घुम्न जाने हैन त कोन्ज्योसोम ? | Jana Aawaj News

ताजा


Bhaktapur Hospital

घुम्न जाने हैन त कोन्ज्योसोम ?

पढ्न लाग्ने समयः 5 मिनेट
घुम्न जाने हैन त कोन्ज्योसोम ? : Jana Aawaj News

दक्षिण ललितपुरको रमणीय स्थान हो कोन्ज्योसोम । काठमाडौँबाट सहज र सजिलै करिब २५ किलोमिटरेको दुरीबाट पुग्न सकिने कोन्ज्योसोम गाउँपालिका काठमाडौँ उपत्यकाकै रममणीय र पर्यटकीय स्थल हो । मूलत तामाङ समुदायको बाहुल्यता रहेको यस कोन्ज्योसोम गाउँपालिकामा आउने पर्यटकलाई यहाँको मौलिक साँस्कृतिले मोहित बनाउँने गरेको छ । करुवाको पानी मयूरको प्वाँखले छम्किएपछि मात्रै खानेकुरा खानुपर्ने संस्कार छ । यो आफैँमा अनौठो चलन हो ।
यसरी यहाँ मानव जीवनका लागि अत्यावश्यक खाना र भगवान्प्रतिको उच्च सम्मान देखिन्छ । मनमोहक डाँडाकाँडामा बसेका तामाङ बस्तीले यहाँ आउने पाहुनालाई मनग्गे सत्कार र परिकार पस्कन्छन् । कोन्ज्योसोम प्रतिमा र तामाङ सङ्ग्रहालय पर्यटकका मुख्य आकर्षक छन् । करिब १० हजार जनसङ्ख्या रहेको कोन्ज्योसोम पाँच वटा वडामा प्रशासनिक जडाको रूपले कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले जानकारी दिनुभयो ।
कोन्ज्योसोम वास्तिविक पहिचान


भोट बर्मेली भाषा परिवारसँग सम्बन्धित तामाङ भाषा अन्तर्गत बौद्ध सभ्यताको पहिचान कोन्ज्योसोमको अन्तरङ्ग चिनारी हो । बौद्ध दर्शनमा बुद्ध रत्न, धर्म रत्न र सङ्घ रत्नलाई तीन रत्न वा मार्ग भनिन्छ । बौद्ध सभ्यतामा सङ्घको स्थान अत्यन्तै महìवपूर्ण हुन्छ । बुद्धत्व प्राप्तिका लागि धर्म रत्नको अनुसरण र अभ्यास गर्ने अनुयायीहरूको समूहलाई बौद्ध सङ्घ भनिन्छ । सामान्यतया यी तीन रत्नलाई शरण स्थानको केन्द्रबिन्दुमा स्वीकार गरी शरणगमन शील तथा पञ्चशील पालना गर्ने व्यक्तिहरूको समूह मात्र बौद्ध सङ्घमा समाहित हुन्छन् । बौद्ध सभ्यताको यसै नामबाट गाउँपालिकाले पहिचान पाएको छ । तामाङ भाषामा कोन्ज्यो भनेको रत्न र सोम भनेको तीन हो । कोन्ज्योसोमलाई त्रिरत्न पनि भन्न सकिन्छ । ७५.७८ प्रतिशत तामाङ समुदायको बसोबास रहेको कोन्ज्योसोममा संविधानको मर्म अनुसार पहिचानको नाम राखिएको छ ।
एक घर एक नर्स 

संविधानमा व्यवस्था गरे अनुसार आधारभूत माध्यमिक शिक्षा संविधानमा भएको स्थानीय तहको अधिकारको सूची नं. ८ को बन्दोबस्त गर्ने अधिकार स्थानीय तहको हो, धेरै स्थानीय सरकार यो विषयमा उदासीन छन् तर कोन्ज्योसोमले यो अधिकारलाई भरपुर उपयोग गर्न खोजेको छ । विगतमा १७ वटा सामुदायिक विद्यालयमा रहेको लथालिङ्ग परिपाटीलाई अन्त्य गर्दै पालिकाले शिक्षाको क्षेत्रमा लगेको कार्यक्रम पनि उल्लेखयोग्य छ । यसमध्ये छ वटा माध्यमिक विद्यालयलाई एकीकरण र भौतिक सुधार गर्दै तीन वटा स्कुलमा कक्षा १२ सम्म र प्राविधिक शिक्षालयतर्फ कक्षा १२ सम्मको कृषि तरकारी बाली विषय पठनपाठनको व्यवस्था छ तर राज्यले स्थानीय तहलाई आधारभूत शिक्षा सञ्चालन गर्ने पूर्ण स्वायत्तता अझै दिएको छैन । सबैभन्दा संवेदनशील कुरा त प्रत्येक स्कुलमा एक जना नर्सको व्यवस्थापन गरेर विद्यार्थीको दैनिक स्वास्थ्यलाई हेरविचार गरिएको छ ।
जनस्वास्थ्यमा अब्बल
संविधान अनुसार स्थानीय तह अधिकारको सूची (बुँदा–९) अन्तर्गत आधारभूत स्वास्थ्य र सरसफाइ स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्छ । यो अधिकारलाई उपयोग गर्दा नै जनस्वास्थ्यको व्यवस्था हुने हो । यस क्रममा कोन्ज्योसोम पालिकाले पाँचै वडामा हेल्थ पोस्ट र केन्द्र सरकारले निःशुल्क उपलब्ध गराएका ९८ प्रकारका औषधीमा थप १७ प्रकारका औषधी थपेर निःशुल्क वितरण गर्ने गरेको अध्यक्ष कृष्णमान लामा बताउनुहुन्छ । उहाँका अनुसार नेपाल सरकारको सहयोगमा शङ्खुमा १० शय्या क्षमताको अस्पताल निर्माणाधीन छ । स्वास्थ्य सरसफाइको क्षेत्रमा महिलाका लागि निशुःल्क सेनेटरी प्याड वितरण गर्ने गरिएको छ ।
धार्मिक पहिचान


कोन्ज्योसोम–५, भारदेउको गुप्तेश्वरी सामुदायिक वनस्थित फूलबारी डाँडामा कोन्ज्योसोम प्रतिमा छ । यो मन्दिर मात्र होइन, राजधानीनजिक रहेको गाउँपालिकालाई प्रकृतिले अनुपम उपहार दिएको छ । हराभरा जङ्गल, थरीथरीका वनस्पति, जीवजन्तु, जडीबुटी अनि सांस्कृतिक र धार्मिक पहिचानले भरिपूर्ण छ । गाउँपालिकाका निवर्तमान अध्यक्ष गोपिलाल सिंतानद्वारा कोन्ज्योसोम प्रतिमा स्थापना गरिएको स्थानीयवासी बताउँछन् । कोन्ज्योसोम प्रतिमा निर्माणको अवधारणा सिंतान आफैँले लिएका हुन् । कोन्ज्योसोम गाउँपालिका ललितपुरको अग्लो स्थानमा छ । स्वयम्भूमा रहेको बुद्धको मूर्ति ४६ फिटको छ भने कोन्ज्योसोममा रहेको तीन बुद्धको मूर्तिमध्ये बिचको मूर्ति ५६ फिटको छ । यसै गरी दायाँबायाँ ५२ फिटको बुद्धको मूर्तिको निर्माण गरिएको छ ।
यो गाउँपालिकामा रहेको नल्लु भन्ज्याङबाट उपत्यकाको दृश्य एकटकले अवलोकन गर्न सकिन्छ । ताप्लेजुङबाट प्रतिमा ल्याएर स्थापना गरिएको पाथीभरा मन्दिर यही भन्ज्याङमा छ । हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र रहेको यो मन्दिर दर्शन गर्नेको उत्तिकै भिड हुन्छ । काठमाडौँ उपत्यकाका अग्ला स्थान फूलचोकी, दलचोकी हुन् । नयाँ वर्ष, शनिबार र अन्य विशेष तिथिमा यहाँ पर्यटकको बाक्लो नै उपस्थिति हुन्छ । नयाँ वर्षमा पाथीभरा मन्दिर र मनकामना मन्दिरमा विशेष मेला लाग्छ । कोन्ज्योसोम विभिन्न धार्मिक स्थल कोन्ज्योसोम प्रतिमा र प्राचीनकालको गुप्तेश्वर मन्दिर, पाथीभरा मन्दिर, मनकामना मन्दिर, भ्यु टावर, सङ्खु कृष्ण प्रणामी मन्दिर, चौघरे गुम्बा र भारदेउको भालेश्वर मन्दिर हुन् ।

कोन्ज्योसोम प्रतिमा निर्माणस्थलदेखि दलचोकी भ्यु टावर हुँदै तीनपाने भञ्ज्याङसम्म साइकल लेन निर्माण गरी एकीकृत पर्यटकीय गन्तव्य बनाउन पर्यटन गुरुयोजना बनाई आवश्यक होटल, रेस्टुराँ, विश्रामस्थल, शान्तिपार्क र मनोरञ्जन पार्क निर्माण कार्य अगाडि बढेको छ ।
कोन्ज्योसोम आसपास
ललितपुर जिल्लाका छ स्थानीय तह एक महानगरपालिका (ललितपुर), दुई नगरपालिका (महालक्ष्मी र गोदावरी), तीन गाउँपालिका (महाकाल, बाग्मती र कोन्ज्योसोम) मध्येको कोन्ज्योसोम एउटा महìवपूर्ण गाउँपालिका हो । कुनै बेला ‘राजधानीको दुर्गम’ नामले चिनिने यो गाउँपालिकाले आफ्नै ऐतिहासिक तथा सांस्कृतिक पहिचान प्राप्त गरेको छ । साबिक नल्लु, भारदेउ, चौघरे, शङ्खु र दलचौकी गाविस मिलाएर कोन्ज्योसोम गाउँपालिका बनेको हो । यस गाउँपालिकामा बसोबास गर्ने मानिसको मुख्य पेसा कृषि हो । यो ठाउँ हरियाली अग्ला पहाडहरूले घेरिएकाले प्राकृतिक हिसाबमा सुन्दर र मनोरम दृश्यहरूको मज्जा लिन सकिन्छ ।
कृषिको संभावना
संविधानले स्थानीय तहको अधिकारको अनुसूची– ८ को बुँदा १५ मा कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन र बुँदा १८ मा कृषि प्रसारको व्यवस्थापन र नियन्त्रणको अधिकार दिएको छ तर कतिपय पालिका यी अधिकारसँग बेखबर जस्तै छन् तर कोन्ज्योसोमले यी अधिकारको प्रयोग गर्न खोजेको छ । कृषिको एउटा विधामा मात्र बहस केन्द्रित गर्ने हो भने मात्र पनि कोन्ज्योसोमले प्रगति पथतर्फ लम्किने लक्ष्य केन्द्रित गरेको छ ।
यतिखेर राजधानीमा करिब १८ हजार लिटर दुध आपूर्ति गर्न कोन्ज्योसोम सक्षम भइसकेको छ । भैँसीपालन परियोजना सम्पन्न भइसकेपछि यसको परिणाम एउटा सार्थक प्रयास अन्तर्गत हुने नै छ । भैँसी परियोजनालाई स्थायित्व दिनलाई पालिकाले अगाडि सारेको बिमा अनुदान एउटा नमुना हो । पालिकामा भैँसीको मूल्य डेढ लाख रुपियाँ निश्चित गरिएको छ । मूल्य निश्चित गरिएकाले यसमा आउने बिमामा खेलेर कमाउ धन्दालाई निषेध भएको छ । नेपाल सरकारबाट प्राप्त हुने अनुदानबाट ८० प्रतिशत, पालिकाबाट १० प्रतिशत र किसानले १० प्रतिशत प्रिमियम तिर्नु पर्छ ।

गाउँपालिकाभित्र रहेका अधिकांश पशुमा गरिएका पशु बिमाका कारण १४ करोड रुपियाँ बराबरको पशु पुँजी सुरक्षित भएको, उन्नत जातका गाई, भैँसी, बाख्रा, बोकापालनमा दिइएको अनुदान, भकारो सुधारमा दिइएको अनुदान सहयोगका कारण दुग्ध उत्पादनमा उल्लेख्य वृद्धि हुनुका साथै खसी, बोका उत्पादनमा वृद्धि भई कृषकको आर्थिक जीवनस्तरमा रूपान्तरण भई गरिबी निवारणमा भरथेग गरेको छ । चौघरे, शङ्खु र दलचौकी पशुपालनका लागि पकेट क्षेत्र निर्धारण गरिएको छ । यसरी कृषि विधाको एउटा क्षेत्र मात्र हैन, कृषि पकेट कार्यक्रम अन्तर्गत मकै, फलफूल, चिया, किवी आदिको छुट्टै पकेटको सफलतासँगै यहाँको जनजीविकामा एउटा परिणाम ल्याउने कुरामा विश्वास लिन सकिन्छ ।

शिक्षाको क्षेत्रमा कोन्ज्योसोमको यो कार्यक्रम बाँकी पालिकाले अनुसरण गर्नु पनि त्यत्तिकै लाभदायक हुने छ । २०७८ सालको शैक्षिक सत्रदेखि स्थानीय तामाङ भाषामा पठनपाठन सुरु गरी हाल कक्षा ३ सम्म सबै विद्यालयमा पढाइ भइरहेको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 “योगको नमुना जिल्ला” बन्दै भक्तपुर: तीनै तहका सरकारको साझेदारीमा स्वस्थ नागरिक, सबल समाज
2 चाँगुनारायण-२ मा नागरिकका प्रश्नमा वडा र प्रहरीको साझा प्रतिबद्धता
3 विनायकका तुलज प्रजापति राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपमा दोस्रो रनरअप, अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट
4 कक्षा ८ र एसईई दुवैमा शतप्रतिशत नतिजासहित जीपीए ४ हासिल गर्ने चाँगुनारायणको एकमात्र विद्यालय मित्रश्री पाठशाला सम्मानित
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x