहादुर ), गुहेश्वरी शाक्य (नेपाल आमा), सुलाेचना सैंजु जाेशी (क्षितिज आफ्नै ), दिलकुमारी डंगाेल ( रूमल्लिएका प्रश्नहरू ), राजेन्द्र चित्रकार (धरतीकाे गुनासाे ) सूर्यलक्ष्मी भाेमी (आदर्श नारी), ईश्वर थाेकर (गुरूआमा अमृत्यश्वरी दैवज्ञप्रति ) वसन्त नकर्मी (अचेल ), मिमला शर्मा (आँसु सुकिसकेपछि ), चन्द्र लाल भाेमी ( सरल यात्रा ),राजेश मान केसी (ज्ञान विज्ञान ), न्हुछे रत्न बुद्धाचार्य (आदिकवि भानुभक्त आचार्यप्रति एक स्मृति ), राजकुमार श्रेष्ठ (विधवा साँझहरूमा ) र एभरेष्ट स्कूलका विद्यार्थीहरू क्रमश; आरूषी दण्डेखु (मेराे जीवन) ,आयुष्मा सिमाछ्वा ( मेराे प्याराे नेपाल ) दृढता र दक्षता जयना ( लेखककाे कथा) आराध्या भुजू सम्झनाकाे बाटाे), बाेधिता मानन्धर (घुम्न जाऔं ), रिति नेपाल  (देश ठूलाे) ।श्रेणी मानन्धर (विद्यार्थी ) ८) आराध्या प्रजापति (आँट गराैं) छन्द कविता वाचन विद्यार्थी १) सूर्यांश दहाल, २) सर्वाङ्गी प्रजापति ३) सुयशी माेक्तान ४) विविशा घिमिरे ५) आराध्या दहाल ६) नियाशा प्रधानाङ्ग र दृष्णा पाैडेल रहेका छन् ।

त्यसैगरी स्कूलका व्यवस्थापन संयाेजक शिक्षक नर्वदा भुषालले सबैकाे साझा सहयाेगबाट गुणस्तरयुक्त कार्यक्रम सञ्चालन गर्न सफल भएकाे बताउनुभयाे भने भसासका अध्यक्ष राजुराम मुनंकर्मीले संख्यात्मक भन्दा गुणात्मक सहभागिताले कार्यक्रमकाे रूपरेखा सुन्दर हुने चर्चा गर्नु हुँदै यसतर्फ आगामी दिनमा समाजकाे विशेष ध्यान रहने बताउनुभयाे । कार्यक्रमकाे अन्तमा भक्तपुर साहित्यिक समाजकाे तर्फबाट एभरेष्ट इङ्गलिश स्कूल र समिक्षक कृष्ण बाउसेलाई कदरपत्र वितरण गरिएकाे थियाे ।

+ posts

 

 

ताजा
1 राेपाईंकाे सुरूवातसँगै २१३ औं  भानु जयन्तीकाे पूर्वसन्ध्यामा ३५ जना स्रष्टाहरूले गरे शव्दराेपाई
2 परमेश्वरको मण्डलीद्वारा ललितपुरको श्री देवी आधारभूत विद्यालयमा जुत्ता तथा खेलकुद पोशाक हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा हेटौंडाको बस्तीपुरमा वृहत रुपमा वृक्षारोपण कार्यक्रम सम्पन्न
4 वागीश्वरीमा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा मार्गनिर्देशन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न