
नारायण थापा
भक्तपुर । निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम अन्तर्गत परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले १२६३ औं विश्वव्यापी रक्तदान अभियान कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम तिलोत्तमाको शान्तिचोक योगिकुटीमा पिता आन साङ् होङ्ज्यूको १०६ औं जन्मोत्सवको अवसरमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाज बुटवलको आयोजनामा रक्तदान सम्पनन भएको हो ।

कार्यक्रमको उद्धघाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले जुनसुकै धर्मको सार नै एक अर्कालाई प्रेम गर्नुपर्ने र त्यसले नै घर परिवार र समाज राम्रो बाटोमा अघि बढ्ने प्रगति गर्ने सर्वमान्य सिद्धान्त भएको बताउनुभयो । रक्तदानले अरूको जीवन बचाउने र आफूलाई स्वस्थ बनाउने हुंदा रक्तदान अभियानमा सबै सहभागी हुनुपर्ने बताउदै उहाले सामाजिक रुपान्तरण र सामाजिक सेवाका क्षेत्रमा परमेश्वरको मण्डलीले थुप्रै काम गरेको चर्चा गर्दै यो समाजसँग नगरपालिकाले सहकार्य र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा लुम्विनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराई, एन्फा रुपन्देही अध्यक्ष लोक पुनले रक्तदान अभियानमा सबै संघसंस्थाको सहभागिता हुनुपर्ने सामाजिक सेवा कार्यमा सबैको हातेमालो हुनुपर्ने कुरामा जोड दिनुभयो ।
परमेश्वरको मण्डली नेपालको विभिन्न ठाँउहरुमा सामाजिक सेवाको कार्य लामो समयदेखि गर्दै आइरहेको छ । मण्डलीले सन् २०१५मा गएको महाभूकम्पको समयमा मण्डलीबाट ७१० वटा क्षेत्रका १५,००० जनाभन्दा बढी सदस्यहरूले मर्मत–सम्भार कार्य तथा पीडितहरूका लागि राहत कार्यहरू गरेका छन् । मण्डलीद्वारा पीडितहरूका लागि आपत्कालीन राहत सामग्री र अनुदान पनि प्रदान गरिएको थियो । यसबाहेक मण्डलीले यातायातको सुविधा नभएको हिमाली गाउँ सेर्तुङ र तिप्लिङका १,००० घरधुरीलाई हेलिकप्टरबाट १४ पटक ओहोरदोहोर गर्दै खाद्यान्न वितरण समेत गरेको छ । भूकम्पले गर्दा भत्किएको सिन्धुपाल्चोकको श्री प्राथमिक विद्यालय र काभ्रेको श्री भवानी माध्यमिक विद्यालय पुनर्निर्माण जस्ता विभिन्न सहयोगद्वारा मण्डलीले मानिसहरूमाझ उपहारस्वरूप आशा प्रदान गर्दै आएको छ ।
परमेश्वरको मण्डलीचाहिँ विश्वका १७५ वटा देशहरूमा स्थापना भएको र सदस्यहरूको कुल संख्या ३५ लाख भएको एक विश्वव्यापी मण्डली हो । छिमेकीलाई सहयोग, आपत्कालीन राहत कार्य, वातावरण संरक्षण, रक्तदान कार्यक्रम, शैक्षिक सहयोग, कोभिड–१९ का कारण जोखिममा परेकालाई सहयोग गर्ने कार्यसहित २४,००० पटकभन्दा बढी स्वयंसेवा गतिविधिहरूको नेतृत्व लिँदै यो मण्डलीले ख्रीष्टको प्रेमलाई विश्वका विभिन्न ठाउँहरूमा कार्यान्वयन गरेको छ ।
ती कार्यहरूको परिणामस्वरूप मण्डलीले अमेरिकी राष्ट्रपति बाइडेन, ट्रम्प र ओबामाबाट राष्ट्रपतीय स्वयंसेवा अवार्ड सर्वोत्कृष्ट सङ्गठन अवार्ड, ५३ वटा स्वर्ण अवार्डहरू, गणतन्त्र कोरियाका तीन सरकारहरूबाट राष्ट्रपतीय अवार्ड, ब्राजिलको विधायिकी पदक, अनि अन्तर्राष्ट्रिय वातावरण अवार्ड रहेको ग्रीन वल्र्ड अवार्ड र ग्रीन एप्पल अवार्ड गरी लगभग ३,५०० वटाभन्दा बढी अवार्डहरू प्राप्त गरेको छ । मण्डलीले नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिबाट प्रशंसा–पत्र, भक्तपुरका शाखा प्रबन्धकबाट प्रशंसा–पत्र र नेपाल रेडक्रस सोसाइटीका प्रबन्धकबाट प्रशंसा–पत्र प्राप्त गरेको मण्डलीले जानकारी गराएको छ ।
उक्त रक्तदान कार्यक्रममा १ सय १० जनाले रक्तदान गरेको रक्त सञ्चार सेवा केन्द्र संस्थाका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related
















Total views : 344580












