
जन आवाज न्युज/उदयपुर । विश्वव्यापी कल्याणकारी सङ्गठन, अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनले सोमबार उदयपुर जिल्लाको त्रियुगा नगरपालिका गाइघाटमा ७०० औँ विश्वव्यापी रक्तदान कार्यक्रम अभियान सम्पन्न गरेको छ।


उक्त कार्यक्रममा भू.पू. भौतिक पूर्वाधार मन्त्री तथा नेपाली कांग्रेसका संसदीय दलका उपनेता साथै उदयपुर जिल्लाका सभापति हिमाल कार्कीकोले ठुलो संख्यामा रक्तदाताको उपस्थिती देख्दा अत्यन्तै उत्साहित हुँदै संस्थाप्रती लगातार प्रशम्सा गर्नुभयो । “यस कार्यक्रममा उपस्थित हुन पाउँदा अत्यन्तै खुशी लाग्यो ।” रक्तदान गर्नु जिवनदान गर्नु हो। जुन यहाँहरुले गरिरहनु भएको छ। साच्चै तपाईंहरुले रगत दिएर जीवन मात्र नभएर रक्तदान गर्दा केही समस्या हुँदैन, रगत दिँदा झन स्वास्थ्य भईन्छ भनेर जनचेतना पनि फैलाउने गतिलो अभियान पनि उद्घघोष गर्नु भएको छ। सकारात्मक सोचको सन्देश प्रवाह गर्ने यती ठुलो संख्यामा सहभागीहरू देख्दा धेरै अचम्मित भएँ । हाम्रो समाजमा सकारात्मक भावना विकास गर्ने संस्थाको उद्देश्य असाध्यै उचित लाग्यो यो संस्थासँग आउँदा दिनहरुमा सहकार्य गर्नेछौं भन्दै प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो।


अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा आयोजना गरेको रक्तदान कार्यक्रम अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसन कोशी प्रदेशका संयोजक हेमन्त श्रेष्ठको सभा-अध्यक्षतामा भएको थियो। उहाँले मृत्युको मुखमा पुगेका मानवजातिलाई जीवन दिन वीलभयू फाउन्डेसनले यो कार्यक्रम विश्वव्यापीरुपले आयोजना गरेको हो भन्नुहुँदै वीलभयू फाउन्डेसन सामूहिक रक्तदानद्वारा जीवनको मूल्यको कदर गर्ने सङ्गठन पनि हो र यस संस्थाकी अध्यक्ष “जाङ गिल जा” ज्यू हुनुहुन्छ भन्दै जानकारी दिनुभएको थियो।
वीलभयूका एक जना अधिकारीले भने, “रक्त अभावले गर्दा जोखिममा परेको जीवन बचाउने सबैभन्दा सुरक्षित तरिका भनेको नै
रक्तदान हो। जीवनको कदर गर्दै जीवन बचाउने कार्यमा सदस्यहरू एउटै चित्तका भएका छन्। यसले खाँचोमा परेका छिमेकीहरूलाई सहयोग पुऱ्याउनेछ भन्ने आशा गर्दछौं ।”

रक्तदान कार्यक्रममा गाइघाट, लहान अनि कटारी लगायत कोशी प्रदेशका विभिन्न ठाउँबाट आएका वीलभयूका सदस्यहरू, उनीहरूका परिवारहरू र छिमेकीहरू गरी करीब २५० जनाजति सहभागी भएका थिए भने नेपाल रेडक्रस सोसाइटीले सामूहिक रक्तदानप्रति आभार व्यक्त गर्दै स्वास्थ्य जनशक्ति तथा उपकरणहरू मिलाएको थियो।
सोमबार बिहान १२ बजेदेखि सुरु भएको कार्यक्रम अपरान्ह ०२:३५ बजे समापन भएको थियो। सहभागीहरू क्रमबद्ध रूपमा जोशका साथ स्वास्थ्य जाँच र रक्तदानमा सहभागी भएका थिए।

कार्यक्रममार्फत ७४ जनाले सफलतापूर्वक रक्तदान गरेका हुन।वीलभयूले यसअघि काठमाडौंको बूढानीलकण्ठ, नेपालगन्ज, चाँगुनारायण, ललितपुर र जितपुरसिमरामा रक्तदान अभियान गरेको थियो ।







यस संस्थाले रक्तदान गर्नुका साथै विभिन्न मानवीय सेवाका गतिविधिहरू पनि गर्दैआएको छ । सन् २०१५ मा भारी वर्षाका कारण इटहरीस्थित ट्याङ्ग्रा खोलाको मुख्य पुल भत्किएपछि ९ मिटर लामो र ५ मिटर चौडाइको पक्की पुल निर्माण गरेर स्थानीय बासिन्दाहरूलाई आफ्नो दैनिक जीवनमा छिट्टै फर्कन मद्दत पुऱ्याउने कार्य पनि वीलभयूले गरेको थियो । त्यसपछि इटहरीको श्री सेतो गुँरास नमूना बालबाटिका आधारभूत विद्यालय र स्थानीय सरकारको अनुरोधमा विद्यालयको खेल मैदानको लागि जग्गा खरीद रकम पनि सहयोग गरेको थियो ।
यसको अतिरिक्त वीलभयूले देशभरि विभिन्न तरिकाले मानवताको अभ्यास गर्दैआएको छ । बागमती प्रदेशको मध्यपुर-ठिमीस्थित श्री सरस्वती विद्यालयमा साइनबोर्ड जडान, घेराबार मर्मत, पंखा सहयोग, गण्डकी प्रदेशस्थित गोरखाको श्री चित्रेपोखरी माध्यमिक विद्यालयका सबै विद्यार्थीहरूलाई शैक्षिक प्रयोजनका लागि टिभी, स्कुल झोला र कपडा सहयोग जस्ता विभिन्न सहयोगहरू गरेर वीलभयूले भावी पुस्ताका लागि शैक्षिक वातावरण सुधार गर्ने कार्यमा पनि प्रयत्न गरेको छ । सन् २०१५ को महाभूकम्प पीडितका निम्ति राहत कार्य, लुम्बिनीमा भारी वर्षाबाट क्षतिग्रस्त घर नयाँ गरी निर्माण गर्न सहयोग र कोभिड-१९ महामारीलाई जित्न क्वारेन्टिन सामग्री वितरण इत्यादि राष्ट्रिय विपद्का बेलामा पनि सक्रियतापूर्वक सरिक हुँदैआएको छ । यसले वातावरण कल्याण गतिविधि रहेको ‘क्लिक वर्ल्ड अभियान’ र वृक्षारोपण गरेर हरितगृह ग्याँस न्यूनीकरण गर्ने ‘आमाको उद्यान(Mom’s Garden)’ परियोजनामार्फत छिमेकीहरूलाई बस्नको लागि दिगो ठाउँ प्रदान गर्दैआएको छ ।
अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनचाहिँ संयुक्त राष्ट्रसंघको विश्वव्यापी सञ्चार विभाग (UNDGC) सँग सहकार्य गर्ने गैरसरकारी संस्था हो । ७९ वटा देशका १,५५,००० जना सदस्यहरूले ‘आमाको प्रेम सारा संसारमा’ भन्ने नाराअन्तर्गत वातावरण संरक्षण, आपत्कालीन राहत, पानी तथा सरसफाइ, गरिबी तथा भोकमरी उन्मूलन, स्वास्थ्य कल्याण, समाज कल्याण र शैक्षिक सहयोग जस्ता विभिन्न गतिविधिहरू ४,५०० पटकभन्दा बढी सञ्चालन गरिसकेका छन् । यसको सम्मानस्वरूप, वीलभयूले कोरियाली सम्मान पदक, अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड स्वर्ण, इक्वेडोरको राष्ट्रिय सभा पदक र कम्बोडियाको राजकीय पदक जस्ता थुप्रै अवार्डहरू विश्वभरिबाट प्राप्त गरेको छ । नेपालमा पनि वीलभयूले नेपाल पर्यटन बोर्डबाट प्रशंसा-पत्र, इटहरीका मेयरबाट प्रशंसा-पत्र, कीर्तिपुरका मेयरबाट प्रशंसा-पत्र र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिबाट कदर-पत्र समेत प्राप्त गरेको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related



















Total views : 351867










