
भक्तपुर । भक्तपुरको दधिकोटस्थित गाम्चामा रहेको रेन्बो सेकेन्डरी स्कुलमा कक्षा ६ मा अध्ययनरत छात्रा बिनिशा बुढाथोकीले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जित्न सफल भएकी छन्।
काठमाडौंको दशरथ रंगशालामा यही नोभेम्बर २० देखि २२ सम्म सञ्चालन भएको आठौँ साउथ एसियन तेक्वान्दो (आईटीएफ) च्याम्पियनसिप-२०२६ मा उनले दोस्रो स्थान हासिल गर्दै पदक पक्का गरेकी हुन्। बिनिशाले ३९ केजीमुनिको तौल समूहअन्तर्गत व्यक्तिगत स्पारिङ विधामा उक्त सफलता प्राप्त गरेकी हुन्।
सानै उमेरमा अन्तर्राष्ट्रिय मञ्चमा बिनिशाले हासिल गरेको यो उपलब्धिलाई विद्यालय, अभिभावक तथा समग्र नेपाली खेलकुद क्षेत्रकै गौरवका रूपमा हेरिएको छ। उनको सफलताप्रति विद्यालय परिवारले खुसी व्यक्त गर्दै आगामी खेलजीवनमा अझै प्रगतिको कामना गरेको छ।
यो नतिजाले अन्य विद्यार्थीहरूमा पनि खेलकुदप्रतिको रुचि, आत्मविश्वास र कडा परिश्रम गर्ने भावना जगाउन थप प्रेरणा मिल्ने विश्वास गरिएको छ।







Total views : 410468



