‘अब हाँस्छ बर्दिवास’ : गाईजात्रामा हास्य र चेतनाको संगम | Jana Aawaj News

‘अब हाँस्छ बर्दिवास’ : गाईजात्रामा हास्य र चेतनाको संगम

पढ्न लाग्ने समयः < 1 मिनेट
‘अब हाँस्छ बर्दिवास’ : गाईजात्रामा हास्य र चेतनाको संगम : Jana Aawaj News

जन आवाज न्युज/बर्दिवास । गाईजात्राको अवसरमा सिस्नुपानी नेपाल महोत्तरीले शनिबार बर्दिवासमा आयोजना गरेको ‘अब हाँस्छ बर्दिवास’ विशेष हास्यव्यङ्ग्य महोत्सव उत्साहका साथ सम्पन्न भएको छ ।

गौतम होटलको सभाहल हाँसो, ताली र रमाइलोको लहरले भरिएको थियो । अध्यक्ष नारद प्रसाद काफ्लेको अध्यक्षता, प्रदेश सभा सदस्य माननीय सारदा देवी थापाको प्रमुख आतिथ्य र नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीको विशिष्ट उपस्थितिले कार्यक्रमको गरिमा बढायो । उपाध्यक्ष जीवनराज दाहालले स्वागत मन्तव्य दिए भने सह-सञ्चालन विनोद ढुङ्गेल र रामकृष्ण भण्डारीले सुरुदेखि अन्त्यसम्म माहोल बनाइरहे ।

कार्यक्रममा कविता, गीत, नृत्य, जादु र प्रहसनजस्ता विविध प्रस्तुती देखाइए । बेलबहादुर परियार, कविता दाहाल, जीवनाथ पोखरेल, कृष्ण क्याप्छाकी, प्रतिमा पौडेललगायत कलाकारहरूले आफ्नो कलाले दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए ।

होटल तथा पर्यटन व्यवसायी संघ मधेस प्रदेश अध्यक्ष हिरा गौतम, उद्योग वाणिज्य संघ अध्यक्ष विष्णु खड्का, प्रगतिशील लेखक संघ अध्यक्ष नारायण घिमिरे, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अध्यक्ष रुद्रसेन विश्वकर्मासहित विभिन्न संघ-संस्थाका प्रतिनिधि, समाजसेवी, साहित्यकार र पत्रकारहरूको उपस्थिति उल्लेखनीय रहेको थियो।

प्रमुख अतिथि सारदा देवी थापाले यस्ता व्यङ्ग्यमूलक कार्यक्रमहरूले समाजका विकृति र विसङ्गतिलाई उजागर गर्दै सकारात्मक परिवर्तनतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा आयोजक अध्यक्ष काफ्लेले सबै अतिथि, कलाकार, सहयोगी संस्था र दर्शकलाई धन्यवाद दिंदै बर्दिवासलाई हास्यव्यङ्ग्य र सांस्कृतिक गतिविधिको केन्द्रका रूपमा अघि बढाउने संकल्प व्यक्त गरेका थिए ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 देशका केही स्थानमा भारी वर्षाको सम्भावना
2 प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
3 ASEZ WAO द्वारा ललितपुरको चापागाउँमा सरसफाइ गतिविधि सम्पन्न
4 शान्ति आदर्श कलेजमा ASEZ द्वारा ‘जिरो प्लास्टिक २०४०’ सेमिनार सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न