अन्तरविद्यालय जिल्लाव्यापी चित्रकला प्रतियोगितामा सिद्धार्थ विद्यापीठकी आरोही बल्लले हासिल गरिन् दोस्रो स्थान | Jana Aawaj News

ताजा


Bhaktapur Hospital

अन्तरविद्यालय जिल्लाव्यापी चित्रकला प्रतियोगितामा सिद्धार्थ विद्यापीठकी आरोही बल्लले हासिल गरिन् दोस्रो स्थान

पढ्न लाग्ने समयः < 1 मिनेट
अन्तरविद्यालय जिल्लाव्यापी चित्रकला प्रतियोगितामा सिद्धार्थ विद्यापीठकी आरोही बल्लले हासिल गरिन् दोस्रो स्थान : Jana Aawaj News
Oplus_16908288

भक्तपुर। रोटरी क्लब अफ भक्तपुरद्वारा आयोजित अन्तरविद्यालय जिल्लाव्यापी चित्रकला प्रतियोगिता २०८३ मा सिद्धार्थ विद्यापीठ विद्यालयकी छात्रा आरोही बल्लाले दोस्रो स्थान हासिल गरेकी छन्।
विद्यालयमा कक्षा ९ मा अध्ययनरत आरोहीले प्रतियोगितामा उत्कृष्ट कला प्रस्तुत गर्दै दोस्रो स्थान हासिल गर्न सफल भएकी हुन्। उनको यस सफलताले विद्यालयको गौरव बढाउनुका साथै विद्यार्थीहरूमा सिर्जनात्मकता, कलाप्रतिको रुचि र प्रतिभा प्रस्फुटनका लागि प्रेरणा प्रदान गरेको विद्यालयले जनाएको छ।
त्यसैगरी, विद्यालयमा कक्षा ५ मा अध्ययनरत छात्रा सुनीता न्यौपानेले पनि प्रतियोगितामा उत्साहपूर्वक सहभागिता जनाउँदै विद्यालयको प्रतिनिधित्व गरेकी थिइन्। उनको सहभागितालाई विद्यालयले प्रशंसनीय र प्रेरणादायी उपलब्धिका रूपमा लिएको छ।
विद्यालयले दुवै विद्यार्थीको प्रतिभा, मेहनत र उत्साहको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्ट सिर्जना गर्न सफलताको शुभकामना व्यक्त गरेको छ।
विद्यालयले विद्यार्थीहरूको कला, सिर्जनशीलता र प्रतिभा विकासमा निरन्तर प्रोत्साहन गर्दै आएको छ।
सिद्धार्थ विद्यापीठ विद्यालयले आफ्ना दुवै प्रतिभाशाली विद्यार्थीप्रति गर्व व्यक्त गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गरेको छ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 अन्तरविद्यालय जिल्लाव्यापी चित्रकला प्रतियोगितामा सिद्धार्थ विद्यापीठकी आरोही बल्लले हासिल गरिन् दोस्रो स्थान
2 भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा गर्ने
3 रोटरीको पुस्तक प्रदर्शनीमा भसासको गजल वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न
4 बङ्गालको खाडीमा चक्रवात ‘अरनब’को प्रभाव: नेपालका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x