भक्तपुर भदौ १० गते । रसुवाको हुँदै त्रिशुली नदीमा आएको बाढी मलेखु बजार आसपास पुगेको छ । बाढी पूर्वानुमान महाशाखाले बाढी केहि समयमै मुग्लिन पार गर्ने क्रममा रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार भदौ १० गते बिहान ११ः५० बजे एसएमएस अलर्ट जारी गर्दै पृथ्वी राजमार्ग, मुग्लिन, नारायणगढलगायत त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्र खाली गर्न अनुरोध गरेको थियो । बाढीको जोखिम रहेका नदी छेउछाउका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान तथा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरिरहेको छ ।

यसैगरी बाढीका कारण त्रिशूली नदी आसपासका क्षेत्रमा जोखिम बढेकाले अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा रहन समेत अनुरोध गरिएको छ । भोटेकोसीमा आएको भीषण बाढीपछिको विपद् व्यवस्थापन, उद्धार तथा घाइतेहरूको द्रुत उपचारका लागि ट्रमा सेन्टरको एउटा टोली रसुवा प्रस्थान गरिसकेको छ ।
घाइतेहरूको द्रुत उपचारका लागि ट्रमा सेन्टरको एउटा टोली हेलीमार्फत रसुवा गएको बताइए छ । घाइतेहरूको उपचार गर्नका लागि १ सय बेड तयारी अवस्थामा राखिएको बताइएको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news

Related

Total views : 387947