युभेन्ट्सद्धारा गोलको वर्षा इटालियन कपको क्वार्टरफाइनलमा प्रवेश | Jana Aawaj News

युभेन्ट्सद्धारा गोलको वर्षा इटालियन कपको क्वार्टरफाइनलमा प्रवेश

पढ्न लाग्ने समयः < 1 मिनेट
युभेन्ट्सद्धारा गोलको वर्षा इटालियन कपको क्वार्टरफाइनलमा प्रवेश : Jana Aawaj News

काठमाडौँ । युभेन्ट्सद्धारा इटालियन कप फुटबल प्रतियोगितामा गोलको वर्षा भएपछि क्वार्टरफाइनलमा पुग्न सफल भएको छ । युभेन्ट्स शुक्रबार विहान सम्पन्न खेलमा सालेर्निटानालाई ६–१ गोलले हराउँदै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

उक्त खेल सुरु भएको पहिलो मिनेटमै सालेर्निटानाका लागि चुकुबुकेम इकुमेसीले गोल गरेका थिए । खेलमा सुरुआती अग्रता सालेर्निटानाले लिएता पनि त्यसपछि खेलमा उत्कृष्ट पुनरागमन गरेको युभेन्ट्सले लगातार ६ गोल फर्काएको थियो । युभेन्ट्सका लागि भने पहिलो गोल १२ औँ मिनेटमा फाबियो मिरेट्टीले गर्न सफल भए । त्यस्तै ३४ औँ मिनेटमा आन्द्रे काम्बियासोले दोस्रो गोल गरे । उक्त गोलका कारण खेलको पहिलो हाफमा युभेन्ट्स २–१ ले अगाडि रहन सफल भयो ।

युभेन्ट्सले खेलको दोस्रो हाफमा चार गोल थपेको थियो । ५४ औँ मिनेटमा युभेन्ट्सका लागि ड्यानियल रुगानीले तेस्रो गोल गरेका थिए । ७५ औँ मिनेटमा सालेर्निटानाका डायलन ब्रोनबाट आत्मघाति गोल भएपछि युभेन्ट्स ४–१ ले अगाडि बढेको थियो ।

खेलको ८८ औँ मिनेटमा युभेन्ट्सका लागि केनन यिल्डिजले पाँचौँ गोल थपेका थिए । युभेन्ट्सका लागि छैटौँ गोल भने इन्जुरी समयको पहिलो मिनेटमा टिमोथी वेहले गर्दै युभेन्ट्स क्वार्टरफाइनलमा पुग्न सफल सफल भएको छ ।

+ posts

 

 

ताजा
1 भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजबाट सुरु
2 इडेन गार्डेन स्कुलद्वारा एसईई ब्याच २०८२ का विद्यार्थीहरूलाई भव्य बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न
3 सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमाको विस्तारमा सरकार गम्भीर छ : मन्त्री थापा
4 सूर्यविनायक-८ मा घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रम हुँदै
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न