जन आवाज न्युज/काठमाडौं । सुनसरी जिल्लाको व्यस्त बजारमा इटहरीमा एटिनडी सिनेमा खुलेको छ । एटिनडी पाथिभरा इन्टरटेनमेन्ट प्रालिले संचालनमा ल्याएको उक्त सिनेमाको नायक पल शाहले एक विशेष कार्यक्रमकाबिच शनिबार उद्घघाटन गर्नुभएको छ ।
सेन्टर प्लाजा इटहरीमा खुलेको यस सिनेमामा वयस्क मानिस एकै पटक १२ जनाले मनोरंञ्जन गर्न सक्ने र बालबालिकाहरु भने १५ जनासम्मले एकै पटक खेलको अनुभव लिन सकनेछन् ।

टिकट शुल्क रु.३५० रहेको संचालक उमेश घोरासाइनेले बताउनुभयो । “यसमा जंगल यात्राको अनुभव, रोबटको दुनियाँ, माछाको संसार, डरलाग्दो अनुभव, डाइनोसरको दुनियाँलगायतको विभिन्न १७ प्रकारका खेलहरुको मज्जा लिन सकिन्छ,” संचालक घोरासाइने भन्नुभयो । हरेक दिन बिहान ८ बजेदेखि राती ९ बजेसम्म संचालन हुने यस सिनेमा पाँच वर्षभन्दा माथीका बालबालिकाले हेर्न सक्नेछन् ।
कम्पनिले आगामी दिनमा पूर्वकै विर्तामोड, इलाममा समेत उक्त सिनेमा संचालनगर्ने तयारी गरिरहेको समेत घोरासाइले जानकारी दिनुभयो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news

Related

Total views : 373070