
जन आवाज न्युज/सुनसरी, असार ३० गते । इटहरीस्थित तालतलैया क्षेत्रमा आज आसेज (ASEZ) परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका विश्व विद्यालय विद्यार्थीहरुद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा २०० वटा विरुवा रोपेरको थियो भने, ASEZ का विद्यार्थीहरू Save the earth from A to Z भन्ने नाराका साथ वातावरण मैत्री कार्यक्रम देशव्यापी रुपमा सञ्चालन गरिरहेको छ ।

वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष उमेश सुबेदीको उपस्थिति रहेको थियो। यसैगरी विशेष अतिथिको रूपमा तालतलैया व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर राय क्षेत्री उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले वृक्षारोपणले वातावरण संरक्षण, जैविक विविधताको संरक्षण तथा तालतलैया क्षेत्रलाई अझ हराभरा र आकर्षक बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए। आयोजक आसेज (ASEZ) ले आगामी दिनमा पनि यस्ता वातावरण संरक्षणसम्बन्धी सामाजिक अभियानलाई निरन्तरता दिने जनाएको छ।
जलवायु परिवर्तन व्यापक रूपले वृद्धि भइरहेको यो समयमा ASEZ ले जलवायु परिवर्तनविरुद्धको प्रतिक्रिया साथै स्थानीय समुदायलाई सुरक्षित र स्वस्थ बनाउन विविध गतिविधिहरूको आयोजना गर्दै आएको छ । उनीहरूले क्याम्पेन राखेर ब्लु कार्बन (सामुन्दृकपारिस्थितिक प्रणाली)को महत्त्व थाहा गराउने, अनि समुद्र,नून पोखरी र मेन्ग्रोभ वन, र नर्कट वन आदि सामुद्रिक पारिस्थितिक प्रणालीलाई संरक्षण गर्ने ABC (ASEZ Blue Carbon) अभियान नेपालको विभिन्न जिल्लाहरु लामो समयदेखी संचालन गरिरहेको छ ।
यसको अतिरिक्त ‘ASEZ सँगसँगै शान्तिमय सहर बनाउन हर्न निषेध क्याम्पेन’, ‘शौचालय स्वच्छता सुधार क्याम्पेन’ आदि गरेर सुरक्षित र सफा समुदाय बनाउने कार्यमा अग्रसर हुँदै आएको छ । वि.सं. २०७२ सालमा काठमाडौंमा ठूलो भूकम्प जाँदा पूरै भग्नावशेष भएको सिन्धुपाल्चोकस्थित श्री प्राथमिक विद्यालय र काभ्रेस्थित श्री भवानी प्राथमिक तथा उच्च माध्यमिक विद्यालयको भवन नयाँ गरी निर्माण गर्नमा स्वयंसेवकहरू निरन्तर खटिएका थिए ।
१७५ वटा देशहरूबाट ७,५०० वटा क्षेत्रमा स्थापित परमेश्वरको मण्डलीमा आधारित रहेर जारी गरिने ASEZ का गतिविधिहरू पनि विश्वव्यापी बन्दै गएको छ । यस्तै संयुक्त राज्य अमेरिका, जर्मनी, बेलायत, अर्जेन्टिना, पेरु, कोरिया, भारत आदि देशहरूमा वातावरण सरसफाइ कार्य र जलवायु परिवर्तन प्रतिक्रिया कार्य भइरहेको छ । साथै अपराध न्यूनीकरण (Reduce Crime together) क्याम्पेनको एक हिस्साको रूपमा प्राथमिक, माध्यमिक तथा उच्च माध्यमिक विद्यालयहरूमा अपराध न्यूनीकरण गोष्ठी तथा जनचेतना क्याम्पेन गरिनुका साथै भित्तेचित्र कोर्ने जस्ता कार्यद्वारा पनि सुरक्षित वातावरण निर्माणमा ASEZ ले काॠ गर्दै आइरहेको छ ।
ASEZ ले कोभिड १९ महामारीका कारण विश्वव्यापी स्वास्थ्य सङ्कटको सामना गरिरहेका अस्पताल, स्वास्थ्य चौकी जस्ता चिकित्सा सुविधा केन्द्रहरूको भ्रमण गरेर, सङ्क्रामक रोगसित लड्न अग्रपङ्क्तिमा खटिरहेका स्वास्थ्यकर्मीहरूलाई हौसला र समर्थन गर्ने क्याम्पेन गऱ्यो । साथै मास्क, रोग निदान सरसामान आदि वितरण गरेर बल प्रदान गरेको थियो । यस्तो निःस्वार्थ स्वयंसेवा गरेबापत् ASEZ लाई अमेरिकी राष्ट्रपतीय स्वयंसेवा स्वर्ण अवार्ड, मरुभूमिकरण विरुद्ध लड्न यूएन सन्धि महासचिव अवार्ड, ग्रीन एप्पल र ग्रीन वर्ल्ड अवार्ड आदिले सम्मानित गरिएको थियो । २३ वटा देशका सरकार र स्थानीय सरकारी संस्थाहरूले ASEZ लाई समर्थन र प्रोत्साहन गर्ने अर्थमा १५४ वटा सम्झौतामा पनि हस्ताक्षर गरेको ASEZ ले जानकारी गराएको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related













Total views : 374056












