बाँकेका अकुव अहमदको परिवारलाई पाँच लाख रुपैया क्षतिपुर्ति दिने सरकारको निर्णय | Jana Aawaj News

ताजा


Bhaktapur Hospital

बाँकेका अकुव अहमदको परिवारलाई पाँच लाख रुपैया क्षतिपुर्ति दिने सरकारको निर्णय

पढ्न लाग्ने समयः 2 मिनेट
बाँकेका अकुव अहमदको परिवारलाई पाँच लाख रुपैया क्षतिपुर्ति दिने सरकारको निर्णय : Jana Aawaj News

जन आवाज न्युज/काठमाडौँ, १६ असार । सरकारले बाँके जिल्ला डुडुवा गाउँपालिका बस्ने अकुव अहमदको परिवारलाई पाँच लाख रुपियाँ क्षतिपूर्ति वापत आर्थिक सहायता उपलब्ध गराउने भएकोछ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका पृथ्वीसुब्बा गुरुङले आज पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराउनुभएको हो । उहाँले मन्त्रीपरिषद्को असार १३ गते बसेको निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री परिषद्का अन्य १५ वटा निर्णय पनि सार्वजनिक गर्नुभयो । जस मध्ये, सार्वजनिक खरिद निर्णयको सक्षिप्त व्यहोरा समितिको अध्यक्षमा पूर्वसचिव रघुराम विष्ट र सदस्यहरुमा पूर्वसहसचिवहरु रोहित कुमार विसुराल तथा थानेश्वर गौतमलाई नियुक्त गर्ने, विदेशी विनिमय (नियमित तथा व्यवस्थित गर्ने) विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने, सम्पत्ति व्यवस्थापन विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने सरकारको निर्णय छ ।

त्यस्तै, आगामी असार ३० गतेदेखि साउन १ गतेसम्म भियतनामको हनोईमा सञ्चालन हुने हाई लेवल इन्टरेजिनल एक्नलेज एक्सचेन्ज अन वन कन्ट्री वन प्राइरोटि प्रडक्ट(ओसिओपी) मोडेल्स् कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने, खानेपानी र सरसफाई क्षेत्रको महत्वपूर्ण प्रगतिलाई दिगो प्रभावमा रूपान्तरण गर्न प्राइम मिनिस्टीरियल कमिट्मेन्ट : अ नेस्नल ट्रान्सफमेसन इन एन्ड थ्रु, वाटर, सेनिटेशन एन्ड हाइजिन विषयक प्रतिबद्धतामा नेपालको तर्फबाट हस्ताक्षर गर्न स्वीकृति दिने, सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको शुरु कारबाही र किनारा गर्न सर्वोच्च अदालतका उपसचिव कृतिबहादुर बस्नेत अध्यक्ष र बसन्तराज पुरी, धनकुटा तथा गोविन्द शर्मा गैहे, तनहुँ सदस्य रहेको कर्जा असुली न्यायाधिकरण गठन गर्ने, कर्जा असुली न्यायाधिकरणको आ.व. २०८१/८२ का लागि आवश्यक अधिकृतस्तरका तीन पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने मन्त्री गुरुङले जानकारी दिनुभयो ।

साथै, नेपाली सेनाका एकजना सहायक रथीलाई उपरथी दर्जामा बढुवा गर्ने, फ्रान्सको पेरिसमा आयोजना हुने ४७ औँ सेसन अफ द वल्र्ड हेरिटेज कमिसनमा सहभागी हुन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई स्वीकृति प्रदान गर्ने, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको रिक्त कार्यकारी निर्देशक पदमा राम शरण पुडासैनी, काठमाडौँलाई नियुक्त गर्ने, प्रत्येक वर्ष असोज १५ गतेका दिनलाई राष्ट्रिय चलचित्र दिवसको रूपमा मनाउने, नेपाल र भारत सरकारबिच हस्ताक्षर हुने कोअपरेशन इन द फिल्ड अफ हेल्थ एन्ड मेडिसियन विषयक समझदारीपत्र स्वीकृत गर्ने पनि सरकारको निर्णय छ ।

नेपाल र भारतबिच हस्ताक्षर हुने आयुर्वेद र परम्परागत चिकित्सा प्रणालीको क्षेत्रमा सहकार्य विषयक समझदारीपत्र स्वीकृत गर्ने, राष्ट्रिय पर्यटन नीति, २०८२ स्वीकृत गर्ने, खानेपानी मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरूको वैदेशिक भ्रमण स्वीकृत गर्ने सरकारका निर्णयहरु रहेका छन् ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 “योगको नमुना जिल्ला” बन्दै भक्तपुर: तीनै तहका सरकारको साझेदारीमा स्वस्थ नागरिक, सबल समाज
2 चाँगुनारायण-२ मा नागरिकका प्रश्नमा वडा र प्रहरीको साझा प्रतिबद्धता
3 विनायकका तुलज प्रजापति राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपमा दोस्रो रनरअप, अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट
4 कक्षा ८ र एसईई दुवैमा शतप्रतिशत नतिजासहित जीपीए ४ हासिल गर्ने चाँगुनारायणको एकमात्र विद्यालय मित्रश्री पाठशाला सम्मानित
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x