सुन्दरहरैँचाको खोर्सानी बजार क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न | Jana Aawaj News

सुन्दरहरैँचाको खोर्सानी बजार क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः 2 मिनेट
सुन्दरहरैँचाको खोर्सानी बजार क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/सुन्दरहरैँचा, मोरङ, भदौ ७ गते । ​सुन्दरहरैँचा सियोन तथा सुन्दरहरैँचा डब्लुएम (WM) का सदस्यहरूको संयुक्त आयोजनामा सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १२ स्थित खोर्सानी बजार क्षेत्रमा एक बृहत् सरसफाइ कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ।
​ खोर्सानी हटियादेखि मुख्य चोकसम्म सञ्चालन गरिएको उक्त सरसफाइ अभियानमा स्थानीय वातावरणलाई स्वच्छ र हराभरा बनाउने उद्देश्य राखिएको थियो।
​कार्यक्रममा वडाका जनप्रतिनिधिहरू तथा स्थानीय टोल विकास समितिका अध्यक्षहरूको बाक्लो उपस्थिति रहेको थियो। जनप्रतिनिधि र स्थानीय अगुवाहरूको सहभागिताले कार्यक्रमको शोभा बढाउनुका साथै समुदायमा सरसफाइप्रतिको सजगता थप अभिवृद्धि गरेको आयोजकले जनाएका छन्।
​आफ्नो वरपरको क्षेत्र सफा र व्यवस्थित देखिएपछि स्थानीयवासी तथा छिमेकीहरू निकै खुसी र प्रसन्न देखिन्थे। स्थानीय क्षेत्रको स्वच्छताका लागि यस्ता सामुदायिक प्रयासहरूलाई निरन्तरता दिइनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न