वागीश्वरी कलेजमा अभिमुखीकरण कार्यक्रम सम्पन | Jana Aawaj News

ताजा


वागीश्वरी कलेजमा अभिमुखीकरण कार्यक्रम सम्पन

पढ्न लाग्ने समयः < 1 मिनेट
वागीश्वरी कलेजमा अभिमुखीकरण कार्यक्रम सम्पन : Jana Aawaj News
तस्बिर : वगीश्वरी कलेज

भक्तपुर । वागीश्वरी मावि र वागीश्वरी कलेजको आयोजनामा वागीश्वरी माध्यमिक विद्यालय कक्षा १२ मानविकी सङ्कायमा अध्ययनरत विद्यार्थीहरु माझ उच्च शिक्षा अध्ययनबारे अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

तस्बिर : वागीश्वरी कलेज

अभिमुखीकरण कार्यक्रममा वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले कक्षा १२ मा अध्ययरत विद्यार्थीहरुलाई मा.वि अध्ययन पश्चात् थप उच्च शिक्षा अध्ययनमा अन्यौल नहोस् भन्ने उद्देश्यले आयोजित यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई मार्ग निर्देश गर्ने बताउनुभयो ।

कार्यक्रमका सभापति वागीश्वरी कलेज मानविकी सङ्कायका इन्चार्ज राजन फेलुले वागीश्वरी कलेजले स्नातक तहमा बीए, बीबीएसजस्ता कार्यक्रमको पढाइ भइरहेकोबारे चर्चा गर्दै वागीश्वरी कलेजद्वारा शैक्षिक वर्ष २०७९/८० मा ३० लाखभन्दा बढी छात्रवृत्ति प्रदान गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा बीए चौथो वर्षमा अध्ययनरत छात्र गौरव लामिछानेले ग्रामीण विकास, छात्रा कृपा प्रजापतिले सामाजिक कार्य र सोना थुयाले ऐच्छिक अङ्ग्रेजी अध्ययनको महवबारे चर्चा गर्दै कलेजले गरेका गतिविधिहरुबारे बताउनुभयो ।
साथै बीए तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी तेन्जिङ डोल्मा तामाङले पत्रकारिता विषयको महत्व, बीए दोस्रो वर्षमा अध्ययनरत छात्रा विमला मानन्धरले समाजमा भएका समस्या र तीनको समाधानबारे थाहा पाउन समाजशास्त्र अध्ययनको आवश्यकताबारे बताउनुभयो ।

कार्यक्रममा कक्षा १२ का ७० जना भन्दाबढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

 

+ posts

 

 

ताजा
1 महिलाहरुको लागि प्रजनन् स्वास्थ्य, मनोपोज तथा मनोपरामर्श सम्बन्धि अभिमुखी कार्यक्रम सम्पन्न
2 राेपाईंकाे सुरूवातसँगै २१३ औं  भानु जयन्तीकाे पूर्वसन्ध्यामा ३५ जना स्रष्टाहरूले गरे शव्दराेपाई
3 परमेश्वरको मण्डलीद्वारा ललितपुरको श्री देवी आधारभूत विद्यालयमा जुत्ता तथा खेलकुद पोशाक हस्तान्तरण
4 परमेश्वरको मण्डलीद्वारा हेटौंडाको बस्तीपुरमा वृहत रुपमा वृक्षारोपण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न