
भक्तपुर । सूर्यविनायक नगरपालिकाको आयोजनामा ‘राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता-२०८३’ सोमबारबाट सुरु भएको छ। यही मंसिर ११ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको मंसिर ८ गते एक विशेष समारोहका बीच उद्घाटन गरिएको हो।
विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूको खेल प्रतिभाको पहिचान, विकास तथा प्रोत्साहन गर्ने मुख्य उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नगरपालिकाले जनाएको छ। खेलकुदको माध्यमबाट विद्यार्थीहरूमा अनुशासन, आपसी सद्भाव, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।
चार दिनसम्म चल्ने यस प्रतियोगितामा नगरपालिकाभित्रका ४० वटा विद्यालयका करिब ९५० विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको छ।
प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको उत्साह र आत्मविश्वास बढाउनुका साथै स्थानीय स्तरमा खेलकुदको विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले लिएको छ।







Total views : 410498



