
भक्तपुर । भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको हिजोबाट सहिद स्मृति खेल मैदानमा शुरु भएको छ ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भलिबल खेलका रेफ्रि लक्ष्मी प्रसाद स्वंगमिखालाई खेल सामाग्री हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै उहाँले अनुशासित र सक्षम खेलाडीहरु तयार पार्दै भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले भक्तपुर नपाले खेलकुदहरुको नियमित प्रशिक्षण, प्रतियोगिता र खेलाडी सम्मान कार्यक्रमलाई जोड दिँदै आएको बताउनुभयो । खेलकुद प्रतियोगिताहरु औपचारिकतामा मात्रै सीमित हुन नहुने बताउँदै उहाँले खेलकुद मानव जीवनको अभिन्न अंग हो र खेलाडीहरुले खेलकुदको क्षेत्रमा सशक्त भई अगाडि बढन्पर्ने धारणा राख्नुभयो ।

देश र समाजप्रतिको आफ्नो दायित्वलाई कहिल्यै बिर्सन नहुने विचार व्यक्त गर्दै प्रमुख प्रजापतिले विद्यार्थीहरुलाई विद्यालय जीवनदेखि अनुशासित र मर्यादित बनाउन खेलकुदको निकै ठूलो भूमिका रहने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले २०८० पुस ११ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्डको लागि भलिबल, कबड्डी, उसु, तेक्वान्डो, एथ्लेटिक्स र कराँते गरी ६ वटा खेलमा प्रतियोगिता हुने बताउनुभयो ।
भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले भक्तपुर नपाले पूर्णकालीन खेलकुद प्रशिक्षक नियुक्ति गरी विद्यालयहरूमा खेलकुद प्रशिक्षणलाई जोड दिँदै सराहनीय कार्य गर्दै आएको बताउनुहुँदै उहाँले खेलकुद क्षेत्रमा भएका यस किसिमका गतिविधिले भक्तपुरबाटै राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी तथा रेफ्रि तयार हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा भनपा ४ का वडा अध्यक्ष उपेन्द्र सुवाल र भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले खेलकुद प्रतियोगिताहरुलाई अनुशासित, मर्यादित र व्यवस्थित रुपले सञ्चालन गर्ने उद्देश्यले नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता निकै महत्वपूर्ण प्रतियोगिता भएको बताउनुभयो ।
कार्यक्रममा खेलाडीको तर्फबाट गणेश माविका भलिबल खेलाडी कन्चन थिङ र रेफ्रिको तर्फबाट रोजिना सैंजुले सपथ ग्रहण गरेका थिए ।
कार्यक्रममा भनपा वडा नं. ८ का वडा सदस्य तथा खेलकुद समितिका सदस्य रामसुन्दर बासीले भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता अन्तर्गत २०८० पुस ११ गते बिहान ८ बजे सहिद स्मृति खेलमैदानमा भलिबल खेल भएको थियो भने, आज कबड्डी खेल माहेश्वरी खेलमैदानमा एथ्लेटिक्स र लिबाली कभर्ड हलमा तेक्वाण्डो प्रतियोगिता हुनेछ । भालि १३ गते शुक्रबार ख्वप कलेजमा कराँते र लिबाली कभर्ड हलमा उसु खेलको प्रतियोगिता हुने जानकारी गराउनुभयो ।
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा नगरभित्रका ४५ वटा विद्यालयहरु र ७५० जना विद्यार्थीहरुको सहभागिता रहेको भक्तपुर नपाको खेलकुद समितिले जानकारी दिएको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related
















Total views : 344617












