बागीश्वरी माविमा निःशुल्क जन्मजात हृदयरोगको प्रारम्भिक परीक्षण उपचार शिविर सञ्चालन | Jana Aawaj News

बागीश्वरी माविमा निःशुल्क जन्मजात हृदयरोगको प्रारम्भिक परीक्षण उपचार शिविर सञ्चालन

४ दिनसम्म सञ्चालन हुने

पढ्न लाग्ने समयः < 1 मिनेट
बागीश्वरी माविमा निःशुल्क जन्मजात हृदयरोगको प्रारम्भिक परीक्षण उपचार शिविर सञ्चालन : Jana Aawaj News
भक्तपुर, पुस ८ । भक्तपुर नगरपालिकाको आयोजना र मित्र राष्ट्र चीनको युनानस्थित फुवाई युनान कार्डियो भास्कुलर अस्पतालमा कार्यरत विज्ञ चिकित्सकहरुको सहभागितामा आज भक्तपुरको बागीश्वरी माध्यमिक विद्यालय कमलविनायकमा विद्यार्थीहरुको निःशुल्क मुटु परीक्षण शिविर आजबाट शुभारम्भ भयो ।
कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख प्रजापतिले मुटु शरीरको अत्यन्त महत्वपूर्ण र संवेदनशील अंग भएको हुँदा मुटुमा हुने कुनै पनि किसिमको समस्याले मानव जीवनलाई नै जोखिममा कम गर्न सक्ने हुँदा सजग हुनुपर्ने बताउनुभयो ।
आजबाट ४ दिन सञ्चालन हुने मुटुरोगको प्रारम्भिक परीक्षण शिविरमा भक्तपुरका ३५ हजारभन्दा बढीको मुटु परीक्षण हुने बताउँदै उहाँले भविष्यमा हुने जोखिम नियन्त्रणमा यसले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
अन्नपूर्ण न्युरो अस्पतालका निर्देशक डा. बसन्त पञ्चले मुटु परीक्षण शिविर सञ्चालनसँगै भक्तपुरमा सम्भाव्यता अध्ययनमा पनि जोड दिने बताउनुभयो ।
कार्यक्रममा नगर शिक्षा शाखा भक्तपुरका रामेश्वर मचामसीले बागीश्वरी मावि÷कलेज केन्द्रमा बागीश्वरी मावि, अमरज्योति ज्ञानकुञ्ज आधारभूत विद्यालय, कमलविनायक स्कूल, ग्लोबल लाइफ स्कूल, विज्डम इ. स्कूल, मनकामना इ. सेकेन्डरी स्कूल, समता शिक्षा निकेतन इ. स्कूल र पारागण एकेडेमीका करिब ३ हजार ६३६ जना विद्यार्थीको मुटुको परीक्षण गरिने अवगत गराउनुभयो । शिविरमा भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालले प्राविधिक सहयोग गरेको थियो ।
+ posts
ताजा
1 सुनपाद्वारा आयोजित तेस्रो राष्ट्रपति रनिङशील प्रतियोगिता २०८२ सम्पन्न
2 बुढानीलकण्ठ सडक खाना महोत्सव प्रमाण पत्र वितरण
3 एमाले फर्किने नेता तथा कार्यकर्तालाई एमालेले गर्यो स्वागत
4 ASEZ WAO टोखाद्धारा हिमालय वृद्धाश्रम केन्द्रमा दैनिक उपभोग्य सामाग्री हस्तान्तरण
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न