जन आवाज न्युज/भक्तपुर असार, १४ गते । यसवर्षको एसईईमा भक्तपुरका ३० विद्यार्थीले चार जीपीए ल्याउन सफल भएका छन् ।
परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार नौ सय ७१ जनाले चार जीपीए ल्याएकोमा भक्तपुरका ३० जना रहेका छन् । यसैगरी काठमाडौंका ४१०, ललितपुरका १००, रुपन्देहीका ८७, कास्कीका ६५, चितवनका ३७, धनुषाका २०, मोरङका १८ र कैलालीका ७ जनाले चार जीपीए ल्याएका हुन ।

यस्तै सुर्यविनायक नगरपालिकाको दधिकोटस्थित मोर्डन बोर्डिङ सेकेण्डरी स्कुलकि सुधी त्रिपाठीले ४ जीपीए हासिल गरेको र सबै विध्यार्थीहरु शत प्रतिशत उत्तीर्ण भएको स्कुलका प्रध्यानाध्यापक राजन कस्पालले जानकारी दिनुभयो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news

Related

Total views : 351533