दधिकोटमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १५ जनाद्वारा रक्तदान | Jana Aawaj News

दधिकोटमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १५ जनाद्वारा रक्तदान

पढ्न लाग्ने समयः 2 मिनेट
दधिकोटमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १५ जनाद्वारा रक्तदान : Jana Aawaj News
oplus_2

जन आवाज न्युज/भक्तपुर, साउन २३ गते । “रक्तदान – जीवनदान” भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी, दधिकोट उपशाखाको आयोजनामा तर्खगाल चोकमा आकस्मिक रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

अस्पतालहरूमा भइरहेको रगतको अभावलाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा अरनिको जीवनयोग प्रयोगशाला (जीवन विज्ञान) ले सहयोगी संस्थाको रूपमा भूमिका निर्वाह गरेको थियो।

सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावना जगाउने उद्देश्यले आयोजित यस कार्यक्रममा १५ जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेका छन्।

उक्त आकस्मिक रक्तदान कार्यक्रममा स्थानीय वडा अध्यक्ष, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरू, विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू पत्रकार तथा स्थानीय बासिन्दाहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमका वक्ताहरूले रगतको विकल्प रगत नै भएकाले यस किसिमका मानवीय कार्यले धेरै मानिसको जीवन बचाउन मद्दत पुग्ने धारणा व्यक्त गर्दै रक्तदाता तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गरेका थिए।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 आरक्षण स्कुलको आयोजनामा नेसनल प्याव्सनको एकल गायन प्रतियोगिता सम्पन्न 
2 भक्तपुरमा स्वस्थ मुटु सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
3 २८ जना स्रष्टाले ‘सः दबू साहित्य’मा रचना वाचन गरे
4 Asez star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न