सूर्यविनायकको तर्खगालस्थित  गाई फर्ममा आगलागी हुँदा २१ लाख ९० हजारको क्षति | Jana Aawaj News

सूर्यविनायकको तर्खगालस्थित  गाई फर्ममा आगलागी हुँदा २१ लाख ९० हजारको क्षति

पढ्न लाग्ने समयः < 1 मिनेट
सूर्यविनायकको तर्खगालस्थित  गाई फर्ममा आगलागी हुँदा २१ लाख ९० हजारको क्षति : Jana Aawaj News

भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका वडा १ तर्खगालमा ओम साई गाई फर्ममा विहान ११: ३० बजे विजुली सर्ट भइ सल्किएको आगो फैलिँदा २१ लाख ९० हजार बराबरको क्षति भएको छ ।

उक्त आगलागी हुँदा १७ गाई र १ भैंसी सहित फर्म जलेर नष्ट भएको हो । स्थानीय ओम साई गाई फर्ममा विहान ११स:३० बजे विजुली सर्ट भइ सल्किएको आगो फैलिँदा २१ लाख ९० हजार बराबरको क्षति भएको फर्म सञ्चालक ईश्वर न्यौपानेले जानकारी दिनुभयो ।

‘गाईं भैसीलाई दाना पानी हालेर खाना खाने तयारी गर्दा अचानक गाईं फर्ममा आगो लागेको हो ‘गोठमा आगो सल्किएको थाहा पाउनासाथ निमाउने प्रयास गरिएता पनि निभाउन नसकिएको हो  । फर्ममा गाईं भैंसीका लागि सुख्खा ओछ्याउने सोत्तरमा समेत एक्कासि आगो सल्किएका कारण तत्कालै आगो निभाउन नसकिएको बताईएको छ ।

आगलागि भएको ठाउँमा स्थानीय प्रहरी, जुद्ध बारुण यन्त्र भक्तपुरको टोली तथा स्थानीयको सहयोगमा आगलागी भएको करिब २ घण्टा पछि १ : १५ बजे आगो नियन्त्रणमा लिइएको हो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न