ASEZ WAO, द्वारा टीकापुरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न | Jana Aawaj News

ASEZ WAO, द्वारा टीकापुरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः 3 मिनेट
ASEZ WAO, द्वारा टीकापुरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/कैलाली, साउन ९ गते । अन्तर्राष्ट्रिय स्वयंसेवा सङ्गठन ASEZ WAO ले आइतबार सुदूरपश्चिम प्रदेशको टीकापुर महोत्सव ग्राउन्ड क्षेत्रमा वातावरण सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा करीब ४ सय के.जी प्लास्टिक जन्य फोहोर संकलन साथै त्यस क्षेत्रमा वृक्षारोपण गरेर मरेका केहि पुरानो बिरूवाहरूको सट्टामा नयाँ र स्वस्थ बिरूवाहरू प्रतिस्थापन गरेर जलवायु परिवर्तनविरुद्ध प्रतिक्रिया जनाएको छ । यो पहल ASEZ WAOको विश्वव्यापी सरसफाइ परियोजना, ‘Green Earth (हरियो पृथ्वी) ’को एक हिस्सा हो ।

ASEZ WAO भनेको परमेश्वरको मण्डली विश्व सुसमाचार समाज (महासचिव पास्टर गिम जु छल, यसपछि परमेश्वरको मण्डली भनिएको) का जागिरे युवाहरूको स्वयंसेवक समूह हो । ASEZ WAO भन्ने नाममा ‘हामी एउटै परिवार भएर पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔं (Save the Earth from A to Z, We Are One Family) भन्ने अर्थ रहेको छ ।

ASEZ WAO का एक अधिकारीले भने, “‘हरियो पृथ्वी ’चाहिँ आफ्ना सन्तानहरूको हेरचाह गर्ने आमाको मनद्वारा विश्वभरि हरियाली र सफा वातावरण सृजना गर्ने गतिविधि हो । यसले कार्बन अवशोषण र हावाको गुणस्तर सुधार गर्ने मात्र नभएर दिगो विश्वव्यापी वातावरणप्रति स्थानीय समुदायको चासो पनि जागृत गराउने अवसरको रूपमा काम गर्ने आशा गरेका छौं, भावी पुस्ताका नायक-नायिका युवाहरूले यसको नेतृत्व लिएका छन् ।”

कार्यक्रममा ASEZ WAO का सदस्यहरू करीब ३० जना सहभागी भएका थिए । यस क्षेत्रमा क्षेत्रीय कार्यक्रम तथा खेलकूद कार्यक्रमहरू प्रायः आयोजना गरिने हुँदा धेरै फोहोरहरू जम्मा हुने भएकोले सरसफाइ कार्य पनि जारी गरेको थियो । उनीहरूले करिब ४०० के.जी फोहोरका झोलाहरू सङ्कलन गरेका थिए ।

सदस्य मध्यका एकले “आफुले भावी पुस्ताको निम्ती केही असल कुरा छोड्न पाउँदा मन खुशिले भरीएको छ ” भन्दै आफ्नो धारणा व्यक्त गरेका थिए ।

स्वंय सेवक समुहको सो गतिविधिप्रति खुशी व्यक्त गर्दै वडाका अधिकारीहरूले समर्थन जनाएका थिए। वातावरणप्रतिको उनीहरूको प्रेम विश्वभरि फैलिरहेको छ । ‘Mother’s Forest’(वृक्षारोपण) सँगसँगै ‘Green Earth(सहर तथा सडक सरसफाइ)’ ‘Blue Ocean (नदी खोला तथा समुद्र सरसफाइ’ ‘No More GPGP (प्लास्टिक फोहोरको टापू रोकथाम गतिविधि)’ जस्ता वातावरण संरक्षणका लागि विभिन्न पहलहरू थुप्रै देशहरूमा सञ्चालन भइरहेका छन् । यसको अतिरिक्त, ‘Green Workplace (पानी बचत, ऊर्जा बचत, स्रोत बचत)’ प्रोजेक्टको एक हिस्साको रूपमा, ‘इमेल इनबक्स खाली गर्ने’, ‘कम्प्युटरको मनिटर र मल्टिप्लगहरू बन्द गर्ने’ जस्ता च्यालेन्जहरू पनि लगातार जारी भइरहेका छन् ।

प्लास्टिक प्रदूषण समाप्त गर्ने अन्तर्राष्ट्रिय समुदायको प्रयासअनुरूप, विश्वभरि विभिन्न ‘प्लास्टिकमुक्त २०४०’ गतिविधिहरू पनि भइरहेका छन् । नेपालमा पनि ललितपुर, लुम्बिनी, नेपालगन्ज जस्ता विभिन्न ठाउँहरूमा सरसफाइ गतिविधि गरिएको छ । सरकारी तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट युवाहरूको परोपकारी कार्यको मान्यतास्वरूप ६०० वटाभन्दा बढी अवार्डहरू प्रदान गरिएको छ, जसमा अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरुको राष्ट्रिय सभाका अध्यक्षबाट प्रशंसा-पत्र, अन्तर्राष्ट्रिय वातावरण अवार्ड रहेको ग्रीन वर्ल्ड अवार्ड र ग्रीन एप्पल अवार्ड इत्यादि छन् ।

परमेश्वरको मण्डलीचाहिँ १७५ वटा देशहरूमा ७,८०० वटाभन्दा बढी ठाउँहरूमा भएको विश्वव्यापी मण्डली हो । मण्डलीका करीब ३९ लाख २० हजार सदस्यहरूले बाइबलअनुसार पिता परमेश्वर र माता परमेश्वरमा विश्वास गर्छन् र “आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू” भन्ने ख्रीष्टको शिक्षालाई कार्यान्वयन गरिरहेका छन् । नेपालमा गत जुन महिनासम्म ५७,४३७ जनाले ९५८ पटकसम्म विभिन्न स्वयंसेवा गतिविधिहरू गरेका छन् । विश्वव्यापी रूपमा वातावरण संरक्षण, प्रकोप राहत, छिमेकीलाई सहयोग, रक्तदान अभियान, र सांस्कृतिक आदानप्रदान जस्ता गतिविधिहरू ४४,००० पटकभन्दा बढी गरिएको छ । परमेश्वरको मण्डलीले संयुक्त राष्ट्रिय अमेरिकाबाट तीन वटा राष्ट्रपति स्वयंसेवा अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, कोरियाबाट तीन वटा राष्ट्रपति अवार्ड, ब्राजिलको विधायिकी योग्यता पदक, पेरुको सर्वोत्कृष्ट वातावरण अवार्ड, राष्ट्रिय सभाबाट सम्मान पदक जस्ता ५,४०० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO, द्वारा टीकापुरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 दधिकोटमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १५ जनाद्वारा रक्तदान
3 राष्ट्रिय युवा संघ नेपालद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न
4 वान डे क्रिकेट एकेडेमीसँग विनायकको सहकार्य
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न