भक्तपुर । सिप्रिम एकेडेमीको आयोजनामा यही असोज १० र ११ गते सम्पन्न जिल्ला-व्यापी अन्तरविद्यालय फुटसल प्रतियोगितामा विनायक शिक्षा निकेतन इङ्लिस सेकेन्डरी स्कुलले प्रथम उपविजेता (First Runner-up) को उपाधि हासिल गरेको छ।
विभिन्न विद्यालयका २७ टोलीको उत्साहजनक सहभागिता रहेको उक्त प्रतियोगितामा विनायक शिक्षा निकेतन र सैनिक स्कुल फाइनलमा पुग्न सफल भएका थिए। Final सम्मको यात्रामा विनायकका खेलाडीहरूले उत्कृष्ट खेल कौशल, अनुशासन, आत्मविश्वास र टिमवर्कको प्रदर्शन गरेका थिए।
प्रतियोगिताको समापन समारोहमा मध्यपुर थिमि नगरपालिकाका सामाजिक विकास विभाग प्रमुख श्री ज्ञानेन्द्र भट्टले विजेता तथा उपविजेता टोलीहरूलाई ट्रफी, पदक तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो।
शैक्षिक विकासका साथै खेलकुद, अनुशासन, नेतृत्व र सहकार्यलाई निरन्तर प्राथमिकता दिँदै आएको विनायक शिक्षा निकेतनले यस सफलतालाई विद्यार्थीहरूको लगनशीलता र सामूहिक प्रयासको परिणाम बताएको छ। विद्यालय परिवारले गौरवपूर्ण उपलब्धि हासिल गर्ने फुटसल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा शिक्षकहरूलाई हार्दिक बधाई एवम् शुभकामना व्यक्त गरेको छ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news

Related

Total views : 396778