कालीमाटी बजारमा तरकारीको भाउ बढ्यो | Jana Aawaj News

कालीमाटी बजारमा तरकारीको भाउ बढ्यो

पढ्न लाग्ने समयः < 1 मिनेट
कालीमाटी बजारमा तरकारीको भाउ बढ्यो : Jana Aawaj News

भक्तपुर । बुधबार कालीमाटी फलफूल तथा तरकारी बजारमा तने बोडीको भाउ २७ प्रतिशत बढेको छ । अघिल्लो दिन औसत ८५ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको तने बोडी आज औसत १०८ रुपैयाँ पुगेको छ, भने अधिकतम मूल्य प्रतिकिलो १२० रुपैयाँ छ ।
घिउ सिमी, कन्य च्याउ केही महँगिएको छ । स्कुस, रायो साग, तोरीको साग केही घटेको छ । तिते करेला, लौका, परवर, चिचिण्डो, पाकेको फर्र्सी, हरियो फर्र्सी लगाएत अधिकांश तरकारीको भाउ स्थिर छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार नेपाली ठूलो गोलभेँडा प्रतिकिलो अधिकतम ६० रुपैयाँ छ । प्याज प्रतिकिलो १३० रुपैयाँमा कारोबार भएको छ । कालीमाटीमा रातो आलु प्रतिकिलो ७२, स्थानीय गाजर ११०, बन्दा ६०, स्थानीय काउली १२०, लाम्चो भन्टा ४०, डल्लो भन्टा ५० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

घिउ सिमी १००, टाटे सिमी ८०, तिते करेला प्रतिकिलो ८० रुपैयाँ छ । लौका ६०, परवर ६०, चिचिण्डो ४०, घिरौंला ७० रुपैयाँमा कारोबार भएको छ । डल्ले च्याउ ४८०, कुरिलो ४५०, कन्य च्याउ २०० तथा ब्रोकाउली १८० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बताएको छ ।
बुधबार कालीमाटी बजारमा तरकारी भाउदर ः

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 अन्तर्राष्ट्रिय वीलभयूद्वारा काठमाडौंमा ‘९३४औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
2 लिडरसिप कन्फ्रेन्स २०२६ सम्पन्नः ‘बिल्ट ओर ब्रोकन’ पुस्तक विमोचन
3 वी लभ यू फाउन्डेसनद्धारा नेपालगन्जमा ९२१ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
4 भक्तपुरमा ज्येष्ठ नागरिक सेवा समाजको भव्य उद्घाटन, ६ लाख ५० हजार संकलन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न