
काठमाडौं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले निस्तार–चाडको अवसरमा १२,७८औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न गरेको छ।
आज बिरगञ्ज स्थित परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको आयोजना र नेपाल रेडक्रस सोसाईटी केन्द्रिय रक्तसञ्चार सेवा रेडक्रसको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा पुरुष र महिला गरी कुल २५० जनाको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा १९० प्रिन्ट रगत संकलन गरिएको मण्डलिले जानकारी गराएको छ ।

कार्यक्रममा बिरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले सारा संसारमा रगतको अभाव भैरहेको यो समयमा मण्डलीले गरेको उक्त कार्य प्रशंसनीय भएको बताउदै यश किसिमको कार्यक्रमलाई निरन्तरता दिदैं रगतको अभावलाई न्युनिकरण गर्न यस मण्डलीले महत्वोपुर्ण भुमिका निभाएको छ, यस कार्यबाट अरुहरुले समेत प्रेरणा लिनुपर्ने बताउनुभयो ।
मण्डलीका अनुसार नेपालका सातै वटा प्रदेशका रक्तदान लगाएतका विभिन्न स्वयंसेवाको कार्यक्रम गर्दै आएको छ। कार्यक्रममा परमेश्वरको मण्डलीका संयोजक रामशरण अधिकारीले परमेस्वरको मण्डलीले ख्रीष्टको बलिदान र प्रेम समाविष्ट नयाँ करार निस्तार–चाडको सम्झनामा विश्वका ठाउँ–ठाउँमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। मण्डलीले यो क्षेत्रको रगत अभावको समस्या न्यूनीकरण गर्नमा मद्दत मिल्ने छ ।
परमेश्वरको मण्डलीले उपत्यकाभित्र र देशैभर निरन्तर रूपमा रक्तादान कार्यक्रम गर्दै रक्त आपूर्ति स्थिरताको कामना गर्दैआएको छ । यति मात्र नभएर अन्य विविध तरिकाहरूद्वारा समाजमा आशा बाँड्ने कार्य पनि गरिरहेको छ । मण्डलीद्वारा, भावी पुस्ताको कर्णधार रहेका भक्तपुरको श्री आशापूरी प्राथमिक विद्यालयका विद्यार्थीहरूको उज्ज्वल भविष्यको निम्ति झोला, कपडा र शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेको छ । यस्तै काठमाडौँको मित्र पार्क, मेडिकल कलेज, ललितपुरको मुनलाइट उच्च माध्यमिक विद्यालय र लोक स्मृति माध्यमिक विद्यालय, अनि पोखराको पृथ्वी नारायण क्याम्पस परिसर लगायतका स्थानहरूमा सरसफाई गर्दै स्थानीय वातावरण संरक्षणमा मण्डलीले प्रयत्न गर्दैआएको छ ।
सन् २०१५मा गएको महाभूकम्पको समयमा मण्डलीबाट ७१० वटा क्षेत्रका १५,००० जनाभन्दा बढी सदस्यहरूले मर्मत–सम्भार कार्य तथा पीडितहरूका लागि राहत कार्यहरू गरेका छन् । मण्डलीद्वारा पीडितहरूका लागि आपत्कालीन राहत सामग्री र अनुदान पनि प्रदान गरिएको थियो । यसबाहेक मण्डलीले यातायातको सुविधा नभएको हिमाली गाउँ सेर्तुङ र तिप्लिङका १,००० घरधुरीलाई हेलिकप्टरबाट १४ पटक ओहोरदोहोर गर्दै खाद्यान्न वितरण समेत गरेको छ । भूकम्पले गर्दा भत्किएको सिन्धुपाल्चोकको श्री प्राथमिक विद्यालय र काभ्रेको श्री भवानी माध्यमिक विद्यालय पुनर्निर्माण जस्ता विभिन्न सहयोगद्वारा मण्डलीले मानिसहरूमाझ उपहारस्वरूप आशा प्रदान गरेको छ ।
परमेश्वरको मण्डलीचाहिँ विश्वका १७५ वटा देशहरूमा स्थापना भएको र सदस्यहरूको कुल संख्या ३५ लाख भएको एक विश्वव्यापी मण्डली हो । छिमेकीलाई सहयोग, आपत्कालीन राहत कार्य, वातावरण संरक्षण, रक्तदान कार्यक्रम, शैक्षिक सहयोग, कोभिड–१९ का कारण जोखिममा परेकालाई सहयोग गर्ने कार्यसहित २७,००० पटकभन्दा बढी स्वयंसेवा गतिविधिहरूको नेतृत्व लिँदै यो मण्डलीले ख्रीष्टको प्रेमलाई विश्वका विभिन्न ठाउँहरूमा कार्यान्वयन गरेको छ ।
ती कार्यहरूको परिणामस्वरूप मण्डलीले अमेरिकी राष्ट्रपति बाइडेन, ट्रम्प र ओबामाबाट राष्ट्रपतीय स्वयंसेवा अवार्ड सर्वोत्कृष्ट सङ्गठन अवार्ड, ५३ वटा स्वर्ण अवार्डहरू, गणतन्त्र कोरियाका तीन सरकारहरूबाट राष्ट्रपतीय अवार्ड, ब्राजिलको विधायिकी पदक, अनि अन्तर्राष्ट्रिय वातावरण अवार्ड रहेको ग्रीन वल्र्ड अवार्ड र ग्रीन एप्पल अवार्ड गरी लगभग ४२,०० वटाभन्दा बढी अवार्डहरू प्राप्त गरेको छ । मण्डलीले नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिबाट प्रशंसा–पत्र, भक्तपुरका शाखा प्रबन्धकबाट प्रशंसा–पत्र र नेपाल रेडक्रस सोसाइटीका प्रबन्धकबाट प्रशंसा–पत्र प्राप्त गरेको मण्डलीले जानकारी गराएको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related
















Total views : 347467












