आस्था महिला विद्यालयमा आयोजित स्वास्थ्य शिविरबाट २२५ जना लाभान्वित | Jana Aawaj News

आस्था महिला विद्यालयमा आयोजित स्वास्थ्य शिविरबाट २२५ जना लाभान्वित

पढ्न लाग्ने समयः < 1 मिनेट
आस्था महिला विद्यालयमा आयोजित स्वास्थ्य शिविरबाट २२५ जना लाभान्वित : Jana Aawaj News

काठमाडौं । भक्तपुरको गठ्ठाघरस्थित आस्था महिला विद्यालयमा आयोजना भएको स्वास्थ्य शिविरमा २२५ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

शुक्रबार आस्था महिला विद्यालय, नागरिक सामुदायिक अस्पताल, लायन्स क्लब अफ भक्तपुर नागरिक र लायन्स क्लब अफ भक्तपुर निलकण्ठेश्वरको आयोजनामा भएको उक्त शिविरबाट ३८ जना लाभान्वित भएका विद्यालयकी प्रधानाध्यापक बिना देउजाले जानकारी दिनुभयो ।

शिविरमा पाठेघरको मुखको क्यान्सरको चेकजाँच, रोकथाम तथा स्त्रीरोग सम्बन्धी सम्पूर्ण परामर्श तथा उपचार सेवा निःशुल्क प्रदान गरिएको देउजाले जानकारी दिनुभयो । त्यस्तै, शिविरमा निःशुल्क आँखा जाँच र सुगर परीक्षणसमेत गरिएको उहाँले बताउनुभयो ।

शिविरमा उपचार गरिएका बिरामीहरुलाई निःशुल्क औषधि वितरण गरिएको प्रधानाध्यापक देउजाले बताउनुभयो । ईसीजी, ईको, यूएसजी, एक्सरे लगायतका सेवामा भने २० प्रतिशत छुट दिइएको उहाँले बताउनुभयो ।

शिविरमा वृहत् रक्तदान कार्यक्रम पनि आयोजना गरिएको देउजाले जानकारी दिनुभयो।

+ posts

 

 

ताजा
1 सिरुटारको वडा कार्यालय भवन निर्माण गर्न एक करोडको जग्गा दान, तीन करोड ४० लाखमा बन्दै कलात्मक सुविधा सम्पन्न भवन
2 दधिकोटमा अन्तर समूह फुटसल प्रतियोगिता हुने
3 विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
4 “जनताको प्रश्न, जनप्रतिनिधिको जवाफः सूर्यविनायकलाई उज्यालो र विकसित वडाको रुपमा विकास गर्दै अगाडि बढेको छौं 
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न