ASEZ WAO द्वारा टोखामा ९,१,४६ औं वातावरण सरसफाई अभियान सम्पन्न | Jana Aawaj News

ASEZ WAO द्वारा टोखामा ९,१,४६ औं वातावरण सरसफाई अभियान सम्पन्न

पढ्न लाग्ने समयः 5 मिनेट
ASEZ WAO द्वारा टोखामा ९,१,४६ औं वातावरण सरसफाई अभियान सम्पन्न : Jana Aawaj News

रशिला थापा

जन आवाज न्युज/काठमाडौं, पौष १६ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज ASEZ WAO टोखा शाखाले ९,१,४६ औं वातावरण सरसफाई अभियान, Green Earth कार्यक्रम सम्पन्न भएको छ।

सरसफाइ कार्यक्रममा ASEZ WAO का युवाहरू र परमेश्वरको मण्डलीका सदस्यहरू गरेर करिब १०० जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सन्चालन ASEZ WAO का सदस्य रबिन श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रमका संयोजक जय महर्जनले ASEZ WAO को छोटो परिचय दिदै ASEZ WAO ले मानवताको निम्ति गरिने अभियान र पृथ्वीको निम्ति गरिने अभियानको विषयमा छोटकरीमा जानकारी दिनुभयो। ASEZ WAO ले स्वयंसेवा गरेबापत, कदर स्वरूप प्राप्त भएका अवार्डहरूको विषयमा र नेपालमा भएका गतिविधिहरू संक्षिप्तमा जानकारी दिनुभयो। उहाले ASEZ WAO ले गरेका गतिविधिहरुमध्य सडक सरसफाई गतिविधि, खोलानाला किनार सरसफाई गतिविधि, पार्क सरसफाई,आमाको बगैँचा वृक्षारोपण गतिविधि, छिमेकी सहजपुल निर्माण कार्य, जेन्जीद्वारा बिग्रेका संरचनाहरूलाई पुनस्थापन गर्न रङ्गरोधन गतिविधि, प्रहरी निकायहरूमा मेलमिलाप चौतारी निर्माण , वातावरण सचेतना जगाउने गोष्ठी र कन्सर्टहरूको आयोजना भएको विषयमा जानकारी दिनुभयो र अन्त्यमा ASEZ WAO का युवालाई हौसला प्रोत्साहन प्रदान गर्नुभयो।


कार्यक्रममा प्रमुख अतिथि उपमेयर मुरारी तामाङले “हामी ASEZ WAO लाई पूर्ण समर्थन गर्दछौँ। यहाँहरुको हरेक गतिविधिमा हामी साथ दिनेछौँ। यहाँहरूको कार्य साँच्चै प्रशंसनीय कार्य हो। ASEZ WAO का युवाहरू साच्चै प्रशंसनीय छन” बताउनुभयो । यसैगरी टोखा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रमेश डंगोलले पनि, एकदमै खुसी भएर यो सरसफाई कार्यक्रमप्रति कृतज्ञ र धन्यवाद व्यक्त गर्नुभयो, यो कार्यक्रममा सहभागी भएका सबै युवाहरूलाई वडा नम्बर ३ बाट गर्न सक्ने सबै सहयोग गर्नेछौँ भनेर प्रतिबद्धता जनाउनुभयो। विगतको विभिन्न गतिविधिहरू हुँदा उपस्थित हुन नसकेको र समर्थन गर्न सकेको समयहरूप्रति क्षमायाचना पनि व्यक्त गर्नुभयो। अबको समयदेखि ASEZ WAO को हरेक गतिविधिमा म पूर्ण सम्मत हुनेछु। आजको यो कार्यक्रम साँच्चै जनचेतनामूलक सरसफाई गतिविधि रहेको छ, स्वच्छ टोखा बनाउनको निम्ति हजुरहरुले गर्नुभएको यो प्रयत्नलाई वडा अध्यक्षको हैसियतले म कृतज्ञता र प्रशंसा गर्दछु” भन्दै साथ र समर्थन जनाउनुभयो ।


कार्यक्रममा उपस्थित सबैजनाले दिगो विकासको लक्ष्य प्राप्तिको निम्ति UN SDGs समर्थन हस्ताक्षरमा खुशी मनद्वारा हस्ताक्षर गर्दै, सहमति जनाउनुभयो । कार्यक्रमको अन्त्यमा यो कार्यक्रमको उच्च प्रशंसा गर्दै उपमेयरबाट ASEZ WAO लाई कदर स्वरूप प्रशंसापत्र पनि प्रदान गर्नुभयो। वडा अध्यक्षले पनि पछि वडाकै सभामा आमन्त्रण गरेर प्रशंसापत्र दिने प्रतिबद्धता जनाउनुभयो। उक्त कार्यक्रममा ढलमल टोल सुधारका अध्यक्ष विष्णुलाल श्रेष्ठ, गोङ्गबु प्रहरी कार्यालयका वरिष्ठ सहिसाब एकराज खड्का, गण्डकी समाजका अध्यक्ष डाक्टर काजीराम पाण्डे, ढलमल टोल सुधारका सदस्य जगत नारायण श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो । आजको सरसफाई ढलमल क्षेत्रदेखि इन्द्रेणी पुलसम्म, ढलमल वरिपरि सबै क्षेत्रहरूमा प्लास्टिक तथा अन्य फोहोरहरु संकलन गरिएको थियो । कार्यक्रममा वरिपरिका छिमेकिहरूले एकदमै उच्च प्रशंसा गर्दै, यस्तो अभियान गर्नुभएका ASEZ WAO प्रति कृतज्ञता र धन्यवाद व्यक्त गर्नुभएको थियो । निरन्तर यस्ता गतिविधिहरू होस् भनेर कामना पनि व्यक्त गर्नुभयो।


ASEZ WAO को विषयमा भन्नुपर्दा यो चाहिँ परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका जागिरे युवा स्वयंसेवक समूह हो। ASEZ को अर्थ Save The Earth From A to Z हो भने WAO को अर्थ We Are One family हो। अर्थात् हामी एउटै परिवार भएर पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔं भन्ने अर्थ र संकल्प रहेको छ। यो नाउँ मात्र होइन यसका कार्य पनि उस्तै छ। ASEZ WAO १७५ वटा देशमा ७५०० क्षेत्रहरूमा सक्रिय भएर  आमाको मनद्वारा निस्वार्थ मनद्वारा कार्य गरिरहेको छ। ASEZ WAO का गतिविधि र कार्यहरूको कदर स्वरुप अमेरिकाबाट अमेरिकी राष्ट्रपतिय स्वयंसेवा पुरस्कार, पेरुबाट राष्ट्रिय सभाबाट अध्यक्षबाट मान्यता प्रमाणपत्र, पेरुको गभर्नरबाट सम्मान पदक, Green World Award, Green Apple Award गरेर करिब ७०० भन्दा बढी एवार्डहरु ASEZ WAO ले हासिल गरिसकेको छ। नेपालबाट पनि विभिन्न स्वयंसेवा गतिविधि गरे अनुरुप,विभिन्न सरकारी गैरसरकारी निकायहरूद्वारा कदर स्वरूप, प्रशंसापत्रहरू निरन्तर हासिल गरेको छ। ASEZ WAO जागिरे युवाहरु पृथ्वीलाई बचाउने अभियानमा लागि परेको छ। नेपालबाट पनि ASEZ WAO का गतिविधिहरू एकदम सक्रिय भएर ठाउँठाउँमा पूर्वदेखि पश्चिमसम्म हिमालदेखि तराईसम्म सबै क्षेत्रहरूमा अगाडि बढ्दैछ।


कार्वन उत्सर्जनले निम्त्याएका विभिन्न समस्याहरू, जलवायु परिवर्तन, ओजन तह पातलिदै गएको, महामारी, भोकमरी, बाढि, पहिरो, हिमशृङ्खलाहरू पग्लने, अतिवृष्टि, खडेरी, मौसम परिवर्तन जस्ता विभिन्न प्रकोपहरू पृथ्वीले भोगिरहनु परेको छ। विकास सँगसँगै विनाश नजिक आइरहेको छ समस्या हामी मानिसबाट नै आएको हो। समाधान पनि हामी मानिसबाट नै खोज्नुपर्छ वातावरण संरक्षणमा, दिलो ज्यान लागिपर्ने ASEZ WAO ले कार्बो न्यूनीकरण गर्नको निम्ति थुप्रै अभियानहरू चलाइरहेका छन्। Green work place, Mothers forest, No more GPGP, Green Earth र Blue Ocean जस्ता अभियानहरू निरन्तर गर्दै पृथ्वीलाई संरक्षण गर्न योगदान पुर्याइरहनुभएको छ।
सन् २०२६ जनवरी १ तारिखदेखि मार्च ३१ तारिखसम्म Green Work place अभियान जारी हुने कुरा कार्यक्रम संयोजक जय महर्जनले जानकारी दिनुभएको छ ।

+ posts