भूतपूर्व सैनिक सङ्घ भक्तपुरको अध्यक्षमा दाहाल निर्विरोध | Jana Aawaj News

Bhaktapur Hospital

भूतपूर्व सैनिक सङ्घ भक्तपुरको अध्यक्षमा दाहाल निर्विरोध

पढ्न लाग्ने समयः < 1 मिनेट
भूतपूर्व सैनिक सङ्घ भक्तपुरको अध्यक्षमा दाहाल निर्विरोध : Jana Aawaj News
भक्तपुर । नेपाल भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा सुदर्शन दाहाल निर्विरोध निर्वाचित हुनुभएको छ । भक्तपुरमा आयोजित नेपाल भूतपूर्व सैनिक सङ्घ भक्तपुरको प्रथम अधिवेशनबाट अध्यक्षमा दाहाल सहित १७ जना कार्यसमिति तथा प्रदेश महाधिवेशन प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित हुनुभएको हो ।

अध्यक्षमा दाहाल निर्वाचित हुँदा उपाध्यक्षमा नवराज श्रेष्ठ, उपाध्यक्षमा रवीन्द्र खड्का,सचिवमा सुरज खड्का, सह सचिवमा पवन बस्नेत, कोषाध्यक्षमा यज्ञ राज भट्ट, सदस्यहरूमा मनोज बुढाथोकी, पूर्ण बहादुर भुट्ट, लक्ष्मण थापा, मखन सिंह लामा, दिने खड्का, विनोद साख, तीर्थमान लामा, विजेश कार्की, रामेश्वर साख, श्याम सुन्दर श्रेष्ठ र सोनाम लामा निर्वाचित हुनुभएको हो ।

यस्तै बागमती प्रदेश महाधिवेशन प्रतिनिधिमा मखनसिंह लामा, लक्ष्मण थापा, नवराज श्रेष्ठ, दिनेश खड्का, माधव वन र राजकुमार बाटा निर्विरोध निर्वाचित हुनुभएको थियो । यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा भने गोकर्ण पुरी, तीर्थमान तामाङ, पवन खत्री, लक्ष्मण भुट्ट श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको थियो ।

अधिवेशनको उद्घाटन नेपाली काँग्रेसका भक्तपुर जिल्ला सभापति एवं प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले गर्नुभएको थियो । कार्यक्रम उद्घाटन गर्दै उहाँले सैनिक कहिले पनि पूर्व नहुने बताउँदै तपाईँहरूले जहिले पनि देश र जनताको लागि काम गर्न तयार भएर बस्नुपर्ने बताउनुभएको थियो । उहाँले सैनिकको काम भनेको इमानदारिता हो जसरी सङ्गठनमा रहँदा इमानदार रहनुभयो अहिले पनि तपाईँहरूको बानीमा परिवर्तन भएको छैन अव देश बनाउने जिम्मा लिँदै हामी हातमा हात मिलाउँदै अगाडी बढ्नुपर्ने उहाँले बताउनुभएको थियो ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, बागमती प्रदेश सभाका पूर्व भौतिक पूर्वाधार मन्त्री कृष्ण लाल भँडेल, लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।

—

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 अत्तरियादेखि धनगढीसम्मको सडकमा ‘इन्टरनेसनल वी लभ यू फाउन्डेसन’को बृहत् सरसफाइ अभियान
2 नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदै
3 योगमार्फत स्वस्थ र समृद्ध प्रदेशको खाका: १३ जिल्लालाई योगमय बनाउन प्रदेश सरकार प्रतिबद्ध, डोलेश्वरमा मुख्यमन्त्रीको प्रतिबद्धता
4 दिगो र प्रविधियुक्त खानेपानीका लागि ‘ब्लुप्रिन्ट’ ढाँचामा चाँगुनारायण नगरपालिकामा दुई दिने समीक्षा कार्यशाला सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x