प्रसादिको आयोजनामा नेसनल प्याव्सनको वादविवाद सम्पन्न  | Jana Aawaj News

Bhaktapur Hospital

प्रसादिको आयोजनामा नेसनल प्याव्सनको वादविवाद सम्पन्न 

पढ्न लाग्ने समयः < 1 मिनेट
प्रसादिको आयोजनामा नेसनल प्याव्सनको वादविवाद सम्पन्न  : Jana Aawaj News

भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको बोर्ड कार्यक्रम सदस्य विद्यालय प्रसादि पाठशालाको आयोजनामा जिल्ला व्यापी अन्तर विद्यालय वादविवाद प्रतियोगिता-२०८३  आइतबारसम्पन्न भएको छ । वादविवाद प्रतियोगिताको कक्षा ७ तर्फ “विद्यार्थी जीवनमा अनुशासन कि स्वतन्त्रता” शीर्षक रहेको थियो ! जसमा प्रथमः आरूषी महतो- ईडेन गार्डेन स्कुल, द्धितीयः दिपीका कार्की- मदरल्याण्ड स्कुल, तृतीयः यूनिशा खत्री- आरक्षण नेसनल स्कुल र सान्त्वनाः प्रिन्शा देउजा- विमल मेमोरियल विद्यापीठ पुरस्कृत भएका थिए । त्यसै गरी कक्षा ६ तर्फको वादविवाद शीर्षक “ए आई ले विद्यार्थीको सिकाईलाई सहज बनाउंछ कि अल्छि” रहेको उक्त प्रतियोगितामा प्रथमः विश्रुति सापकोटा- ईडेन गार्डेन स्कुल, द्धितीयः हिमांशु भट्ट- यूनिटी स्कुल, तृतीयः कृष्टिका भण्डारी- मदरल्याण्ड स्कुल र सान्त्वनाः भूमिका जिरेल- विमल मेमोरियल विद्यापीठले क्रमश सफलता प्राप्त गरेका थिए ।

नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले सदस्य विद्यालयहरु बीच आयोजना गरिएको वादविवाद प्रतियोगिताले विद्यार्थीहरुको बौद्धिक क्षमता एवं वाककलालाई अभिवृद्धि गराउने उदेश्य रहेको बताउदै कार्यक्रम आयोजक पिरसादि पाठशाला स्कुल प्रति आभार प्रकट गर्नु भयो ।

प्रतियोगिताको निर्णायकमा बरिष्ठ साहित्यकार डा. सीता सुवेदी र नेत्र प्रसाद घिरिरे रहेका थिए ! नेसनल प्याव्सन भक्तपुर सहसचिव एवं प्रसादि पाठशाला स्कुलका प्रिन्सिपल दिनेश शाक्यले कार्यक्रम आयोजना गर्ने जिम्मवारी पाएकोमा नेसनल प्याव्सन भक्तपुरलाई धन्यवाद दिनुभयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 आज यी प्रदेशहरुमा हल्का वर्षा र हिमपातको सम्भावना
2 देश डुबाउने र जलाउने दुवै जनताका सत्रु हुन्‌ : प्रेम सुवाल
3 ईप्सन भक्तपुरको लोकनृत्य प्रतियोगिता सम्पन्न, सामूहिकतर्फ युनिटी र एकलतर्फ मनिरा प्रथम
4 मास्टर जगत सुन्दर मल्लको १४४औँ जन्मजयन्तीमा विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिको साहित्यिक कार्यक्रम
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x