आजदेखि सुरु भयो सातौं भक्तपुर महोत्सव | Jana Aawaj News

आजदेखि सुरु भयो सातौं भक्तपुर महोत्सव

पढ्न लाग्ने समयः 2 मिनेट
आजदेखि सुरु भयो सातौं भक्तपुर महोत्सव : Jana Aawaj News

भक्तपुर । नयाँवर्ष २०८० सालको अवसरमा हुने ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८०’ शुरु भएको छ ।

महोत्सवको आज कृषि तथा पशुपन्छी विकाश मन्त्री डा.वेदु राम भुषालले उद्घाटन गर्ने तयारी रहेको महोत्सवका संयोजक दीपक थापाले जानकारी दिनुभएको छ । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना र भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा महोत्सव हुन लागेको हो । यहिँ चैत्र २३ गतेदेखि २०८० साल बैशाख ३ गतेसम्म ११ दिने महोत्सवको आयोजना हुने महोत्सवका संयोजक थापाले बताउनुभयो ।


“हामीले उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँ वर्षको अवसरमा बृहत औद्योगिक तथा व्यापार महोत्सव आयोजना गर्न लागेको हौं,” थापाले भन्नुभयो । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ सय रोपनी जग्गामा महोत्सव हुनेछ, जहाँ २०० भन्दा बढी स्टल रहने भएका छन् ।

महात्सवमा मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, विभिन्न्न प्रकारका लत्ताकपडाहरुका स्टलहरु हुने संयोजक थापाले बताउनुभएको छ ।
कृषि तथा हस्तकलाका सामाग्रीहरु, भाँडाकुडाका सामाग्रीहरु, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभएको छ ।

सो स्थानमा अटोमोवाईल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोवाईल, ईलेक्ट्रोनिक्स सामानहरुको स्टल रहनेछन् । “बिक्री गरिने सामानहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेका छौं,” औद्योगिक शान्ति नेपाल अध्यक्ष महतले भन्नुभयो ।
महोत्सवमा करिब ५ लाख उपभोक्ताले अवलोकन तथा सेवा लिने र करिब स्टलहरुबाट १० देखि १२ करोड रुपैयाको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ ।

आयोजकका अनुसार महोत्सवमा बाल उद्यान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामाग्रीका साथै दर्जनौं राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक र हाँस्य व्यङ्गय सहितका मनोरञ्जनात्मक प्रस्तुती रहनेछ । मनोरञ्जनात्मक केही स्टलहरु भने आज तयार भइसक्ने अध्यक्ष महतले जानकारी दिनुभयो ।

महोत्सवमा हरेक दिन व्याण्डको प्रस्तुति, नृत्य प्रतियोगिता, बि–बोईङ र अन्य मनोरञ्जनात्मक कार्यक्रमहरुको समेत आयोजना हुनेछ । प्रवेश शुल्क रु. ५० र ७० रहेकोका विद्यार्थी र जेष्ठ नागरिकलाई छुटको व्यवस्था गरिएको संयोजक थापाले बताउनुभयो ।
बैशाख ४ गते भने विशेष सांस्कृतिक कार्यक्रम हुने सो कार्यक्रममा टिकटको मुल्य रु. २०० रहेको आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा भक्तपुर, काठमाण्डौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दाले यसबाट लाभ लिनसक्ने आयोजकले बताएका छन् ।

 

+ posts
ताजा
1 सुनको मूल्य कति पुग्यो ?
2 महेश बस्नेतलाई एकसय वर्ष नाघेका नागरिकदेखि जेन्जी पुस्तासम्म भन्छन् : विजयीको माला पहिराउन आतुर छौं
3 वीलभयू फाउन्डेसनद्वारा ८,६५ औँ  विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
4 वीलभयू फाउन्डेसनद्वारा हेटौडामा ८,८१ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न