प्रधानमन्त्रीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण | Jana Aawaj News

प्रधानमन्त्रीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण

पढ्न लाग्ने समयः < 1 मिनेट
प्रधानमन्त्रीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण : Jana Aawaj News

जन आवज न्युज/काठमाडौँ ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी व्यवसायसँग सम्बन्धित सङ्घ-संस्थाका नेतृत्वले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्थाप्रति ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासङ्घका अध्यक्ष किसान सुनार, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रसाइली र नेपाल रत्न तथा आभुषण सङ्घका अध्यक्ष सुमनमान ताम्राकारसहितको टोलीले उक्त करको व्यवस्था लागु गर्दा आफूहरुको व्यवसाय धरासयी हुने भएकाले पुनः विचार गर्न माग गरेको हो । ती संस्थाहरुले कर र भन्सारका दर छिमेकी भारतको भन्दा बढी हुँदा नेपाली व्यवसायले प्रतिस्पर्धा गर्न नसक्ने भएकाले उक्त व्यवस्था कायम रहेमा आफूहरु आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका थिए ।

प्रधानमन्त्री ओलीले संवादबाट समस्याको समाधान खोज्न आफूले सम्बन्धित मन्त्रालयसँग बुझ्ने र मिल्नेसम्मका माग पूरा गर्न लागिपर्ने विश्वास दिलाउँदै आन्दोलनको बाटोमा नलाग्न आग्रह गर्नुभयो

+ posts

 

 

ताजा
1 तिर्खा मेटाउनको लागि नि:शुल्क पिउने पानी वितरण अभियान
2 चाँगुनारायणलाई देशकै पहिलो ‘योग नगर’ घोषणा : स्मारिका विमोचनसँगै सामूहिक साधना
3 कोशी प्रदेशकाे  नीति तथा कार्यक्रम आज 
4 तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न