
भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरुवीच दुई दिने सञ्चालक क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
तालिमको औपचारिक कार्यक्रममा प्रमुख अतिथि एवं संस्थाका पूर्व अध्यक्ष रत्न प्रसाद प्रजापतिले देशैभर सहकारीहरुमा संकट आइरहँदा भक्तपुर बचतले आफ्नो स्थापनाकालदेखि नै इमान्दारिता, पारदर्शिता र लगनशीलतालाई कार्यान्वयन गर्न सकेकै कारण सदस्यहरुले विश्वास गरेको बताउनुभयो । उहाँले भक्तपुर बचतले ठूलो कारोबार गरेसँगै विभिन्न किसिमका चुनौतीहरुलाई सामना गर्दै अघि बढेको बताउनुभयो ।
प्रशिक्षक एवं नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक श्यामकृष्ण दाहालले संस्थालाई सक्षम र अब्बल बनाउन विभिन्न तालिमहरुको आवश्यकता रहेको बताउनुभयो । उहाँले अन्य सहकारीहरुले नाफालाई मात्र ध्यान दिएका कारण नीति र विधिको कार्यान्वयनमा समस्या आएको औंल्याउनुभयो ।

सभापति एवं संस्थाका अध्यक्ष निर्मल प्रजापतिले यस तालिमबाट संस्थाको बचत संकलन, ऋण प्रवाह र व्यवस्थापनमा परिवर्तन आउने बताउनुभयो । उहाँले संस्थागत रुपमा संस्थाको विकास गर्न बाटो निर्माण गर्न यो तालिम भएको स्पष्ट पार्नुभयो । साथै दुई दशकदेखि नै संस्थाले नीति बनाएर अघि बढेको स्मरण गर्दै हालसम्म त्यही नीति तथा कार्यविधिबाटै संस्था सञ्चालन भएको औंल्याउनुभयो ।
कार्यक्रममा संस्थाका सचिव जगनाथ प्रजापतिलेगायतले संस्थाको विकास र संस्थालाई राम्रो सँग संचालन गर्नका लागि यस किसिमका कार्यक्रमहरु उपयोगी हुने बताउनुभएकोे थियो ।
कार्यक्रमको दोस्रो चरणमा प्रशिक्षक दाहालले ‘सहकारीमा सम्पत्ति शुद्धीकरण : निवारणको आवश्यकता र प्रभावकारिता’ विषयमा प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षक प्रेम वाग्लेले सहकारी सिद्धान्त र असल अभ्यास र कार्ययोजना, बजेट निर्माण तथा समीक्षा विषयमा, सिए विदुर लुइटेलले एनएफआरएसको परिचय, आवश्यकता र औचित्य तथा प्रभावकारिता विषयमा र दुर्गा प्रसाद ढकालले आन्तरिक नियन्त्रण÷जोखिम व्यवस्थापन÷ऋण व्यवस्थापन विषयमा शनिवार प्रशिक्षण दिइएको थियो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related













Total views : 357267












