परमेश्वरको मण्डलीद्धारा थाहा नगरपालिकामा सरसफाई सम्पन्न (फोटो फिचर) | Jana Aawaj News

ताजा


Bhaktapur Hospital

परमेश्वरको मण्डलीद्धारा थाहा नगरपालिकामा सरसफाई सम्पन्न (फोटो फिचर)

पढ्न लाग्ने समयः 5 मिनेट
परमेश्वरको मण्डलीद्धारा थाहा नगरपालिकामा सरसफाई सम्पन्न (फोटो फिचर) : Jana Aawaj News

जन आवाज संवाददाता
मकवानपुर । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आज मकवानपुर जिल्लाको थाहा नगरपालिकामा ८,२८३ औं विश्वव्यापी सरसफाइ अभियान सम्पन्न गरेको छ ।

कार्यक्रममा थाहा नगरपालिकामा मेयर विष्णु बहादुर विष्टले परमेश्वरको मण्डलीले यस नगरपालिकामा सरसफाइ कार्यक्रमको आयोजना गरेकोमा खुशी व्यक्त गर्दै जुनसुकै धर्ममा आस्था राख्ने भएता पनि सफाई हामी सबैलाई अत्यावश्यक कुरा भएकोले हामीहरु सबै मिलेर यो कार्य सम्भव हुने बताउनुभयो । आगामी दिनहरुमा समेत मण्डलीसँग सहकार्य गर्दै कार्यक्रम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । साथै नगरपालिकाको तर्फबाट सधै साथ सहयोग रहने जानकारी गराउनुभयो ।


कार्यक्रममा थाहा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझि र इलाका प्रहरी इन्चार्ज निरक्षिक श्याम थापाको उपस्थिति रहेको थियो । उक्त सरसफाई अभियानमा मण्डलीका १ सय जना सदस्यहरु लगाएतको उपस्थिति रहेको थियो भने, ४० बोरा फोहोर संकलन गरिएको थियो ।


मण्डलीको स्थापनाको ६०औं वार्षिकोत्सवको उपलक्ष्यमा परमेश्वरको मण्डलीले यो वर्ष ‘विश्वव्यापी आशा च्यालेन्ज’ सक्रियतापूर्वक सञ्चालन गरिरहेको छ । ‘सङ्कटमा परेको विश्वव्यापी गाउँमा आशा बाँडौं’ भन्ने लक्ष्यका साथ मण्डलीले अन्तर्राष्ट्रिय दिगो विकास लक्ष्य(SDGs)सँगै पाइला चाल्दै जलवायु परिवर्तन प्रतिक्रिया, गरिबी तथा भोकमरी उन्मूलन, शैक्षिक सहयोग, स्वास्थ्य तथा स्वच्छता प्रवर्धन दिगो तथा सुरक्षित समाज निर्माण शान्ति, समावेशीकरण र एकता लगायतका ६ वटा विधाहरूमा सहकारिता गरेको छ ।


यो सक्रिय रूपले अगि बढ्दै जुलाई महिनामा काठमाडौंको नागर्जुनस्थित छगडोल सामुदायिक वनमा ५०० वटा वृक्ष, अनि कोशी प्रदेश दमकको रतुवा खोला क्षेत्रमा ५५० वटा वृक्ष रोप्दै ‘आशाको वन’ क्याम्पेन सम्पन्न गरेको छ । जून महिनामा काठमाडौंको बूढानीलकण्ठको भङ्गाल धोबी खोला क्षेत्र र भक्तपुरको सूर्यविनायक पिकनिक स्पट क्षेत्र, गण्डकी प्रदेशको नवलपुर बर्दा घाटमा ‘प्लास्टिक फुटप्रिन्ट हटाउने’ क्याम्पेन गरेको छ । ‘प्लास्टिक फुटप्रिन्ट’ भन्नाले मानव-जातिले प्रयोग गरेर बिसर्जन गर्ने प्लास्टिकको मात्रा हो । योचाहिँ समुद्र र नदी-नालामा बग्ने प्लास्टिकजन्य फोहोरलाई सङ्कलन र वर्र्गीकरण गरेर प्लास्टिकको प्रयोगलाई न्यूनीकरण गर्दै कार्बन डाइअक्साइडको उत्सर्जनलाई घटाउने, र वातावरण संरक्षणप्रति जनचेतना र सहभागिता बढाउने गतिविधि हो ।


यसअघि अगस्ट महिनामा चाहिँ कर्णाली प्रदेशको विरेन्द्रनगरमा ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम विश्वव्यापी रक्तदान कार्यक्रम’ आयोजना गरिएको थियो । यो सहित, यो वर्ष मात्र पनि देशभरि २० पटकसम्म बृहत रक्तदान कार्यक्रम गरिएको थियो, जसले गर्दा रक्त आपूर्तिमा स्थिरता ल्याउन र जीवनको महत्व बुझाउन मद्दत मिल्यो । यसबाहेक पनि मण्डलीले माध्यमिक तथा उच्च माध्यमिक विद्यालयहरूलाई शिक्षा प्रयोजन कम्प्युटरहरू सहयोग गर्नुका साथै वृद्धाश्रमहरूको सान्त्वनादायक भ्रमण गरेर छिमेक र समाजमा आशा बाँडेको छ । सन् २०१५ मा शक्तिशाली महाभूकम्प जाँदा ७१० वटा क्षेत्रहरूमा उद्धार तथा मर्मत सम्भार कार्य गरिनुका साथै हिमालको उच्च पहाडी भेगका गाउँहरूमा भएका १,००० घरपरिवारहरूको सहयोगार्थ १४ पटकसम्म हेलिकप्टरद्वारा खाद्यान्न ढुवानी गरिएको थियो । साथै शिक्षा मन्त्रालयसँग MOU हस्ताक्षर गरेर सिन्धुपाल्चोकको श्री आधारभूत विद्यालय, अनि काभ्रेको श्री भवानी आधारभूत विद्यालय पुर्ननिर्माण कार्य पनि गरिएको थियो ।


बागमती प्रदेश सभासद, बागमती प्रदेश समाज विकास मन्त्री, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूबाट मण्डलीले प्रशंसा-पत्र र कद-पत्र इत्यादि प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय स्तरमा भने, दक्षिण कोरियाका ३ जना सरकारबाट क्रमशः राष्ट्रपति अवार्ड, अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरुभेली राष्ट्रिय सभा पदक, ब्राजिल विधायिकी पदक लगायत प्रत्येक देशका सरकार र संघ-संस्थाबाट ४,७०० पटकभन्दा बढी अवार्डहरू प्राप्त गरेको छ । परमेश्वरको मण्डलीचाहिँ विश्वका १७५ वटा देशहरूमा ७,८०० भन्दा बढी स्थानीय क्षेत्रहरूमा स्थापित एक विश्वव्यापी मण्डली हो, जसमा आबद्ध ३७ लाखभन्दा बढी सन्तहरूले आ-आफ्नो क्षेत्रबाट परमेश्वरको प्रेम बाँडिरहेका छन् । वातावरण संरक्षण, रक्तदान, विपत्ति राहत, शैक्षिक सहयोग लगायतका हरेक क्षेत्रहरूमा २८,००० पटकभन्दा बढी स्वयंसेवा गरिदै आएको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 “योगको नमुना जिल्ला” बन्दै भक्तपुर: तीनै तहका सरकारको साझेदारीमा स्वस्थ नागरिक, सबल समाज
2 चाँगुनारायण-२ मा नागरिकका प्रश्नमा वडा र प्रहरीको साझा प्रतिबद्धता
3 विनायकका तुलज प्रजापति राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपमा दोस्रो रनरअप, अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट
4 कक्षा ८ र एसईई दुवैमा शतप्रतिशत नतिजासहित जीपीए ४ हासिल गर्ने चाँगुनारायणको एकमात्र विद्यालय मित्रश्री पाठशाला सम्मानित
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x