वी लभ यू फाउन्डेसनद्धारा नेपालगन्जमा ९२१ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न | Jana Aawaj News

वी लभ यू फाउन्डेसनद्धारा नेपालगन्जमा ९२१ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः 4 मिनेट
वी लभ यू फाउन्डेसनद्धारा नेपालगन्जमा ९२१ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न : Jana Aawaj News

ओम प्रकाश जङ्ग शाह
जन आवाज न्युज/बाँके, भदौ ७ गते । विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वी लभ यू ले नेपालगन्ज ९२१ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा सदस्यहरू तथा स्थानीय बासिन्दाहरूसहित करिब १२० जनाको सहभागीता रहेको थियो । उक्त कार्यक्रम नेपालगन्ज उप.म.न.पा वडा नं. १० स्थित नेपाल रेडक्रस सोसाइटीको भवनमा गरिएको थियो । यस कार्यक्रमको उद्देश्य स्थानीय समुदायमा स्वैच्छिक रक्तदानको संस्कृति फैलाउनुका साथै रगतको आपूर्तिमा सहयोग पुर्याउनु थियो । एक व्यक्तिको रक्तदानले अर्को व्यक्तिको सहभागितालाई प्रेरित गर्दै जीवन बचाउने सहयोगको सकारात्मक चक्र निर्माण होस् भन्ने उद्देश्यले वी लभ यू ले ‘विश्वव्यापी रक्तदान कार्यक्रम’ सञ्चालन गर्दैआएको छ ।


वी लभ यू का एक प्रतिनिधिले भने, “रक्तदानका लागि आफ्नो अमूल्य समय निकालेर सहभागी हुनुभएका सबैप्रति हामी आभारी छौं । धेरै नागरिकहरू एउटै उद्देश्यका लागि एकजुट हुनुभएकोले यो कार्यक्रम स्थानीय समुदायका लागि न्यानो शक्ति बनोस् भन्ने आशा गर्दछौं ।”
कार्यक्रम बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म जारी रहेको थियो । रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरी २७ हजार एम.एल रगत दान गरेका थिएल । नेपाल रेडक्रस सोसाइटी नेपालगन्ज शाखाले रक्तदानको सम्पूर्ण प्रक्रियामा सहयोग गर्दै कार्यक्रमलाई साथ दिएको थियो ।
लुम्बिनी प्रदेश सरकारका, आन्तरिक मामिला, कानुन, उधोग तथा यातायात मान्त्री माननिय भण्डरीलाल यादबले “यहाँहरूले ठूलो पुन्यको काम गर्नुभएको छ, यहाँहरूलाई लुम्बिनी प्रदेश र मेरो तर्फबाट धेरै धेरै धन्यबाद भन्न चाहन्छु, आगामी समयमा यस्तो कार्य निरन्तर शहर साथै गाउ गाउमा गर्नुहुन अनुरोध गर्दछु ”, भन्दै सहभागीहरूलाई प्रोत्साहन दिएका थिए ।


रक्तदान गरेका मिन बहादुर पुनले “वी लभ यु फाउण्डेशले आयोजना गरेको ‘९२१ औँ विश्वव्यापी रक्तदान कार्यक्रम’ मा सहभागी भइ रक्तदान गर्न पाउँदा असाध्यै गौरववान महुसुस भएको छ । एउटी आमाले सन्तानलाइ आफ्नो रगत बगाएर जीवन दिए जस्तै मैले पनि १ पोइन्ट रगत दिएर १ जना व्यक्तिलाई बचाउन पाएको छु, उत्कृष्ट प्रेरणा दिनुहुने फाउण्डेसनकी अध्यक्ष जाङ गिल जा ज्यूलाई धन्यवाद व्यक्त गर्दछु ।”
यस महिनामा वी लभ यू का रक्तदान कार्यक्रमहरू भदौ ३ गते टीकापुरमा सम्पन्न भएको छ, भदौ ७ गते काठमाडौंमा सम्पन्न भएको छ तथा भदौ १० गते पोखराको लेखनाथमा पनि निरन्तर आयोजना गर्ने योजना रहेको छ ।


वी लभ यू ले रक्तदान मात्र होइन, नेपालका विभिन्न स्थानमा वातावरण सरसफाइ, शिक्षा सहयोग तथा जोखिममा रहेका वर्गलाई सहायता प्रदान गर्ने जस्ता विविध कल्याणकारी गतिविधिहरू सञ्चालन गर्दैआएको छ । गण्डकी प्रदेशको गोरखा तथा बागमती प्रदेशको भक्तपुर मध्यपुर ठिमी लगायत क्षेत्रका विद्यालयहरूमा शैक्षिक प्रयोजनका लागि टेलिभिजन, स्कुल ब्याग, कपडा र पङ्खाजस्ता सामग्री सहयोग गर्नुका साथै विद्यालयको साइनबोर्ड जडान र पर्खाल मर्मत गरेर शैक्षिक वातावरण सुधार गर्नमा पनि योगदान पुर्याएको छ । त्यसैगरी वातावरणीय कल्याणकारी गतिविधि रहेको ‘क्लिक वर्ल्ड अभियान’ र वृक्षारोपण गरेर हरितगृह ग्याँस न्यूनीकरण गर्ने ‘आमाको उद्यान Mom’s Garden परियोजनामार्फत दिगो जिउने वातावरण निर्माण गर्दै आएको वी लभ यू ले विपद्का समयमा राहत तथा पुनर्स्थापना कार्यमा पनि सहयोग पुरर्याउँदै आएको छ । सन् २०१५ को महाभूकम्पका पीडितहरूका लागि राहत, भारी वर्षाबाट प्रभावित परिवारका लागि नयाँ घर निर्माण सहयोग तथा कोभिड-१९ महामारीका समयमा संक्रमण रोकथाम सामग्री प्रदान गर्ने जस्ता गतिविधिहरू सञ्चालन गरिएको थियो । वी लभ यू ले सन् २००४ मा कोरियाबाट ‘विश्वव्यापी रक्तदान अभियान’ सुरु गरेर २० वर्षभन्दा बढी समयदेखि विश्वका विभिन्न देशहरूमा निरन्तर रक्तदान कार्यक्रम सञ्चालन गर्दैआएको छ । कोरियासहित ६७ देशमा कुल १ लाख ५१ हजार ३७ जना सहभागी भएका छन् र ६७ हजार ८४८ जनाले रक्तदान गरेका छन् । एक पटकको रक्तदानले अधिकतम तीन जनाको जीवन बचाउन सकिने कुरालाई विचार गर्दा, करिब २ लाख मानिसको जीवन बचाउन योगदान पुर्याएको मान्न सकिन्छ (सन् २०२६ जुनसम्मको तथ्याङ्कको आधारमा) ।


संयुक्त राष्ट्रसंघको DGC (सार्वजनिक सूचना विभाग) सँग सहकार्य गर्ने एक गैरसरकारी संस्था अन्तर्राष्ट्रिय वीलभयूले ‘आमाको प्रेम सारा संसारमा’ भन्ने नाराअन्तर्गत मानवीय गतिविधिहरू सञ्चालन गर्दछ । वी लभ यू ले १०२ देशमा वातावरण संरक्षण, आपत्कालीन राहत, पानी तथा सरसफाइको प्रत्याभूति, गरिबी तथा भोकमरी न्यूनीकरण, स्वास्थ्य सेवा, स्थानीय समुदाय कल्याण र शिक्षा सहयोग लगायत विभिन्न क्षेत्रमा ११,१०० पटक भन्दा बढी गतिविधि सञ्चालन गरिसकेको छ । यस्ता निःस्वार्थ गतिविधिहरूको कदरस्वरूप, वी लभ यू ले अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड स्वर्ण, गणतन्त्र कोरियाको पदक, इक्वेडरको राष्ट्रिय सभा पदक र कम्बोडियाको राजकीय पदक जस्ता १,१०० वटाभन्दा बढी अवार्डहरू प्राप्त गरेको छ । नेपालमा पनि काठमाडौं र कीर्तिपुरका मेयरहरूबाट प्रशंसा-पत्र तथा नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिबाट प्रशंसा-पत्र प्राप्त गरेको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 अन्तर्राष्ट्रिय वीलभयूद्वारा काठमाडौंमा ‘९३४औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
2 लिडरसिप कन्फ्रेन्स २०२६ सम्पन्नः ‘बिल्ट ओर ब्रोकन’ पुस्तक विमोचन
3 वी लभ यू फाउन्डेसनद्धारा नेपालगन्जमा ९२१ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
4 भक्तपुरमा ज्येष्ठ नागरिक सेवा समाजको भव्य उद्घाटन, ६ लाख ५० हजार संकलन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न