
जन आवाज न्युज/इलाम असार, १६ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज इलाम मण्डलीले ८,७९५ औं विश्वव्यापी वातावरण सरसफाई अभियान सम्पन्न गरेको छ ।
विश्वव्यापी आशा च्यालेन्जको रूपमा जलवायु परिवर्तनको प्रतिरोधको लागि विश्व वातावरण दिवस र महासागर दिवसको उपलक्ष्यमा प्लास्टिक फुटप्रिन्ट मेटाउने अभियान अन्तर्गत आज इलामको चोकबजार, सुन्तलाबारी हुँदै टुँडिखेलसम्मको करिब २ कि.मि. सडक सरसफाई सम्पन्न गरेको हो । प्लास्टिक फुटप्रिन्ट भन्नाले मानव जातिले प्रयोग गर्ने र विसर्जन गर्ने प्लास्टिकको कुल मात्रालाई जनाउँछ ।
परमेश्वरको मण्डलीले मेदेखि जून महिनामा पर्ने वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय दिवसहरूको उपलक्ष्यमा अन्तर्राष्ट्रिय समुदायले लिएको दिगो वातावरण संरक्षण कार्यमा सहभागी भएर वातावरणीय चेतना र अभ्यासलाई कार्यान्वयन गर्न तथा स्थानीय समुदायको निम्ति गतिविधिहरू सञ्चालन गरेर वर्तमान पुस्ता र भावी पुस्ताको निम्ति स्थानीय समुदायमा जनचेतना तथा योगदान पुर्याउन यो कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा इलाम जिल्ला नेपाली कांग्रेसका निवर्तमान सभापति हिमालय कर्मचार्यले वातावरण प्रदुषणका कारण सारा विश्वले वातावरणीय संकटहरू भोगिरहेका छन्, त्यसमा इलाम पनि एक हो तथा समयमा वातावरण संरक्षणका गतिविधिहरू धेरै हुनु अत्यन्तै महत्त्वपूर्ण छ । यसमा यहाँहरूको यो कदम प्रशंसनीय छ । आज यस कार्यक्रममा मलाई आमन्त्रण गर्नुभएकोमा धन्यवाद भन्नुहुँदै आगामी समयहरूमा यस्ता कृयाकलापहरूमा आफ्नो साथ रहने कुरा जानकारी गराउनुभयो ।
त्यस्तै इलाम नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष नरेश श्रेष्ठले वास्तवमा यो स्थानिय सरकारको कर्तव्य हो तर यहाँ हरु आफै जुट्नु भएर मनैदेखि गर्छु भन्ने धारणा द्वारा यहाँ उपस्थित हुनुभएको छ, म यहाँहरू प्रति एकदमै आभारी छु भन्नुहुँदै आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो । साथै यस प्रकारको कार्यक्रमलाई वडा/नगरको तर्फबाट पुर्ण रुपमा साथ सहयोग रहने कुरामा प्रतिबद्धता व्यक्त गर्नुभयो ।
साथै अन्य विभिन्न क्षेत्रहरूमा विशेष योगदान पुर्याउनु भएका व्यक्तित्वहरू तथा स्थानीय बासिन्दाहरू पनि कार्यक्रममा सहभागी हुनुभयो, उहाँहरुले मण्डलीका स्वयंसेवक सदस्यहरू साथै विश्वविद्यालयका विद्यार्थी स्वयंसेवकहरूकोप्रति सकारात्मक प्रतिक्रिया दिनुभयो ।
आजको सरसफाइ कार्यक्रम परमेश्वरको मण्डली विश्व सुसमाचार समाज इलामको तर्फबाट देवेन्द्र हुमागाईंको संयोजकत्वमा सम्पन्न भएको थियो ।
परमेश्वरको मण्डलीचाहिँ विश्वको १७५ वटा राष्ट्रका ७,८०० भन्दा बढी क्षेत्रहरूमा स्थापना भएको विश्वव्यापी मण्डली हो । पञ्जीकृत सदस्य संख्या ३७ लाख भन्दा बढि रहेको परमेश्वरको मण्डलीका सन्तहरूले परमेश्वरको शिक्षाअनुसार छिमेकीलाई प्रेम गर्दै मण्डलीले विपत्ति राहत कार्य, जलवायु परिवर्तन प्रतिरोध गतिविधि, रक्तदान कार्यक्रम जस्ता विभिन्न सामाजिक योगदानका गतिविधिहरू ३०,००० पटकभन्दा बढि सञ्चालन गरिसकेको छ ।
यस्तो योगदानको कदरस्वरूप मण्डलीले संयुक्त राज्य अमेरिकाका तीन सरकारहरूबाट राष्ट्रपति स्वयंसेवा अवार्ड, गणतन्त्र कोरियाका तीन सरकारहरूबाट राष्ट्रपति अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, ब्राजिलको विधायिकी पदक, पेरुको राष्ट्रिय सभा पदक आदि ५,००० भन्दा बढी अवार्डहरू प्राप्त गरेको छ । यस्ता अनवरत मानव कल्याणका गतिविधिका लागि नेपालमा पनि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, बुढानीलकण्ठ नगरपालिका, नेपाल रेडक्रस सोसाइटी जस्ता विभिन्न निकायहरूले प्रशंसा-पत्र, कदर-पत्र जस्ता पुरस्कारहरू प्रदान गरी मण्डलीको कार्यमा समर्थन जनाएको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news