टोखा पुराना कपडाको पुनः प्रयोग गर्न सकिने गरी कपडा बैंकको शुभारम्भ | Jana Aawaj News

ताजा


टोखा पुराना कपडाको पुनः प्रयोग गर्न सकिने गरी कपडा बैंकको शुभारम्भ

पढ्न लाग्ने समयः < 1 मिनेट
टोखा पुराना कपडाको पुनः प्रयोग गर्न सकिने गरी कपडा बैंकको शुभारम्भ : Jana Aawaj News

काठमाडौँ । टोखा नगरपालिकामा कपडा बैंकको शुभारम्भ गरिएको छ । शुक्रबार बिहान एक औपचारिक कार्यक्रम गरी टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र कलाकार राजेश हमालले संयुक्त रुपमा कपडा बैंकको शुभारम्भ गर्नुभएको हो ।

क्लोथ एन्ड फुड बैंक नामक गैरसरकारी संस्थाको आव्हान र टोखा नगरपालिकको विषेश आर्थिक सहयोगमा पुरानो कपडा पुनः प्रयोग गर्ने उद्देश्यले कपडा बैंक सञ्चालन गरिएको हो ।
‘आवश्यक पर्ने हामी सबैका लागी भन्ने’ सन्देश प्रवाहका साथ कार्यक्रम सुभारम्भ गरिएको टोखा नगरपालिकाले जनाएको छ । टोखाको सोभिनियर बोडिङ स्कुल अगाडी राखिएको बाकसमा पुनः प्रयोग गर्न सकिने कपडा, जुत्ता तथा झोलाहरु संकलन कार्यको शुक्रबार नै प्रमुख प्रकाश अधिकारीले सुभारम्भ गर्नुभयो ।

कार्यक्रमा टोखा प्रमुख प्रशासयिक अधिकृत शेरबहादुर बिसीले काठमाडौं उपत्यकामा नै टोखा नगरपालिकाले पहिलोपटक प्रयोग नभएका कपडलाई रिसाइक्लीन गरेर आवश्यक परेको स्थानमा वितरण गर्ने पवित्र कार्यको शुभारम्भ गरिएको बताउनुभयो । उहाँले प्रयोग नभएका कपडाहरुलाई रिसाइक्लीन गरेर आवश्यक परेको ठाउँमा वितरण गर्ने अवसर जुटाइदिएकोमा क्लोथ एण्ड फुड बैंकका अध्यक्ष कमल जिसीप्रति लगायतलाई विशेष धन्यवाद प्रदान गर्नुभयो ।

कार्यक्रममा उपप्रमुख मुरारी तामाङ, कलाकार राजेश हमालले सम्बोधन गर्नुभएको थियोे । वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगरसभा सदस्यहरु र कर्मचारीहरुको बाक्लो सहभागिता व्यापक सहभागिता रहेको थियो ।

 

+ posts

 

 

ताजा
1 महिलाहरुको लागि प्रजनन् स्वास्थ्य, मनोपोज तथा मनोपरामर्श सम्बन्धि अभिमुखी कार्यक्रम सम्पन्न
2 राेपाईंकाे सुरूवातसँगै २१३ औं  भानु जयन्तीकाे पूर्वसन्ध्यामा ३५ जना स्रष्टाहरूले गरे शव्दराेपाई
3 परमेश्वरको मण्डलीद्वारा ललितपुरको श्री देवी आधारभूत विद्यालयमा जुत्ता तथा खेलकुद पोशाक हस्तान्तरण
4 परमेश्वरको मण्डलीद्वारा हेटौंडाको बस्तीपुरमा वृहत रुपमा वृक्षारोपण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न