भक्तपुमा आजबाट नगर स्वास्थ्य केन्द्र शुभारम्भ | Jana Aawaj News

भक्तपुमा आजबाट नगर स्वास्थ्य केन्द्र शुभारम्भ

पढ्न लाग्ने समयः < 1 मिनेट
भक्तपुमा आजबाट नगर स्वास्थ्य केन्द्र शुभारम्भ : Jana Aawaj News

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. ९ मा नगर स्वास्थ्य केन्द्र शुभारम्भ गरिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज एक कार्यक्रमबीच सो केन्द्र शुभारम्भ गर्नुभयो ।
उक्त अवसरमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले नगरबासीहरुको लागि सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नगरका विभिन्न वडाहरुमा नगर स्वास्थ्य सेवा केन्द्रहरुको विस्तार गरिएको उल्लेख गर्दै संविधानले नागरिकलाई गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा पाउने अधिकारलाई संरक्षण र संवद्र्धन गरेकोले भक्तपुर नपाले उक्त कार्यलाई प्राथमिकतामा राखी अगाडि बढिरहेको बताउनुभयो ।

 

भक्तपुर नगरपालिकाले सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्ने हेतुले विभिन्न कलेजहरु सञ्चालन गर्दै आइरहेको र हाल ख्वप सर्कलअन्तर्गत नर्सिङ, इन्जिनियरिङ र कानुनजस्ता विषयहरु पनि निकै शुलभ रुपमा नपाले पठनपाठन गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुर नपाले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै घरदैलो नर्सिङ सेवा सञ्चालन गर्दै आएको बताउँदै उहाँले स्वास्थ्य बीमा बोर्डले ख्वप अस्पताललाई दिनुपर्ने रकम अझ सोध भर्ना नगराएको समेत उक्त कार्यक्रममा बताउनुभयो ।

कार्यक्रमका सभापति एव भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले नगर स्वास्थ्य केन्द्रबाट जनतालाई आधाभूत स्वास्थ्य सेवाहरु उपलब्ध गराउने जानकारी दिँदै बिहान ७ बजेदेखि ९ बजेसम्म घरदैलो नर्सिङ सेवा पनि चालु रहने बताउनुभयो ।

कार्यक्रममा ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेश प्रताप मल्ले ख्वप अस्पतालमा दैनिक ८०० देखि ९०० को हाराहारीमा बिरामी स्वास्थ्य जाँचको लागि आउने गरेको बताउँदै वडास्तरबाट नगर स्वास्थ्य केन्द्र स्थापनाले नगरबासीहरुई सहज हुने बताउनुभयो ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित नगर स्वास्थ्य केन्द्र बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुल्नेछ र सो केन्द्रबाट निःशुल्क औषधी वितरण, डट्स क्लिनिक, परिवार नियोजन, खोप सेवा, ओपीडी चेकजाँच, निःशुल्क ड्रेसिङ सेवालगायतको सेवा सुविधाहरु प्रदान गरिने नगरपालिकाले जानकारी दिएको छ ।

+ posts