ईडेनको आयोजनामा सम्पन्न ईप्सन वादविवादमा यूनिटी र क्वालिटी विजयी  | Jana Aawaj News

ईडेनको आयोजनामा सम्पन्न ईप्सन वादविवादमा यूनिटी र क्वालिटी विजयी 

पढ्न लाग्ने समयः < 1 मिनेट
ईडेनको आयोजनामा सम्पन्न ईप्सन वादविवादमा यूनिटी र क्वालिटी विजयी  : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । एडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेशन नेपाल (ईप्सन भक्तपुर) को कार्यक्रम वादविवाद प्रतियोगिता सुर्यविनायक वडा नम्बर ३ बालकोट भक्तपुरमा रहेको ईडेन गार्डेन ईङ्ग्लिस स्कुलको आयोजनामा बिहीवार सम्पन्न भएको छ।

छात्रहरुका लागि ‘शिक्षाको उदेश्य प्राप्ताकं होइन, व्यवहारिक ज्ञान हुनुपर्दछ’ तथा छात्राहरुका लागि ‘विद्यार्थीलाई संजाय होइन, प्रोत्साहन आवश्यक छ’ भन्ने बिषयमा सदस्य विद्यालयका कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरुलाई सहभागी गराइएको वादविवाद प्रतियोगितामा छात्रातर्फ यूनिटी स्कुलकी दीपशिखा भट्ट र छात्रतर्फ क्वालिटी स्कुलको अभिषेक दुलाल क्रमश विजेता भएका थिए ।

प्रतियोगितामा छात्र र छात्रा दुवै तर्फ सेन्ट जोन्स ईङ्ग्लिस स्कुलका सम्राट नेपालले र ईटुसा लिम्बूले दोश्रो स्थान हात पार्न सफल भएका थिए । छात्र तर्फ हिमाल एकेडेमीका प्रज्वल वाग्ले तृतिय र सुर्योदय सेकेण्डरी स्कुलका रियान बनमालाले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।

त्यसैगरी, छात्रा तर्फ सुर्योदय सेकेण्डरी स्कुलकी प्रशंसा गोलेले तृतिय र विमल मेमोरियल बिद्यापिठकी प्रविधी खड्काले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।

साहित्यकार तथा नेपाली छन्द साहित्यमा सबैभन्दा ठूलो महाकाव्य रचनाकर्ता चन्द्र प्रसाद न्यौपाने र साहित्यकार तथा कवि जीवनाथ अधिकारीद्वयले निर्णायकको भुमिका निभाएका थिए। कार्यक्रममा संस्थाका अध्यक्ष जी.वी. खड्का एवं आयोजक विद्यालयका सह प्रधानाध्यापक अनिश राईले विजयी छात्र तथा छात्रालाई पुरस्कृत गरेका थिए।

कार्यक्रममा अध्यक्ष जी.वी. खड्काले विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप आयोजना गरिने यस्ता कार्यक्रमले भोलिका असल नागरिक बनेर देश तथा समाजको उन्नयनमा लाग्न सहयोग पुग्ने कुरा आफ्नो मन्तव्य मार्फत राखेका थिए। साथै कार्यक्रमका सभापति आयोजक ईडेन गार्डेन स्कुलका सह प्रिन्सिपल अनिश राईले ईप्सनले गर्ने गरेका यस्ता प्रतियोगितात्मक कार्यक्रममार्फत विद्यार्थीले उत्कृष्ट अवसर प्राप्त गरेको बताउनुभयो।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 वागीश्वरीले बाढी पीडितका लागि ११ लाख ९५ हजार ३३३ रुपैया“ सहयोग
2 जिल्ला-व्यापी अन्तरविद्यालय फुटसलमा विनायक शिक्षा निकेतन प्रथम उपविजेता
3 विश्व मुटु दिवसको अवसरमा ललितपुरमा सचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
4 विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नपाद्वारा संस्कृतिकर्मी, कलाकार, पर्यटन व्यवसायी तथा सांस्कृतिक गुरुहरूको सम्मान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न