नेपाल निजामती कर्मचारी संगठनको स्थापना दिवस | Jana Aawaj News

नेपाल निजामती कर्मचारी संगठनको स्थापना दिवस

विद्यार्थीलाई भर्ना र पोशाक वितरण

पढ्न लाग्ने समयः < 1 मिनेट
नेपाल निजामती कर्मचारी संगठनको स्थापना दिवस : Jana Aawaj News

काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठन शिक्षा विभागीय कार्य समितिले भक्तपुरको लोकन्थली स्थित् सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरुलाई भर्ना, पोशाक वितरण र नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान गरेको छ । नेपाल निजामती कर्मचारी संगठनको स्थापना दिवसको अवसरमा शनिबार शिक्षा विभागीय कार्य समितिले विद्यार्थीहरुलाई भर्ना, पोशाक वितरण र शुभकामना आदानप्रदान गरेको हो ।

नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अध्यक्ष कोइरालाले निजामती कर्मचारीको सबै भन्दा जेठो र ठूलो संगठनको रुपमा निजामती कर्मचारी संगठन स्थापित भएको भन्दै संगठनले कर्मचारीको हकहितका साथै विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको बताउनुभयो ।

उहाँले संगठन स्थापना दिवसको अवसरमा देशैभर विभिन्न कार्यक्रम गरी मनाइएको भन्दै शिक्षा विभागिय कार्य समितिले भर्ना अभियान सञ्चालन भइरहेको सन्दर्भमा संगठनले अभिभावकत्व ग्रहण गरेका विद्यार्थीलाई भर्ना र पोशाक वितरण गरेर पवित्र कार्य गरेको उल्लेख गर्नुभयो ।
संगठनले यस अघि पनि उक्त विद्यालयको विद्यार्थीहरुलाई विभिन्न समयमा स्टेशनरी सामाग्री झोला पोशाक लगायतका समाग्री प्रदान गर्दै आएको शिक्षा विभागिय कार्य समितिका अध्यक्ष शिवराज पोखरेलले बताउनुभयो । उहाँले कार्यक्रममा सहभागि सबैलाई धन्यवाद ज्ञापनसमेत गर्नुभयो ।

 

 

+ posts

 

 

ताजा
1 शिक्षकहरुलाई निरन्तर मूल्यांकन प्रणालीसम्बन्धी एकदिने तालिम
2 सुर्यविनायक वडा ९ लाई “बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा” सम्पन्न
3 आज राष्ट्रिय कला संग्रहालयको ६६ औँ स्थापना दिवस
4 थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न