देशको नाम उच्च राख्न खेलकुद महत्वपूर्ण छ, पूर्वप्रधानमन्त्री नेपाल | Jana Aawaj News

देशको नाम उच्च राख्न खेलकुद महत्वपूर्ण छ, पूर्वप्रधानमन्त्री नेपाल

पढ्न लाग्ने समयः < 1 मिनेट
देशको नाम उच्च राख्न खेलकुद महत्वपूर्ण छ, पूर्वप्रधानमन्त्री नेपाल : Jana Aawaj News

भक्तपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शिक्षा जति महत्वपूर्ण छ, खेलकुद पनि देशको नाम उच्च राख्न उत्तिकै अत्यावश्यक रहेको बताउनुभएको छ ।
भक्तपुर जिल्ला खेलकुद विकास समितिले हिजोबाट सुरु गरेको दोश्रो वागमती प्रदेश खेलकुद–२०७९ खेलाडी छनौट प्रतियोगिताको उद्घघाटन गर्दै उहाँले खेलकुदको विकासले विश्वमा देशको नाम उच्च राख्न सकिने बताउनुभयो ।

भक्तपुरले देश विदेशका विभिन्न प्रतियोगितामा सहभागि भएर देशको नाम उच्च राख्न सक्ने गरि खेलाडीको उत्पादन गर्न सफलता हासिल गर्नुपर्ने बताउदैं उहाँले खेलकुदबाट भाग्ने होइन, अभिन्न अंग बनाएर अगाडि जानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति दीपक थापाले भक्तपुरमा खेलुकुदको विकास तिब्र गतिमा भइरहेको बताउदैं भक्तपुरलाई सम्पदाको जिल्लाबाट मात्रै होइन उत्कृष्ट खेलाडी रहेका खेलकुदको जिल्ला पनि हो, भनेर चिनाउने गरि खेलकुदका गतिबिधि भइरहेको बताउनुभयो ।

उक्त प्रतियोगिता यही चैत २५ गतेसम्म सञ्चालन रहने बताउदै उहाँले प्रतियागिताबाट कराते, तेक्वाण्डो, एथलेष्टिक, बक्सिङ्, आईटी।एफ तेक्वाण्डो, उसु, जुडो, फुटबल, क्रिकेट, भलिबल, व्याडमिन्टन, पौडीलगायतका खेलका उत्कृष्ट खेलाडी छनौट गरिने जानकारी दिनुभयो ।

 

+ posts

 

 

ताजा
1 तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु
2 चाँगुनारायण बन्दै देशकै पहिलो “योग नगर”
3 दधिकोटमा पाँच तले सुविधा सम्पन्न नगर अस्पताल भवन बन्ने
4 चाँगुनारायणलाई नेपालकै पहिलो ‘योगमय पालिका’ बनाउन  जुट्दैछौँ : नगरप्रमुख खत्री
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न