
भक्तपुर । दधिकोटको चित्रपुरमा सोमबार दिउँसै एक वृद्धाको कानबाट सुनका मुन्द्रा लुछेर भाग्दै गरेका एक व्यक्तिलाई स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिईएको छ।
चित्रपुरमा सानो चिया पसल सञ्चालन गर्दै आएकी वृद्धाको दुवै कानबाट करिब एक तोलाभन्दा बढी सुनका मुन्द्रा लुछेर भाग्ने क्रममा ती वृद्धाले होहल्ला गरेपछि उनलाई स्थानीयवासीले चित्रपुरस्थित पिपलबोटमुनिबाट समातेका हुन्। उनको दुबै कानमा सामान्य चोट पनि लागेको छ।
चोरलाई नियन्त्रणमा लिने क्रममा स्थानीयवासीले सामान्य हातपातसमेत गरेको बताइएको छ। त्यसपछि उनलाई प्रहरी वृत्त दधिकोटको जिम्मा लगाइएको छ।
स्थानीयवासीका अनुसार पक्राउ परेका व्यक्ति यसअघि पनि यस क्षेत्रमा भएका विभिन्न चोरीका घटनामा संलग्न रहेको आशंका गरिएको छ।
Related
Subscribe
Login
0 Comments
Oldest
Newest
Most Voted






Total views : 410500



