
जन आवज न्युज/भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० जोरपाटीस्थित विमल मेमोरियल विद्यापीठ विद्यालयको १९ औं पुरस्कार वितरण तथा अभिभावक दिवस सुर्यविनायक नगरपालिका उपप्रमुख सरिता तिमिल्सिना भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
एसईई र बिएलई परीक्षामा हालसम्म शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयको छवि बनाएको उक्त विद्यालयको सो कार्यक्रमको उद्घाटन सूर्यविनायक नगरपालिकाकी उपनगरप्रमुख सरिता तिम्सिना भट्टराईले फूलको बोटसहितको गमलामा पानी दिएर गर्नुभएको थियो । सो क्रममा उहाँले चित्तपोलस्थित उक्त विद्यालयको सफलताको कामना गर्दै सूर्यविनायकलाई चिनाउने काममा विद्यालय लागिरहेकोमा खुसी व्यक्त गर्नुभयो। कार्यक्रममा

कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा न. १० का वडा अध्यक्ष शिवराम राउतले विमल मेमोरियल स्कुलले चित्तपोलको शैक्षिकस्तर उकास्नका लागि सहयोग गरेकोमा धन्यवाद दिँदै विद्यालयका लागि वडा कार्यालयबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले विद्यार्थीको भविष्य निर्माणका लागि अभिभावकहरुको भूमिका सबैभन्दा महत्वपूर्ण हुने भएकाले अभिभावक सचेत र सजग हुनुपर्ने बताउनुभयो । उहाँले अभिभावकले सकारात्मक भूमिका निर्वाह गरेको अवस्थामा मात्र विद्यार्थीको सर्वाङ्गीण विकास हुने चर्चा गर्नुभयो ।
नेशनल प्याब्सनका केन्द्रीय सहकोषाध्यक्ष विक्रम धुकुछु, नेशनल प्याब्सन भक्तपुरका बरिष्ठ उपाध्यक्ष शिवकृष्ण कवां, कोषाध्यक्ष विक्रम थापा, एसईई ब्याच २०८० का विद्यार्थी करूणा कार्कीलगायतले शुभकामना मन्तव्य दिएको सो कार्यक्रममा विद्यालयको प्रगति एवं भावी योजना बारे विद्यालयका प्रिन्सिपल कुमार थापामगरले चर्चा गर्नुभएको थियो भने, सञ्चालक समितिका अध्यक्ष कमल कार्कीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विद्यार्थीहरुले गायन, नृत्यलगायतका विविध प्रतिभा प्रस्तुत गरेका थिए ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related




















Total views : 351574










