खिचरा महोत्सवमा द ईलिमेन्टस ब्यान्डको जोड्दार प्रस्तुती (तस्विरमा हेर्नुहोस)  | Jana Aawaj News

खिचरा महोत्सवमा द ईलिमेन्टस ब्यान्डको जोड्दार प्रस्तुती (तस्विरमा हेर्नुहोस) 

पढ्न लाग्ने समयः 2 मिनेट
खिचरा महोत्सवमा द ईलिमेन्टस ब्यान्डको जोड्दार प्रस्तुती (तस्विरमा हेर्नुहोस)  : Jana Aawaj News

नारायण थापा

खैरहनी । पूर्वी चितवनको खैरहनीस्थित गौचरनमा जारी नवौं खिचरा महोत्सवमा मंगलबार ईलिमेन्स ब्यान्डको प्रस्तुतिमा हजारौँ दर्शक झुमेका छन। महोत्सवको चौथो दिन युवा पुस्ता माझ लोकपृय ब्याण्ड द इलिमेन्टसले खिचरा महोत्सव अवलोकन गर्न आएका दर्शकलाई आफ्नो जोड्द्वार प्रस्तुतिद्वारा नाच्न बाध्य बनाएको छ ।

द इलिमेन्टस ब्याण्डका कलाकारहरु प्रस्तुति दिन स्टेज उक्लिएदेखि नै दर्शकको हुटिको बर्षा भएको थियो । सपनाको मायालु, उर्जा, माया भन्छ, ठूला ठूला सहर, त्यसैले हिडे माया लगाएत दर्जानौ गित प्रस्तुति दिदै झण्डै डेढ घण्टा सम्म युवा पुस्तालाई नचाएका थिए। भिडलाई थाम्न आयोजकलाई हम्मे हम्मे परेको थियो।


द इलिमेन्टस ब्याण्डको प्राय सबै गित युबा पुस्तामा निकै लोकप्रिय छ । देश विदेशमा इलिमेन्टसको अहिले धेरै चर्चामा रहेको छ । चितवन र यसको आसपासमा पनि उनको निकै फ्यान छन् भन्ने महसुश गरेर कार्यक्रममा बोलाइएको खिचरा महोत्सवका सह संयोजक रामचन्द्र चौधरीले जानकारी दिनुभयो ।


महोत्सवमा भएको चित्रकला प्रतियोगितामा होली गार्डेन मोर्डन स्कुलका छात्र निरज चौधरी प्रथम भएका छन । त्यस्तै स्काइ राइडर स्कुलका छात्र आर्यन चौधरी र सैनिक आवासिय त्रिसन आलेमगर क्रमश द्धतिय र तृतिय भएको चित्रकाला प्रतियोगिताका सञ्योजक मन्जु चौधरीले बताउनुभयो । प्रथम, द्धतिय र तृतिय हुनेले क्रमश ४ हजार, ३ हजार र २ हजार नगदका साथै प्रमाण पत्र प्रदान गरिएको चौधरीले बताउनुभयो । उक्त महोत्सव माघ १० गते सम्म सञ्चालन हुने छ ।

+ posts