
नेपालमा नसर्ने रोगको अग्रस्थानमा हृदयरोगलाई जितेर क्यान्सर रोग पुगेको छ । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ तथा बीपी क्यान्सर अस्पतालका पूर्व निर्देशक डा.प्रकाशराज न्यौपानेले अहिले प्रत्येकजसो पालिकाको वडा कार्यालयमा दैनिक १ जनाजसो क्यान्सर विरामी सिफारिसका लागि जाने गरेको बताउनुभयो । आफू बस्ने मध्यपुर थिमि ३ नं वडामा गत वर्ष २० जना मात्रै सिफारिस लिन पुगेको तथ्यांक रहेकोमा यो वर्ष २ सय पुगिसकेको बताउनुभयो ।
नेपाल एनसीडी एलायन्सले काठमाडौं महानगरभित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई स्तन क्यान्सर सम्बन्धि स्क्रिनिङ्ग प्रशिक्षणमा उहाँले नेपालमा स्तन क्यान्सर र पाठेघरको क्यान्सरले महिलाहरुलाई नराम्रोसँग दुःख दिइरहेको बताउनुभयो । महिला प्रजनन अङ्ग भएकाले अरुलाई भन्न पनि लजाउने र चिकित्सकमा जान पनि अप्ठ्यारो मान्ने गरेका कारण महिलाहरुको क्यान्सर रोगको उपचार गर्न ढिलाइ हुने गरेको उहाले प्रष्ट पार्नुभयो ।

शहरी भेगका महिलाहरुमा समेत स्तन क्यान्सर र पाठेघरको क्यान्सरको बारेमा चर्चा गर्न लजाउने प्रवृत्ति भएको हुनाले महिला स्वयंसेविकामार्फत महिलाहरुसम्म सन्देश पु¥याउनका लागि कार्यक्रमको आयोजना गरेको आयोजक समितिका अध्यक्ष शान्तलाल मुल्मीले बताउनुभयो । महिलालाई हुने क्यान्सरको स्थिति भयावह भएको पाइए पछि महिला स्वयंसेविकामार्फत यसबारे जनचेतना जागृत गर्ने र आफैले स्तन क्यान्सर परीक्षण गर्ने क्षमता प्रदान गर्नका लागि कार्यक्रमको आयोजना गरेको उहाको भनाइ छ ।
हेल्थ राइट्स एन्ड टोबाको कन्ट्रोल नेटवर्क नेपाल, पहल फाउन्डेसन, नेपाल मधुमेह समाजको सह आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा डा. न्यौपानले सुर्ती सेवन र मदिराका कारणका साथै खानपान एवं रहनसहनले गर्दा क्यान्सर रोगीहरुको संख्या वढीरहेको बताउनुभयो ।
वरिष्ठ प्रशिक्षक किशोर प्रधानाङ्गले जंक फूड खाने अनि शारीरिक अभ्यास नगर्ने त्यसमाथि क्यान्सर रोगको बारेमा अरुले थाहा पाउला भनेर छलफल नहुने गरेको बताउनुभयो । क्यान्सरको जोखिम कम पार्नका लागि शंका लाग्ने वित्तिकै चिकित्सकसँग परामर्श गर्नुपर्ने सन्देश स्वास्थ्य स्वयंसेविकाले घरघरमा पु¥याउनुपर्ने आवश्यकता रहेको उहाले बताउनुभयो ।
वरिष्ठ परिचारिका सीता अधिकारीले स्तनमा गाँठागुठीहरु देखिए वा दुृखेमा तुरुन्तै स्वास्थ्य संस्थामा जान र आफैले समय समयमा स्तनको स्वपरीक्षण गर्न आग्रह गर्नुभयो । उहाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई स्तन क्यान्सरको स्वपरीक्षणका विषयमा प्रयोगात्मक अभ्यास समेत गरिएको थियो ।
हेल्थ राइट्स एन्ड टोबाको कन्ट्रोल नेटवर्क नेपालका पूर्ण दुवालले स्वास्थ्य अधिकारको हनन् कतै भएमा र सुर्ती नियन्त्रण सम्वन्धि कानुनको पालना नभएमा उजुरी दिन सकिने बताइएको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related















Total views : 344615












