
जन आवाज न्युज/भक्तपुर । अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनले “स्वस्थ शरीरका लागि स्वच्छ बानी” र “आमाको प्रेम सारा संसारमा” भन्ने मूल नाराअन्तर्गत शुक्रबार भक्तपुरको मध्यपुर थिमी नगरपालिका, वडा नं १ स्थित मनोहरामा रहेको श्री सरस्वती आधारभूत विद्यालयमा स्वच्छता प्रशिक्षण तथा स्वच्छता सामग्री सहयोग कार्यक्रम सम्पन्न गरेको छ ।
मध्यपुर थिमी नगरपालिका वडा नं १ का वडा अध्यक्ष बाबुकाजी डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वीलभयू फाउन्डेसन नेपालका अध्यक्ष किशोर साम्सोहाङ, विद्यालयकी प्रधानाध्यापिका इन्दिरा महत र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज विशुङ्के लगायत व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा वीलभयू फाउन्डेसनका युवा सदस्यहरूले सुरुमा विद्यार्थीहरूको कक्षा कोठामा प्यानल प्रस्तुतिद्वारा हात धुने र स्वच्छता कायम राख्ने विषयमा विस्तृत वर्णन गरिदिने कार्य गरेका थिए । दोस्रोमा विद्यार्थी र शिक्षिकाहरूलार्ई साबुन, नङ काट्ने उपकरण र हाते रूमाल समाहित स्वच्छता सामग्री किट वितरण गरिएको थियो भने तेस्रोमा अतिथिहरू, शिक्षिकाहरू र विद्यार्थीहरूद्वारा सही तरिकाले हात धुने तरिकाको प्रयोगात्मक अभ्यास गरिएको थियो । साथै फाउन्डेसनले शौचालय परिसरको हात धुने स्थानमा लिक्विड ह्याण्ड वास डिस्पेन्सर (Liquid Hand Wash Dispenser) उपकरण पनि जडान गरिदिएको थियो ।

वीलभयू फाउन्डेसन नेपालका अध्यक्ष किशोर साम्सोहाङले हात एउटा एकदमै संवेदनशील अंग भएको र अधिकांश रोगहरू हातमा भएको किटाणुहरूद्वारा सर्ने भएकोले हातलार्ई सधैँ स्वच्छ र सफा राख्नुपर्ने कुरामा बताउनुभयो । वडा अध्यक्ष बाबुकाजी डंगोलले आफ्नो वडामा रहेको आधारभूत विद्यालयमा यस किसिमको कार्यक्रम आयोजना गरेकोमा हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो ।
विद्यालयकी प्रधानाध्यापिका इन्दिरा महतले आजको कार्यक्रमद्वारा विद्यार्थीहरूले खाना खानअघि, शौचालय प्रयोग गरिसकेपछि र कुन-कुन समयमा कसरी हात धुनुपर्छ भन्ने कुरा विस्तृत रूपमा सिक्न पाएका छन् भन्ने कुरामा कृतज्ञता व्यक्त गर्नुभयो साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज विशुङ्केले विद्यार्थीहरूले आज सिकेका विषयवस्तुहरूद्वारा उनीहरू आफू पनि स्वस्थ रहनेछन् र यी कुराहरू आफ्नो घर-परिवारमा साझेदारी गर्नेछन् भन्ने कुरा बताउनुभयो । उक्त कार्यक्रममा मध्यपुर थिमी नगरपालिका वडा नं १ र विद्यालयको तर्फबाट वीलभयू फाउन्डेसन नेपाललार्ई यस किसिमको जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेबापत् प्रशंसा-पत्र पनि प्रदान गरिएको थियो । उक्त कार्यक्रममा २० जना शिक्षक-शिक्षिकाहरू र करीब २०० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
वीलभयू फाउन्डेसनले यही जुलार्ई ३ तारिखमा काठमाडौंको चन्द्रागिरीमा अवस्थित महालक्ष्मी आधारभूत विद्यालयमा पनि यही किसिमको कार्यक्रम सम्पन्न गरेको थियो भने यसअघि ललितपुरको महालक्ष्मी नगरपालिकामा अवस्थित श्री गम्भीर समुन्द्र सेतु उच्च माध्यमिक विद्यालयमा पानी शुद्धीकरण उपकरण हस्तान्तरण गरेको थियो । यसका साथै काठमाडौको चन्द्रागिरी नगरपालिकामा अवस्थित महादेवथानको पार्कमा ‘आमाको उद्यान (Mom’s Garden)’ वातावरण संरक्षण प्रोजेक्टअन्तर्गत २५० वटा रूखका विरूवाहरू रोप्ने कार्य पनि सम्पन्न गरेको थियो । यसैगरी यही वर्ष देशभरि भएको रक्त अभावलार्ई परिपू्र्ति गर्न सातै प्रदेशमा रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको छ ।

वीलभयू फाउन्डेसनचाहिँ यूएनडिजिसीसँग सहकार्य गर्ने एक गैरसरकारी संस्था हो, र यसका ७९ वटा देशका १,५५,००० जना सदस्यहरूले ‘आमाको प्रेम सारा संसारमा’ भन्ने नाराअन्तर्गत विश्वभरि मानवीय गतिविधिहरू गर्दैआएका छन् । वीलभयूले वातावरण संरक्षण, आपत्कालीन राहत, खानेपानी तथा सरसफाइ, गरिबी तथा भोक उन्मूलन, स्वास्थ्य तथा कल्याण, सामुदायिक कल्याण, शैक्षिक सहयोग जस्ता विविध गतिविधिहरू करीब ४,५०० पटक आयोजना गरिसकेको छ । सो कार्यको सम्मानस्वरूप, वीलभयूले कोरियाली सम्मान पदक, अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड स्वर्ण, इक्वेडोरको राष्ट्रिय सभा पदक र कम्बोडियाको राजकीय पदक जस्ता थुप्रै अवार्डहरू विश्वभरिबाट प्राप्त गरेको छ ।

नेपालमा पनि २०७२ सालको भूकम्पका बेला भूकम्प पीडितहरूका लागि राहत कार्य, रूपन्देहीमा भारी वर्षाबाट प्रभावित परिवारका लागि नयाँ घर निर्माण, कोभिड-१९ महामारीको सामना गर्न क्वारेन्टाइन सामग्रीहरू अनुदानमा पनि सक्रिय रूपमा सहभागी भए वीलभयूले नेपाल पर्यटन बोर्डबाट प्रशंसा-पत्र, इटहरी उपमहानगरपालिकाबाट प्रशंसा-पत्र, कीर्तिपुर नगरपालिकाबाट कदर-पत्र, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिबाट सम्मान-पत्र जस्ता विभिन्न अवार्डहरू प्राप्त गरेको छ ।

भविष्यका कर्णधारहरूलाई समर्थन गर्ने कार्यमा पनि सरिक हुँदै वीलभयूले यसै वर्ष भक्तपुरको मध्यपुर थिमी वडा नं. १मा अवस्थित श्री सरस्वती आधाभूत विद्यालयमा साइनबोर्ड जडान गरेर घेराबार मर्मत गरिदिनुका साथै पंखाहरू पनि सहयोग गरेको छ । त्यसै गरी वीलभयूले कोशी प्रदेशको ईटहरीस्थित श्री सेतो गुराँस बालवाटिका प्राथमिक विद्यालयमा खेल मैदान निर्माणका लागि जग्गा खरिद रकम सहयोग गरी शैक्षिक वातावरण सुधार गर्नमा पनि योगदान पुऱ्याएको छ ।

यसको अतिरिक्त वीलभयूले पहाड, समुद्र, खोलानाला, सहरको सडक र पार्क जस्ता ठाउँहरूलाई सफा गरी सजाउने वातावरणीय कल्याण गतिविधि ‘क्लिन वर्ल्ड अभियान’का साथै विश्वव्यापी तापक्रम वृद्धिको मुख्य कारक, हरितगृह ग्याँसलाई न्यूनीकरण गर्न वृक्षारोपण गर्ने ‘आमाको उद्यान(Mom’s Garden)’ प्रोजेक्ट पनि आयोजना गरेको छ । सोही प्रोजेक्टअनुरूप वीलभयूले बागमती कागेश्वरी मनोहराको शहीद पार्कमा ४४० वटा वृक्षहरू रोप्नुका साथै वरिपरिको वातावरण सरसफाइ गरेर छिमेकीहरूलाई दिगो जीवनको आधार उपहारस्वरूप प्रदान गरेको छ ।










-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related




















Total views : 351503










